आज ६३४ जनामा संक्रमण पुष्टि : एक जनाको मृत्यु

0
144

भदौ ७,२०७९ काठमाडौं : मंगलबार देशभर ६ सय ३४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ४ हजार ९४९ जनामा गरिएको परीक्षणमा ६ सय ३४ जना कोभिड संक्रमित भेटिएका हुन्।

आज १ जना संक्रमितको मृत्यु भएको छ भने ४ सय १७ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर ४ हजार २२१ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमित मध्ये ३ जना भेन्टिलेटरमा, ५२ जना आइसियुमा, १७७ जना संस्थागत आइसोलेशनमा र ४ हजार ४४ जना होम आइसोलेशनमा रहेका छन्।

हाल उपत्यकाको काठमाडौंमा १८७९ जना, ललितपुरमा ६८८ जना र भक्तपुरमा ६१ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै देशभर ९४ प्रतिशत जनसंख्याले कोभिड विरुद्धको पहिलो मात्रा र ९१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।

SHARE