असोज ८,२०७९ गुल्मी :धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले शिक्षकहरुको समस्या बुझ्ने र समस्या समाधान गर्ने पार्टीनै नेकपा माओवादी केन्द्र भएको बताएका छ्न।
एकीकृत अखिल नेपाल शिक्षक संगठन गुल्मीको आठौ जिल्ला सम्मेलनलाइ सम्बोधन गर्दै पोखरेलले माओवादीले सबैको समस्यालाइ बुझ्ने र समाधान गर्ने गरेको भन्दै वर्तमान शिक्षा मन्त्रीले लामो समय देखी अस्थायी रुपमा रहेका शिक्षकहरुलाइ स्थायी गर्ने कार्य अगाडि बढाएको भन्दै सबैको समस्या बुझ्ने पार्टी माओबादी भएको दाबी गरेका हुन । माओबादी निकट शिक्षकहरु अन्य शिक्षकहरु भन्दा अब्बल हुनुपर्ने , परिवर्तन क्रान्तीकारी संगठन बाटै सम्भब हुने भन्दै ठग्ने कार्य कसैलाई स्विकार्य नहुने बताएका हुन । शिक्षकहरुले अध्यापन गराउदा पोषणलाई पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा पोखरेललेगाउपालिकाले गरेका कार्यहरुको बारेमा पनि जानकारी गराएका थिए । सम्मेलनले नंया नेतृत्व चयन गर्ने छ।