पौडी खेल्दा डुबेर ३ बालकको मृत्यु

0
112

असोज ७,२०७९हेटौंडा : हेटौंडाको उपमहानगरपालिकाको कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ जना बालकको शव भेटिएको छ।

शुक्रबार साँझ बेपत्ता भएका उनीहरूको खोजीको क्रममा कर्रा खोलाको नागदहनजिकै शव फेला परेको हो। बालकहरू बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाको संयुक्त टोलीले खोजी गर्दा तीनै जनाको शव भेटिएको मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमले जानकारी दिए।

मृतकहरूको पहिचान भइसकेको छैन। शुक्रबार साँझ हेटौंडा उपमहानगरपालिका(७ न्युरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्न गएका ४ जना बालकमध्ये ३ जना बेपत्ता भएका थिए।

उनीहरूमध्ये एकजना बालकको भने शुरुमै उद्धार गरिएको थियो। उद्धार गरिएका बालकका अनुसार बेपत्ता बालकहरू १० देखि १२ वर्ष उमेर समूहका छन्। उनीहरू हेटौंडा(८ कमानेबाट पौडी खेल्न गएको ती बालकले बताए।

SHARE