श्रीकृष्ण नेत्रालयमा निःशुल्क आँखा जाँच

0
318

असोज ८,२०७९ रुपन्देही : श्रीकृष्ण नेत्रालय प्रा.लि. बुटबल शाखाले निःशुल्क आँखा जाँच गरिरहेको छ ।

  1. कोही पनि मानिसहरु आँखाका बिरामी नहोउन वा आँखाका बिरामी पनि निको हुन भन्ने उद्येश्यले असोज महिनाभरी निःशुल्क आँखा जाँच गर्ने निर्णय गरिएको व्यवस्थापक आमद सिङले बताए ।

असोज १ देखि ३१ गतेसम्म हुने जाँचमा मधुमेह तथा उच्च रक्तचाप भएका सबै बिरामीहरुको आँखाको पर्दा निःशुल्क रुपमा जाँच गरिने सिङले बताए ।

उक्त अवधिभर डाक्टर रोसिजा खनाल, डाक्टर एसपी धिताल, डाक्टर सल्मा केसी, डाक्टर सरस्वती पाण्डे लगायतको समुहले आँखाको जाँच गरी उचित परामर्श दिने नेत्रालयले जनाएको छ ।

SHARE