पोखरीमा डुबेर आमा छोराको मृत्यु

0
284

असोज ६,२०७९ कपिलवस्तु : कपिलवस्तुमा पोखरीमा डुबेर आमाछोराको मृत्यु भएको छ।

जिल्लाको शुद्धोधन गाउँपालिका २ कर्महवा बस्ने २२ वर्षिय रिमा यादव र उनको ६ महिने छोराको पोखरीमा डुबेर मृत्यु भएको हो।

घरदेखि करिब २५ मिटर पूर्व रहेको सार्बजनिक पोखरीमा डुबेका आमा छोराको बुधबार मृत्यु भएका ईलाका प्रहरी कार्यालय पकडीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARE