Friday, June 5, 2026

क्रान्ति र शान्तिमा बितेको जीवन अब आर्थिक क्रान्तिमा लगाउने छुःप्रचण्ड

0
फाइल फोटो

असोज १०,२०७९ चितवन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लेआफ्नो जीवनकालमा लामो समय क्रान्ति, शान्ति र संविधानमा व्यतित गरेको भन्दै अबको जीवन देशलाई आर्थिक क्रान्तिमा लगाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

चितवनको लम्जुङचोकमा सरस्वती युवा क्लबले आयोजना गरेको बृहत इन्द्रेणी सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अबको आवश्यकता आर्थिक विकास र समृद्धि भएको भन्दै देशमा आर्थिक क्रान्ति गर्नुपर्ने बताए ।

झण्ढै ४० वर्षपछि पुर्खाैली थलोमा पुगेको भन्दै अध्यक्ष प्रचण्डले भने ‘म ४० वर्षपछि यहाँहरुको काखमा आएको छु, तपाईहरुको सुख दुःखमा साथ दिनेछु शिवनगरको १४ नम्बर वडाबाट बसाईसराई गरी भरतपुर त्यहाँबाट बसाई सराइ गरी काठमाडौ, त्यहाँबाट रोल्पा रुकुमहुँदै शान्ति प्रक्रियामा आएँ’उनले भने ‘तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मैले शान्ति सम्झौतामा हस्ताक्षर गरी सकेपछि संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र र यसबाट नयाँ समावेशी संविधान बनाइसकेपछि  स्थानीय निर्वाचन पनि सम्पन्न भई प्रदेश र संघको निर्वाचनहुने तयारीका क्रममा ४० वर्षपछि तपाईहरुकै काखमा फर्केको छु ।’

यो अवधिमा यसक्षेत्रमा धेरै विकासका योजनाहरु आएकोमा खुशी व्यक्त गर्नुहुँदै अझै अरबौंका मात्रै नभएर खरबौंको विकास योजनाहरु ल्याएर त्यसले विकासको गति लिओस् भन्ने सपना रहेको उल्लेख गरे ।

रिडीमा बृहत निःशुल्क स्वास्थ्य शिविर :दुई हजार बढीले लिए सेवा

0

हुमाकान्त पोखरेल
असोज १०,२०७९ गुल्मीः पाल्पाको रिब्दिकोट गाउँपालिका –१ की ज्ञानीकला कुमाललाई केही समय पहिलेबाटै कान कराउने, निद्रा नलाग्ने जस्ता समस्या देखा पर्न थाल्यो ।
उक्त रोगको उपचार गराउन उनी पाल्पाको प्रवास अस्पतालमा जानुपथ्र्यो । तर आर्थिक अभावका कारण उनले उपचार गराउन सकेकी थिइनन् । उनले स्थानीय सञ्चार माध्यमबाट गुल्मीको रुरुक्षेत्र गाउँपालिका –१ रिडीमा निःशुल्क स्वास्थ्य शिविर हुने थाहा पाइन् र उपचार गराइन् । ‘उपचार गराउन पाल्पाको मिसन वा प्रवास अस्पताल जानुपथ्र्यो, खर्च (पैसा) नभएर जान सकेकि थिइन ।’

उनले भनिन्, ‘नजिकै (रिडी) शिःशुल्क औषधीसहित डाक्टर आउँदा धेरै राहत भयो ।’ उनले आफुलाई डाक्टरले जाँच गरेको र औषधी पनि निःशुल्क पाएकोमा खुसि व्यक्त गरिन् । रिडी र रिब्दिकोट फरक जिल्ला भएपनि सिमाना जोडिएका ठाउँ हुन् ।

रुरुक्षेत्र गाउँपालिका–१ रिडीकै सीमा ज्ञवालीले पनि यही असौज ७ गते स्वास्थ्य शिविरमा गइन् र उपचार गराइन् । आफ्नो समस्या भन्न नचाहेकी उनले शिविर संचालन गरेपछि धेरै राहत मिलेको प्रतिक्रिया दिइन् । ‘विपन्न परिवारलाई शिविरले धेरै सहजता दियो ।’ उनले भनिन्, ‘हाम्रो ठाउँमा यत्ति ठुलो शिविर पहिलोपटक हो, आयोजकलाई धन्यवाद दिन चाहान्छु ।’ त्यसका साथै उनले आफुलाई बुटबल वा काठमाण्डौ जानुपर्ने रोगको उपचार रिडीमै भएकोमा खुसि व्यक्त गरिन् ।

कुमाल र ज्ञवाली त रुरुक्षेत्र गाउँपालिकाले आयोजना गरेको शिविरबाट लाभाम्बित हुने केही प्रतिनिधिमुलक पात्र मात्रै हुन् । उनीहरुजस्ता थुप्रैले शिविरबाट सेवा लिएका छन् । रुरुक्षेत्र गाउँपालिकाले यही असौज ७, ८ र ९ गते गरी तीन दिनसम्म ‘बृहत निःशुल्क स्वास्थ्य शिविर’को अयोजना गरेको थियो । शिविरमा मुटु, पेट, स्त्री रोग, आँखा लगायतका रोगको उपचार गरिएको छ । औषधी पनि निःशुल्क रुपमा प्रदान गरिएको छ भने आँखाको शल्यक्रिया पनि निःशुल्क गरिएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।

शिविरमा ८१२ पुरुष र एक हजार २१९ महिला गरी कुल दुई हजार ३१ जनाले सेवा लिएका छन् । शिविरमा ८६१ जनाले आँखाको जाँच गराएका छन् । जसमा ४५० जनालाई चस्मा वितरण गरिएको छ भने २८ जनाको मोतियोबिन्दुको शल्यक्रिया गरिएको छ । त्यस्तै २५७ जनाले पेटसम्बन्धि, ३८९ जनाले मुटुसम्बन्धी, १०७ जनाले स्त्री रोगसम्बन्धि र ७४६ जनाले जेनेरल मेडिसिनसम्बन्धि सेवा लिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत इश्वरी न्यौपानेले जानकारी दिए ।

जसमा नेपाल ह्दयरोग प्रतिष्ठान, नेपाल नेत्र ज्योती संघ, लुम्बिनी मेडिकल कलेज पाल्पा र नेपाल औषधी व्यवसायी संघको सहयोग रहेको थियो । शिविरमा सम्बन्धित रोगका विशेषज्ञ डाक्टरको समुहले जाँच गरेको थियो । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका साथसाथै चन्द्रकोट, कालिगण्डकी, छत्रकोट, गुल्मीदरबार एवम् पाल्पाका विभिन्न स्थानीय तहका नागरिकले समेत स्वास्थ्य शिविरबाट सेवा लिएका थिए ।
रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले आफुहरुले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको प्रतिक्रिया दिए । ‘पालिकाभित्र धेरैजना सामान्य रोगले पनि पीडित बनेको जानकारी पायौँ ।’ ज्ञवालीले भने, ‘छलफल गर्दै जाँदा बृहत शिविर राख्ने योजना बन्यो, धेरैजनाले सेवा पाउदाँ खुसि लागेको छ ।’ अध्यक्ष ज्ञवालीले अब छिट्टै घर–घरमा स्वास्थ्य सेवा कार्यक्रम संचालन गर्ने पनि जानकारी दिए ।

उक्त कार्यक्रमअन्तरगत बृद्ध, अशक्त एवम् अपाङ्गहरुलाई घरमै पुगेर प्राथमिक तहको स्वास्थ्य सेवा उपलब्ध गराउने योजना रहेको उनले बताए ।

नवदुर्गा माविको ४२ औँ वार्षिकोत्सव मनाइयो

0

सुशीला रेग्मी
असोज १०,२०७९ पाल्पाः नवदुर्गा माध्यमिक विद्यालय रामपुर नगरपालिका ६ तिलकपुुर पाल्पाको ४२ औँ वार्षिकउत्सव तथा ४३ औँ अभिभावक दिवस कार्यक्रम सकिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन संस्थापक सदस्य तथा वर्तमान सल्लाहकार देवराज ढकालले गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथि ढकाल, इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्याल, इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख लक्ष्मण देवकोटा, नगर शिक्षा अधिकृत विकल काफ्ले, रामपुर उपत्यका पर्यटन विकास समितिका अध्यक्ष श्यामकान्त खनाल, दरैठाँटी माविका शिक्षक हेमबहादुर घर्ती, नेपाली कांग्रेस नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले नगर कमिटि अध्यक्ष विष्णुप्रसाद रेग्मी, नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटि अध्यक्ष यमबहादुर सुनार, सामुदायिक रेडियो रामपुरका संचालक समितिका अध्यक्ष ऋषिराम भट्टराई, रामपुर ६ का निवर्तमान वडाध्यक्ष हुमनाथ न्यौपाने, आधारभुत माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज भट्टराई लगायतले बोल्नुहुदै कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ ।

प्रधानाध्यापक भानुभक्त न्यौपानेले विद्यालयको वार्षिक प्रतिवेदन पढेर सुनाउनुभएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष बिक्रमराज अधिकारीको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक दिपेन्द्र भट्टराई र शोभाकान्त सिग्देलले गर्नुभएको हो ।

वार्षिकोत्सवको अवसरमा संचालित अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यर्थाीलाई पुरस्कार वितरण, शिक्षकद्धारा नाटक प्रदर्शन गरिएको थियो ।

मुसिकोट ३ मा सहकारी सुपथ तथा कोशेली घर संचालनमा

0

सूर्य सुनार                                                                              असोज १० ,२०७९ गुल्मी :गुल्मीको मुसिकोट नगरपालिका ३ मैदानमा साना किसान कृषि सहकारी संस्था लि. वडागाउँद्वारा संचालित सुपथ तथा कोशेली घरको सोमबार उद्धघाटन गरिएको छ । मुसिकोट नगरपालिका ३ का वडा अध्यक्ष शंकर रायमाझीले एक कार्यक्रमका बिच कोशेली घरको उद्घघाटन गरेका हुन ।

कार्यक्रममा प्रमुख अतिथि मुसिकोट नगरपालिका ३ का वडाध्यक्ष शंकर रायमाझीले उक्त कोशेली घर बाट दिगो रुपमा मुसिकोट २,३,४ का सेवाग्राहीले सेवा लिने हुँदा कृषकलाई सहज हुने बताए । वडा कार्यालय संगै सिङ्गो नगरपालिका कृषकको साथमा रहेको बताउँदै कृषकले उत्पादन गरेका बस्तु कोशेली घरबाट बिक्री हुने बताए । साना किसान सहकारीमा आबद्ध कृषकलाई थप आवश्यक तालिम तथा कृषि कार्यक्रम नगर तथा प्रदेश बाट ल्याउन आफुले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने वडा अध्यक्ष रायमाझीले बताए । आफूले निर्वाचनमा जनताको बिचमा गएर बोलेको कुरालाई काम गरेर देखाउने दावी समेत वडाध्यक्ष रामयमाझीले दावी गरे ।

साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक विबेकप्रेमी मगरले सुपथ तथा कोशेली घर विशेष गरी कृषकलाई लक्षित गरि संचालन ल्याएको बताए । कृषकहरुले उत्पादन गरेका तरकारी,फलफूल तथा हस्तसामग्री कोशेली घरले खरिद गर्ने उनले बताए । बजारको मुल्य भन्दा कम मुल्यमा बिक्री गरिने हुँदा सेवाग्राहीलाई फाइदा हुने प्रबन्धक मगरले बताए । मुसिकोट नगरपालिकाबाट आर्थिक बर्ष २०७७÷७८ मा १० लाख र १ लाखको जनश्रमदान र ५ लाख बराबरको भौतिक संरचनालाई बढाएर १६ लाखमा कोशेली घर निर्माण गरिएको बताए ।

मुसिकोट ३ मैदान बजारमा कोशेली घरको शुभारम्भ भए संगै त्यहाँका स्थानीयलाई कृषि उपज बस्तु बिक्री वितरण गर्न सहज मिलेको छ । उद्धघाटन गर्नु मात्र ठूलो कुरा नभइ यसलाई दिगो रुपमा संचालनमा ल्याउनुपर्ने स्थानीय समाजसेवीहरुले धारणा व्यक्त गरेका छन् ।

अहिले कोशेली घरमा कृषकले उत्पादन गरेका हरिया, कोदाली, डोका नम्ला, डाला, लगायतका सामग्री राखिएको छ ।

बँदेलको आक्रमणबाट मृत्यु

0

असोज १०,२०७९ चितवन : भरतपुरमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–१२ नौरङेका ४० वर्षीय दिपक विकलाई बँदेलले आक्रमण गर्दा मृत्‍यु भएको हो।

असोज ६ गते मर्निङवाक जाने क्रममा एक्कासी जंगलबाट निस्किएको जंगली बँदेलले आक्रमण गर्दा घाइते भएका उनको उपचारको क्रममा आइतबार भरतपुरमा अस्पतालमा मृत्‍यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।

बंदेलले आक्रमण गर्दा उनको पेटमा गहिरो चोट लागेको थियो।

अवैध लागुऔषधसहित ६ जना पक्राउ

0

असोज १०,२०७९काठमाडौं : नेपाल प्रहरीले अवैध लागुऔषधसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। आईतवार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो।

सार्वजनिक हुनेमा लागुऔषध खैरो हेरोइनतर्फ २ जना, नियन्त्रित लागुऔषध एम्पुलतर्फ ३ जना र लागुऔषध एम्पुल बससहित अन्य एकजना छन्। पक्राउ पर्नेमा भदौ २१ गते ललितपुरको महालक्ष्मीस्थानबाट ईलामका २४ वर्षीय सुजन हेल्मू र भदौ २१ गते नै इलामकै सञ्जीव राईलाई पक्राउ गरेको थियो।

त्यस्तै भदौ २४ गते ललितपुरको थसीखेलबाट बा ५ च ७१३८ नम्बरको बोलेरो पिक अप भ्यान र लुकाएको अवस्थामा लागुऔषध बुप्रेनोर्फिन ३३४ एम्पुल, डाइजेपाम ३३३ एम्पुल र फेनारगन ३३३ एम्पुल बरामद गरिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता एवं सूचना अधिकारीसमेत रहेका खड्काले लागुऔषध एम्पुलसहित पक्राउ परेका अर्जुन ढकालसँग अनुसन्धान गर्दै जाँदा लागु औषध एम्पुल कारोबारमा संलग्न न्यू एञ्जल कम्पनीको प्रदेश ०२ ०३ ००१ ख ३६२८ नम्बरको भाडाको बसका सहचालक बाराको कलैयाका २१ वर्षका अजय महतो र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका वर्ष ४४ का रामबहादुर तिमल्सिनालाई भदौ २६ गते पक्राउ गरेको बताए।

पाल्पामा चाडपर्व लक्षित यात्रु सहायता कक्ष

0

असोज ९,२०७९पाल्पा : पाल्पाको बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले यहाँ ‘यात्रु सहायता कक्ष’ सञ्चालन गरेको हो। नेपालीहरूको महान पर्व दशैँ, तिहार, छठका अवसरमा यात्रुलाई पर्ने असुविधाका बारेमा सुनुवाई गर्न सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

बसपार्क हुँदै लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालन हुने गर्छन्। यहाँ चौबीसै घण्टा प्रहरी तयारी अवस्थामा रहने छन्। यात्रुको गुनासोका आधारमा तत्काल प्रहरी परिचालन हुने उनले बताए। चाडपर्वका बेला यात्रुको भीडभाड हुने गर्छ। यहाँ अपरिचित वा नयाँ मानिसहरू पनि आउने गर्छन्।

कुनै मानिस अलपत्र परेमा, यात्रुको सामग्री चोरी भएमा, बढी भाडा लिएको अवस्था थाहा भएमा, सीट क्षमताभन्दा बढी यात्रु बोकेमा या यात्रु नै मादक पदार्थ सेवन गरेर अरुलाई असर पर्ने काम गरेमा यात्रु सहायता कक्षमा तत्काल खबर गर्न सकिने उनले बताए।

बसपार्कमै भएका कारण यात्रुले तत्काल खबर गर्न सक्नेछन्। यद्यपि नजिकै रहेका कुनै पनि प्रहरी कार्यालयमा खबर गर्नसक्ने उनले बताए।

सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गर्दा दुर्घटना हुनसक्ने भएकाले यसको न्यूनीकरण गर्न ट्राफिक चेकिङलाई कडाई गरिने छ। व्यवसायीले पैसाको लोभमा चालक र सह–चालकलाई यात्रु धेरै बोक्न बाध्य पार्न सक्छन् त्यसको अवस्था बुझेर बढी यात्रु बोक्ने सवारीसाधनलाई कारबाही गरिने उनले बताए।

गुल्मीमा रगतको अभाव टार्न रक्तदान

0

गीता बस्याल
असोज २०७९ गुल्मीः गुल्मीमा रगतको अभावलाई टार्नका लागि बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

जिल्लामा बिरामीहरुलाई रगतको अभावमा अधिक समस्या हुने र कतिपयको रगतको अभावमा ज्यानै समेत जाने गरेको भन्दै रगतको अभाव टार्नका लागि नेपाल स्वयमसेवी रक्तदाता समाज गुल्मीले रक्तदान कार्यक्रम आयोजना गरेको समाजका उपाध्यक्ष केपी भण्डारीले जानकारी दिए ।

जिल्लामै सरल र सहज रुपमा निशुल्क रगतको अभाव टार्नका लागि आफूहरुले विगत देखीनै सहयोगी भूमिका निर्वाह गर्दै आएको भन्दै रगतको अभावमा जिल्लामा कसैको ज्यान जान नपरोस भन्ने आफूहरुको उद्येश्य रहेको उनको दाबी छ ।

संकलन भएको रगत केही मात्रा तम्घासमा रहने आवश्यक परेको रगतलाई रुपन्देही पठाउने गरेको भण्डारीले जानकारी दिए ।

रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए । जम्मा भएको ५० युनिट रगतलाई आवश्यक परेको जिल्लामै राखिने र अन्य रगत रुपन्देही पठाउने गरी आफूहरुले तयारी गरेको भण्डारीले बताए ।

आफूहरुको अभियानमा साथ दिने सम्पूर्णलाई समाजले धन्यवाद ब्यक्त गरेको छ ।

गुल्मीमा निःशुल्क पशु स्वास्थ्य शिविर

0

असोज ९,२०७९ गुल्मीःगुल्मीमा घरपालुवा पशुपन्छीहरुको निशुल्क स्वास्थ्य शिविरबाट करिब दुई सय घरका पशुपन्छीहरुलाई उपचार तथा औषधि वितरण गरिएको छ ।

पशुपन्छीहरुको स्वास्थ्य तथा बाँझोपन निवारणका लागि छत्रकोट गाउँपालिकाको वडा नम्वर ६ दौघामा उक्त शिविर संचालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफलेले जानकारी दिए ।

पशुपालक कृषकहरुका लागि घरदैलोमै सेवा प्रवाह गर्नका लागि शिविर नै संचालन गरिएको उनको दाबी छ ।

घरपालुवा पशुपन्छीहरुको स्वास्थ्यमा देखिएका समस्याहरुलाई निराकरण गरी निशुल्क रुपमा औषधि प्रदान र परामर्श सेवा समेत प्रदान गरिएको हो ।

कार्यालयले कृर्षकहरुको घरदैलोमानै गई सेवा प्रवाह गर्ने कार्यलाई आवश्यकता र मागको आधारमा निरन्तरता दिँदै जाने काफलेको भनाई छ ।

चर्चित उद्यमीसहित एमाले परित्याग गरि सयौं नेता–कार्यकर्ता माओवादीमा प्रवेश

0

असोज ९,२०७९ चितवन :चितवनमा चर्चित उद्यमीसहित एमाले परित्याग गरि सयौं नेता–कार्यकर्ता माओवादी केन्द्रमाप्रवेश गरेका छन् । भरतपुरमा आयोजितकार्यक्रममा उनीहरु माओबादी प्रवेश गरेका थिए भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा उनीहरुलाई स्वागत गरेका थिए ।

चितवनका स्थापित उद्यमी विजय घलेसहित एमाले परित्याग गरि सयौं कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विभिन्न महिला समूह र मुस्लिम समुदायका प्रतिनिधिहरूसमेत माओबादी प्रवेश गरेका छन् ।

सोहि अबसरमा प्रचण्डले देशमा व्यवस्था बदलिएपनि अवस्था जहाँको त्यही भएको भन्दै अब जनताको अवस्था बदलेर उनीहरुको मुहारमा खुशी ल्याउने चाहना रहेको बताएका थिए।

प्रचण्ड चुनावी कार्यक्रममा सहभागी हुन शनिबार चितवन गएका थिए ।प्रचण्डले निकै ठूलो त्याग र बलिदानबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गर्दै परिवर्तन उल्ट्याउन खोज्ने हर्कतहरुलाई नेपाली जनताले कदापी सहन नसक्ने बताएका छन् ।

उनले माओवादी पार्टी नै देश र जनताको भविष्यको निम्ति लड्ने पार्टी भएको र जनताको मुहारमा खुशी ल्याउन माओवादीले नै नेतृत्व गर्नुपर्ने धारणा राखेका छन् ।