दश बर्ष सम्म पनि उपभोक्ताले फिर्ता पाएनन जग्गा

0
252
तस्बिरः दिवाकर पोख्रेल

दिवाकर पोख्रेल
देउखुरी, भदौ ९ गते । दाङको भालुवाङ नगरविकास समितको पहलमा नगरविकास समिति र आसपासका जग्गालाई समेटेर जग्गा विकास कार्यक्रम लगाु गर्ने भनिएपनि उक्त कार्यक्रम लागु हुन सकेको छैन । दश बर्ष पहिले नगरविकास समितिको आठ कठ्ठा र व्यक्तिको नाममा रहेको तीन वीगाहा जमीन लाई समेटेर जग्गा विकास कार्यक्रमको पहल थालेको थियो । पहल थालेको लामो समय वित्रितसक्दा पनि उक्त जग्गामा आधारभुत विकासका कामहरु समेत हुन सकेका छैनन ।
भालुवाङमा बन्दै गरेको बसपार्क देखि उत्तर पूर्व र प्युठान सडक र पुरानो बजारको विचको जग्गाले नगरविकास समितिले जग्गामा जग्गा विकास कार्यक्रम लागु गनेृ भनिएको थियो । जग्ग विकास कार्यक्रममा व्यत्तिको नाममा जग्ग नगरविकास समितिको नाममा ल्याउने र त्यही जग्गामा खानेपानी, विधुत, सडक लगायतका विकासका पूर्वाधार सहितका काम सम्पन्न् गरी ६० प्रतिसत जग्गा उपभोक्तालाई फिर्ता गर्ने कार्यक्रम हो ।
लामो समय देखि नगरविकास समितिले जग्गा विकास कार्यक्रम लागु नगरेपछि जग्गा उपलव्ध गराएका ४१ जना जग्गा धनिले यथाशिघ्र आफुहरुको जग्गा उपलव्ध गराउन आग्रह गरेका छन् । २०६९ सालमा आकर्षक सुविधा सम्पन्न घडेरीको रुपमा फिर्ता गर्ने सहमति अनुसार जग्ग उपलव्ध गराउनु भएका राप्ती गाउँपालिका भालुवाङ जिवलाल न्यौपानेले १० बर्ष सम्म कुनैपनि काम नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘दश बर्ष सम्म कुनै काम नै भएन १३ कठ्ठा जग्ग उपलव्ध गराएको हुँ त्यहाँ केह िकाम भएन,जग्गा विकास कार्यक्रम अलपत्र प¥यो ।’ स्थानीय अगुवाले समेत नगरविकास समितिले जग्गा विकास कार्यक्रम मार्फत काम गर्न नसकेको गुनासो गरेका छन ।
नगरविकास समितिको अध्यक्ष सम्बन्धित पालिकाको प्रमुख अध्यक्ष हुने नयाँ प्रावधानले केहि आसा गरेका स्थानीयहरुले आफुहरु जग्गा फिर्ता पाउन नसकेको गुनासो गर्न थालेका छन् । यस विषयमा नगर विकास समितिका पूर्व अध्यक्ष ओम प्रकाश बुढाथोकीले आफ्नो कार्यकालमा सबै प्रक्रिया पुरा गरेर उपभोक्ताको जग्ग्गा फिर्ता गर्ने तयारी गरिरहदा कार्यकाल सकिएपछि गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो,‘मन्त्रीपषिदको निर्णयबाट उपभोक्ताको जग्गा फिर्ता गर्ने भएप्छि मन्त्रालयबाट आदेश सहितको पत्रबाट पनि आएको हो, पछिल्ला समितिबाट काम भएन जस्तो लाग्छ ।’

भालुवाङ नगरविकास समितिका अध्यक्ष प्रकाश विष्टले आफुले भरखर मात्रै यस विषयमा जानकारी पाएकोले यथासक्य छिटो उपभोक्ताको जग्गा फिर्ता गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, हामी भरखरै निर्वाचित भएर आएका छौ, नगर विकास समितिलाई पनि पूर्णता दिन वााकी छ, दशै तिहार लगायतका चाडपर्व लगत्तै जग्गा विकास कार्यक्रमको लागि आवश्यक पर्ने सबै काम पूरा गरेर उपभोक्तामा हातमा लालपूर्जा दिने योजना बनाएका छु, यो काम ढुक्कका साथ हुन्छ ।’
जग्गा विकास कार्यक्रमको लागि भालुवाङ नगरविकास समितिले आफ्नो नाममा ल्याएको स्थानीयको जग्गा ।

SHARE