Friday, June 5, 2026

शिक्षकको समस्या बुझ्ने पार्टीनै माओवादी हो : भुपाल पोखरेल

0

असोज ८,२०७९ गुल्मी :धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले शिक्षकहरुको समस्या बुझ्ने र समस्या समाधान गर्ने पार्टीनै नेकपा माओवादी केन्द्र भएको बताएका छ्न।

एकीकृत अखिल नेपाल शिक्षक संगठन गुल्मीको आठौ जिल्ला सम्मेलनलाइ सम्बोधन गर्दै पोखरेलले माओवादीले सबैको समस्यालाइ बुझ्ने र समाधान गर्ने गरेको भन्दै  वर्तमान शिक्षा मन्त्रीले लामो समय देखी अस्थायी रुपमा रहेका शिक्षकहरुलाइ स्थायी गर्ने कार्य अगाडि बढाएको भन्दै सबैको समस्या बुझ्ने पार्टी माओबादी भएको दाबी गरेका हुन ।                                                                                                                                                                                                                                                                             माओबादी निकट शिक्षकहरु अन्य शिक्षकहरु भन्दा अब्बल हुनुपर्ने , परिवर्तन  क्रान्तीकारी संगठन बाटै सम्भब हुने भन्दै ठग्ने कार्य  कसैलाई स्विकार्य नहुने बताएका हुन ।     शिक्षकहरुले अध्यापन गराउदा पोषणलाई  पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पोखरेललेगाउपालिकाले गरेका कार्यहरुको बारेमा पनि जानकारी गराएका थिए । सम्मेलनले नंया नेतृत्व चयन गर्ने छ।

इस्मामा बजार अनुगमन : पहिलो चरणमा सुझाव र सचेतना

0

सन्तोष महतारा
गुल्मी, ८ असोज / गुल्मीको इस्मा गाउँपालिकाले अभियानको रुपमा बजार अनुगमन सुरु गरेको छ । उपभोक्ताको हितमा सचेत हुँदै गाउँपालिकाले शुक्रबारदेखि बजार अनुगमन अभियानका रुपमा सुरु गरेको हो ।

गाउँपालिकाका कर्मचारी तुल्सीबहादुर थापाको नेतृत्वमा अन्य कर्मचारी, पत्रकार, प्रहरी र नगरप्रहरी लगायतको समूहले गाउँपालिकाका विभिन्न स्थानमा रहेका पसलहरुमा अनुगमन गरेको हो । टोलीका प्रमुख थापाका अनुसार उपभोक्ताको हितका लागि व्यवसायीलाई सचेत गराउने हिसाबले बजार अनुगमन अभियानका रुपमा अगाडि बढिरहेको छ ।

बजार अनुगमनको क्रममा पसलहरुमा साइनबोर्ड नभएको, मूल्यसूची नभएको, व्यवसाय नवीकरण नगरेको, बिक्री गर्दा बिल नदिएको, खरिद बिल नभएको, होटलमा सरसफाइ नगरेको र दर्ता नगरिकन व्यवसाय संचालन गरेको लगायतका त्रृटिहरुमा मात्र भेटिएको अनुगमन टोलीले जनाएको छ ।

पहिलो चरणमा सुझाव दिने र सचेतना जगाउने हिसाबले बजार अनुगमन गरिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले बताइन् । सबै व्यवसायीलाई सुझाव दिने र उपभोक्तालाई समेत सचेत गराउने हिसाबले बजार अनुगमन अभियानका रुपमा अगाडि बढाइएको अनुगमन समितिका संयोजक समेत रहेकी उपाध्यक्ष कुँवरले जानकारी दिइन् । व्यवसायीले कालोबजारी गरेको जानकारी पाएमा गाउँपालिकामा खबर गरेमा त्यस्ता व्यवसायीलाई कानुनी दायरामा ल्याउने पनि गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले बजार अनुगमनका क्रममा पहिलो चरणमा दिएको सुझाव पालना गरे वा नगरेको र सचेत भए वा नभएको अनुगमन गर्न बजार अनुगमन अभियानका रुपमा अगाडि बढ्ने बताए । सबै व्यवसायीहरुले अनिवार्य रुपमा व्यवसाय दर्ता गरेर मात्र संचालन गर्न पनि गाउँपालिका अध्यक्ष खड्काले आग्रह गरे ।

पूर्व प्रधानमन्त्री योजना अनुसार बढेन लमही

0

दिवाकर पोख्रेल
असोज ८,२०७९ दाङ : योजना बनेको लामो समय सम्म पनि दाङको लमही बजार व्यवीसथत बन्न सकेको छैन । लमहीलाई व्यवस्थित बनाउनको लागि लमही नगर विकास, स्थानीय सरकारले विभिन्न योजना बनाएपनि योजना अनुसारका काम नहुँदा ब्यवस्थित सहरको परिकल्पनाले सार्थकता पाउन सकेको छैन । लमहीको समग्र विकासको लागि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जग्गाको पूर्वसंरचना योजना (प्रि स्टक्चर प्लान ) बनाउनुभएको हो ।

२०४५ सालमा तत्कालिन भौतिक योजना मन्त्रालयले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई आवद्ध रहेको कन्सल्टेन्सी लाई जिम्मा लगाएपछि लमहीको नक्साङकनको जिम्मा उहाँले पाउनु भएको थियो । झन्डै एक महिनाको समय लगाएर लमहीको समग्र विकास गर्नको लागि योजना वनाउनु भएको छ । उहाँले लमहीको व्यवस्थित विकासको बाधकको रुपमा अवैज्ञानिक र प्रतिगामी भूस्वामित्वको रुपमा गुठीको जग्गा रहेको उल्लेख गर्नुभएको थियो । उहाँको सुझावमा लमहीको विकासयोग्य जमिन दुइवटा धार्मिक गुठीको अधिनमा रहेकोले नीजि क्षेत्रलाई लगानी गर्न उत्साहित नगराएको उल्लेख छ । डा. भट्टराईले लमहीको समग्र विकासको लागि स्वर्गद्धारी आश्रम,रतननाथ गुठी र बनको जग्गालाई नगरविकासले अधिग्रहण गर्न आवश्यक रहेको औल्याउनु भएको थियो । साथै उहाँले जग्गाको बर्गिकरण गरि व्यवसायिक रुपमा बिक्री बितरण गरेर बजार विस्तार गर्दै नीजी क्षेत्रलाई लगानीमैत्री बाताबरण बनाउन पनि आग्रह गर्नुभएको थियो ।

तत्कालिन भौतिक योजना मन्त्रालयबाट लमही क्षेत्रको पूर्वसंरचना योजना बनाउनु भएको थियो । टिक कन्सलर्ट प्रा.लि.बाट प्लानरको रुपमा भट्टराईले नक्साङकन गर्नुभएको थियो । नगर विकास समितिसंग अहिले पनि सुरक्षित रहेको उक्त नक्सामा डा बि.आ्र. भट्टराईको नाम उल्लेख छ । डा. भट्टराईका अनुसार इन्जिनिरीङ क्षेत्रमा आफुले बिआर भट्टराई उल्लेख गरेको बताउनुहुन्छ । उहाँको सुझाव नै लागु हुन नसकेको लमही नगर विकास समितिका पूर्व अध्यक्ष सुमन थारुले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘उहाँको नक्सा त लमही नगरविकासले पछि पायो उहाँको सुझाव बर्षे पछी हेर्दापनि अहिले सान्दर्भिक लाग्छ,तर उक्त योजनालाई कार्यान्वयन गर्न सकिएन ।’ लमही नगर विकास समितिका सव इन्जिनियर तुलसीराम अर्यालले डा. भट्टराईको योजना अनुसारको काम हुन नसकेको स्विकार्नुभयो । उहाँले भन्नुभयो,“ उहाँले २०४५ सालमा बनाएको नक्सा हामी धेरै पछि मन्त्रालयमा भेटाएका हौ, बनाएरु राखिएको रहेछ उहाँका सुझाव र योजना अहिलेको समय अनुसार ज्यादै सान्दर्भिक छन ।”

जग्गा प्राप्तीको प्रक्रिया र पहिल्यै बस्ती बसिसकेको कारण पूरानो बजारलाई डा.बाबुरामको योजना अनुसार लग्न नसकिएको लमही नगर विकासको भनाइ छ । यस्तै बजारको उत्तरी क्षेत्रमा रहेको वन क्षेत्रका कारण पनि बजार फैलन सकेको छैन । यद्यपी लमही नगर विकासले वनको केही जग्गा ल्षिउन भने सफल भयो । लमही नगर विकासले नयाँ गूरुयोजना वनाएपछि जग्गालाई १५ वटा क्षेत्रमा विभाजन गरेर नेपाल सरकारबाट स्विकृत आधुनिक सहरको काम गराउने प्रयास जारी छ । चौध चरणमा गरी आठसय २३ घडेरी विक्री गरिएको छ भने दुइसय १७ घडेरी विक्री गर्न बाँकी छ । नगर विकास समितिले आफ्नो प्लानिङ क्षेत्रमा सडक बाहेक त्रिक्रेट मैदान,ब्यापरिक भवन बसपार्क लगायतको क्षेत्रमा गरी ४० करोड भन्दा बढीको लगानी गरेको छ ।

 

श्रीकृष्ण नेत्रालयमा निःशुल्क आँखा जाँच

0

असोज ८,२०७९ रुपन्देही : श्रीकृष्ण नेत्रालय प्रा.लि. बुटबल शाखाले निःशुल्क आँखा जाँच गरिरहेको छ ।

  1. कोही पनि मानिसहरु आँखाका बिरामी नहोउन वा आँखाका बिरामी पनि निको हुन भन्ने उद्येश्यले असोज महिनाभरी निःशुल्क आँखा जाँच गर्ने निर्णय गरिएको व्यवस्थापक आमद सिङले बताए ।

असोज १ देखि ३१ गतेसम्म हुने जाँचमा मधुमेह तथा उच्च रक्तचाप भएका सबै बिरामीहरुको आँखाको पर्दा निःशुल्क रुपमा जाँच गरिने सिङले बताए ।

उक्त अवधिभर डाक्टर रोसिजा खनाल, डाक्टर एसपी धिताल, डाक्टर सल्मा केसी, डाक्टर सरस्वती पाण्डे लगायतको समुहले आँखाको जाँच गरी उचित परामर्श दिने नेत्रालयले जनाएको छ ।

डेंगुबाट २ जनाको मृत्यु

0

असोज ७,२०७९काठमाडौं : डेंगुबाट आज २ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा डेंगुबाट २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै डेंगुबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १५ सयभन्दा बढी डेंगुका बिरामी थपिएका छन्। १५ सय ८६ जना डेंगुका बिरामी थपिँदा कुल बिरामीको संख्या २१ हजार ३ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ।

डेंगुका सबैभन्दा बढी बिरामी बागमती प्रदेशमा रहेका छन्। बागमतीमा १६ हजार २ सय ३६ जना डेंगुका बिरामी छन्। कर्णाली प्रदेशमा सबैभन्दा थोरै २ सय २९ जना डेंगुका बिरामी रहेका छन्।

पौडी खेल्दा डुबेर ३ बालकको मृत्यु

0

असोज ७,२०७९हेटौंडा : हेटौंडाको उपमहानगरपालिकाको कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ जना बालकको शव भेटिएको छ।

शुक्रबार साँझ बेपत्ता भएका उनीहरूको खोजीको क्रममा कर्रा खोलाको नागदहनजिकै शव फेला परेको हो। बालकहरू बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाको संयुक्त टोलीले खोजी गर्दा तीनै जनाको शव भेटिएको मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमले जानकारी दिए।

मृतकहरूको पहिचान भइसकेको छैन। शुक्रबार साँझ हेटौंडा उपमहानगरपालिका(७ न्युरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्न गएका ४ जना बालकमध्ये ३ जना बेपत्ता भएका थिए।

उनीहरूमध्ये एकजना बालकको भने शुरुमै उद्धार गरिएको थियो। उद्धार गरिएका बालकका अनुसार बेपत्ता बालकहरू १० देखि १२ वर्ष उमेर समूहका छन्। उनीहरू हेटौंडा(८ कमानेबाट पौडी खेल्न गएको ती बालकले बताए।

मुसिकोट ३ पेंगामा भलिबल तथा साँस्कृतिक कार्यक्रम हुने

0

असोज ७,२०७९ गुल्मीः गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ पेंगा ठाकीचौरमा विजय दशमीको अवसर पारी खुल्ला क्लब स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ ।

न्यू योङ्ग स्टार युवा क्लब मुसिकोट ३ पेंगाले खुल्ला भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । क्लबले यही असोज १४, १५ र १६ गते कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष अशोक सोमैले जानकारी दिए ।

खुल्ला क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, स्लोबाइक रेस प्रतियोगिता र रस्साकस्सी प्रतियोगिता कार्यक्रमहरु आयोजना गरिएको क्लबका अध्यक्ष अशोक सोमैले बताए ।

भलिबल प्रतियोगिता तर्फ प्रथम पुरस्कार ३० हजार, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार २० हजार, मेडल र प्रमाण पत्र, नृत्य प्रथम पुरस्कार ३ हजार, द्धितिय पुरस्कार २ हजार, स्लोबाइक रेस बिजेतालाई ३ हजार र रस्साकस्सी तर्फ लोकल भाले पुरस्कार दिने क्लबका सदस्य बुद्ध बहादुर पाण्डेले बताए ।

त्यस्तै साँस्कृतिक कार्यक्रममा कलाकारहरु विष्णु श्रीपाली, उज्वल गिरी, अर्जुन रायमाझी र अनिल विश्वकर्माको प्रस्तुति रहने पाण्डेले बताए । साथै भलिबल खेलमा NVAखेल खेलिसकेका खेलाडीलाई समावेश नगरिने क्लबले जनाएको छ ।

साथै क्लकले खेल सम्बन्धि नियमहरु समेत सार्वजनिक गरेको छ । जसमध्ये खेललाइ प्रचलित नियम टिटि पद्धतिबाट खेलाइने, खेल समुहमा ९ जना खेलाडी, एक जना कोच र एक जना १ जना टिम म्यानेजरको सहभागिता हुनुपर्ने,खानाबस्नको व्यवस्था सहभागीले आफै गर्नुपर्ने, त्यस्तै खेलमा अनिवार्य जर्सी पोशाकमा उपस्थित हुनुपर्ने, खेलको समयमा चोटपटक लागेमा खेलाडी स्वयं जिम्मेवार हुनुपर्ने,खेलमा मद्दपान सेवन गरि होहल्ला गरेमा खेलबाट निष्कासन गरिने र अन्य केही विवाद भएमा आयोजकको निर्णय नै अन्तिम हुने गरि नियमहरु सार्वजनिक गरिएको छ ।

सामाजिक काममा सक्रिय भएको यस क्लवले विभिन्न समयमा उदाहरणीय काम समाजमा गर्दै आएको छ । क्लबले कार्यक्रमको अवलोकन गर्न सबैमा अनुरोध गरेको छ ।

ऊर्जामा माओवादी नेतृत्व :सबै सक्षम, सबै उत्कृष्ट

0

असोज ७,२०७९ काठमाडौंः २०६३ मा तात्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा सहभागी भएको माओवादी पछिल्लो १५ वर्षमा ९ वटा सरकारमा सहभागी भइसकेको छ। शान्ति प्रक्रियापछि गठन भएका १२ वटा सरकारमध्ये ९ वटा सरकारमा सहभागी माओवादीले संयोगवश लगातारजसो उर्जा मन्त्रालयको नेतृत्व गरिरहेको छ।

२०६८ भदौमा तात्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएपश्चात् उर्जा मन्त्रालयको जिम्मेवारी पाउने नेता थिए पोष्टबहादुर बोगटी। प्रचारमा कम र नीतिगत सुधारमा बढी रूचि राख्ने भद्र स्वाभावका बोगटीले आफ्नो कार्यकालमा उर्जा क्षेत्रमा निकै राम्रो काम गरेका थिए। २०६३ को शान्ति प्रक्रियापछि उर्जा र जलस्रोतका क्षेत्रमा जे–जति नीतिगत सुधार र परिवर्तन भए, त्यसको मुख्य जस मन्त्री बोगटीलाई जान्छ।

२०७३ साल साउनमा माओवादी अध्यक्ष प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री निर्वाचित भए। उनको मन्त्रीपरिषदमा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री थिए माओवादी नेता जनार्दन शर्मा प्रभाकर। प्रचण्ड प्रधानमन्त्री भएलगत्तै पूर्वमन्त्री राधा ज्ञवालीद्वारा किनारा लगाइएका कुशल प्रशासक कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरियो। त्यसपछि सुरू भयो उर्जा क्षेत्रको रूपान्तरण अभियान। यस अवधिमा प्रचण्डको अभिभावकत्व, जनार्दनको नेतृत्व र कुलमानको कुशल प्रशासनको बलमा काठमाडौं लगायत देशका प्रमुख शहरमा लोडसेडिङ अन्त्य गरियो।

यही कार्यकालमा ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम लागू गरियो। यस कार्यक्रमले उर्जाक्षेत्रको विकासमा आशाको रक्तसञ्चार गरायो। यसै अवधिमा जलविद्युत आयोजनाहरूको निर्माण कार्यले समेत तीव्रता पायो।
२०७४ साल फागुन ३ गते ओली नेतृत्वको वामपन्थी सरकार बन्यो। उक्त सरकारमा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री थिए माओवादी नेतृत्व वर्षमान पुन। उनले लोडसेडिङ अन्त्यको अभियानलाई थप तीव्रता दिए। जनार्दनले प्रमुख शहरहरूमा लोडसेडिङ अन्त्य गरेकोमा त्यसलाई अझै उचाइ दिन पुन सफल भए। उनको कार्यकालमा देशभरिको लोडसेडिङ अन्त्य गरियो र देश उज्यालो युगतर्फ प्रवेश ग¥यो।

२९ असार २०७८ मा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि उर्जा मन्त्रालयको नेतृत्व गरिरहेकी छिन् माओवादी नेतृ पम्फा भुसाल। उर्जा क्षेत्रमा भुसालको कार्यकाल पनि अब्बल देखिएको छ। राष्ट्रिय उत्पादनको वृद्धि र विद्युत व्यापारका क्षेत्रमा मन्त्री भुसालले जसरी काम गरिरहेकी छिन्, त्यसले देशको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान गरिरहेको छ।

मन्त्री भुसालको कार्यकालमा नेपालले दैनिक रूपमा भारतलाई विद्युत बिक्री गरिरहेको छ। जसबाट मासिक २ अर्ब आम्दानी गरिरहेको विद्युत प्राधिकरणले जनाएको छ। यसमा उर्जामन्त्री भुसाल र कार्यकारी निर्देशक घिसिङको भूमिका त छ नै, कृषि, पर्यटन र जलविद्युतलाई राष्ट्रिय अर्थतन्त्रको प्राथमिक सूचिमा राख्ने माओवादी नीति र नेतृत्व पनि त्यत्तिकै जिम्मेवार छ।

उर्जा मन्त्रालयले २० युनिटसम्मको विद्युतमा सहुलियत, विद्यार्थीहरूका निम्ति निशुल्क इन्डक्सन चुल्होको व्यवस्था, भूमिहीन एवं सुकुम्बासीहरूका विद्युत मिटर जडानमा सहजता, कृषि र सिंचाइ क्षेत्रको विद्युत महशुलमा अनुदान, विद्युतीय सवारी साधनको प्रवद्र्धन एवं प्रोत्साहनजस्ता जनमुखी कार्यक्रमहरूसमेत सञ्चालन गरिरहेको छ।
माओवादीले २०६४ सालको संविधानसभा निर्वाचनमा सार्वजनिक गरेको निर्वाचन प्रतिवद्धतापत्रमा जलस्रोत र जलविद्युतको विकासलाई नयाँ नेपाल निर्माणको एक प्रमुख आधार बनाउने संकल्प गर्दै १० वर्षमा १० हजार मेघावाट जलविद्युत उत्पादन गर्ने महत्वकांक्षी संकल्प गरेको थियो। साथै आन्तरिक लगानीबाट साना तथा मझौला र बाह्य लगानीबाट ठूला जलविद्युत आयोजना निर्माण एवं सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो।
ग्रामीण विद्युतीकरणलाई जोड दिँदै १० वर्षमा प्रत्येक नेपालीको घरमा विजुली पु¥याउने लक्ष्य राखेकोमा उक्त लक्ष्य लगभग पूरा भएको देखिएको छ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा समेत माओवादीले जलस्रोत तथा उर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिएको देखिन्छ। माओवादीले निर्वाचन प्रतिवद्धतापत्रमा– मुलुकको आर्थिक–सामाजिक रुपान्तरणको एक महत्वपूर्ण आधारको रूपमा जलस्रोतको विकास गर्ने, जलविद्युत उत्पादन, सिंचाइ, घरायसी तथा औद्योगिक प्रयोजनका लागि आवश्यक पानीको वर्षभरि नै सुनिश्चितता गर्न बहुउद्देश्यीय जलाशययुक्त जलस्रोतका आयोजनाहरूको निर्माण गर्ने, जलविद्युत आयोजनाहरुको निर्माण, सौर्य एवं वायु उर्जाको विकास एवं अन्तरदेशीय प्रशारण लाइनको निर्माणमार्फत लोडसेडिङ्ग मुक्त गर्ने, आधुनिक कृषि, औद्योगिकीकरण, यातायात तथा संचार, विज्ञान तथा प्रविधि विकास आदिमा आवश्यक विद्युतको राष्ट्रिय आवश्यकतालाई पूरा हुने गरी १० वर्षमा १० हजार मेगावाट, २० र ४० वर्षमा क्रमशः २५ हजार र ४५ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य लिएको देखिन्छ।

उर्जा क्षेत्रमा माओवादीले गरेको संकल्पमध्ये अधिकांश प्रतिवद्धता पूरा भएका छन्। माओवादीकै पहलमा २४ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये बुढीगण्डकी जलविद्युत आयोजना, सिक्टा सिंचाई आयोजना, बबई सिंचाई आयोजना, रानीजमरा कुलरीया सिंचाई आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, पश्चिम सेती जलविद्युत आयोजना, महाकाली सिंचाई आयोजना र विद्युत प्रसारण आयोजना गरी ९ वटा आयोजनाहरू उर्जाक्षेत्रसँग सम्बन्धित छन्।

त्यस्तै पश्चिम सेती जलविद्युत आयोजना, कुलेखानी तेस्रो जलविद्युत् आयोजना, चमेलिया जलविद्युत् आयोजना, तामाकोशी जलविद्युत् आयोजना, चिलिमे रसुवागढी जलविद्युत आयोजना, मध्य भोटेकोशी जलविद्युत आयोजना, साञ्जेन जलविद्युत आयोजना, खिम्ती–ढल्केबर जलविद्युत प्रशारण आयोजना, ढल्केबर सबस्टेशन प्रसारण आयोजना लगायतका आयोजनाहरूको निर्माण एवं सञ्चालनमा समेत माओवादीको सबैभन्दा बढी योगदान देखिन्छ।

माओवादीको दृष्टिकोणमा राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रका प्रमुख तीन आधार हुन्, कृषि, पर्यटन र जलविद्युत। यी ३ क्षेत्रमा गुणात्मक विकास गर्नसक्दा समृद्धि र विकासले नयाँ स्थान लिने देखिन्छ। त्यही सोंचअनुरूप उर्जा मन्त्रालयको नेतृत्व गर्ने माओवादी मन्त्रीहरूले काम गरिरहेका छन्। उर्जा मन्त्रालयको नेतृत्व गर्ने माओवादी मन्त्रीहरू सबै जना अब्बल ठहरिनुको मुख्य कारण माओवादी नीति र नेतृत्व नै देखिन आउँछ ।

सडक बालबालिकाहरुलाई सन नेपाल लाइफद्धारा न्यानो कपडा वितरण

0

हुमाकान्त पोखरेल,
असोज ७,२०७९ गुल्मीः सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिडेट, शाखा कार्यालय, गुल्मीद्धारा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

कम्पनीको पाँचौ बार्षिकोत्सव तथा सामाजिक सेवा दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तरगत बिहीबार न्यानो कपडा वितरण गरिएको हो । महेन्द्र नमुना माध्यमिक विद्यालयमा व्यवस्थापन गरिएका १८ जना सडक बालबालिकाहरुलाई औपचारिक कार्यक्रमको आयोजना गरी जाडोको लागि स्वीटर र फलफुल वितरण गरिएको कम्पनीका प्रशासक नविन अर्यालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पुण्ड्य विक्रम पौडेलले व्यवस्थापन गरिएका बालबालिकाहरुको थप व्यवस्थापनमा कम्पनीले इट्टा थप्ने काम गरेको भन्दै खुसि व्यक्त गरे । उनले बालबालिकाहरुको व्यवस्थापन गर्ने कार्य निकै चुनौतिपूर्ण रहेपनि सबै सरोकारपक्षको सहयोगमा व्यवस्थापन गर्न सकिएको उल्लेख गरे । कम्पनीका शाखा प्रबन्धक सन्तोष कुँवर क्षेत्रीले विभिन्न समयमा सडकमा मगन्ते जिवन बिताएका बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा खुसि लागेको बताए ।

‘पानी परेको समयमा सडक बालबालिका रुझेको थुप्रै पटक देखेका थियौँ ।’ कुँवरले भने, ‘व्यवस्थापन भएछ, धेरै राम्रो भयो, हामीले पनि यसै कार्यमा थोरै सहयोग गरेको ।’ कार्यक्रमको अवसरमा महेन्द्र नमुना माविले बालबालिकाहरुको लागि शैक्षिक सामग्री पनि वितरण गरेको थियो ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी प्रसाद अर्याल, जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेल, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लोकनाथ मरासिनी, महेन्द्र नमुना माविका प्रध्यानाध्यापक कृष्ण मरासिनी, पत्रकार महासंघका कार्य–समिति सदस्य हुमाकान्त पोखरेल, पत्रकार सूर्य सुनार, महेन्द्र माविका विभिन्न शिक्षक, विभिन्न वित्तिय संस्थाका प्रमुख एवम् प्रतिनिधि लगायत विभिन्न सरोकारपक्षहरुको उपस्थिति रहेको थियो ।

पोखरीमा डुबेर आमा छोराको मृत्यु

0

असोज ६,२०७९ कपिलवस्तु : कपिलवस्तुमा पोखरीमा डुबेर आमाछोराको मृत्यु भएको छ।

जिल्लाको शुद्धोधन गाउँपालिका २ कर्महवा बस्ने २२ वर्षिय रिमा यादव र उनको ६ महिने छोराको पोखरीमा डुबेर मृत्यु भएको हो।

घरदेखि करिब २५ मिटर पूर्व रहेको सार्बजनिक पोखरीमा डुबेका आमा छोराको बुधबार मृत्यु भएका ईलाका प्रहरी कार्यालय पकडीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।