बँदेलको आक्रमणबाट मृत्यु

0
211

असोज १०,२०७९ चितवन : भरतपुरमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–१२ नौरङेका ४० वर्षीय दिपक विकलाई बँदेलले आक्रमण गर्दा मृत्‍यु भएको हो।

असोज ६ गते मर्निङवाक जाने क्रममा एक्कासी जंगलबाट निस्किएको जंगली बँदेलले आक्रमण गर्दा घाइते भएका उनको उपचारको क्रममा आइतबार भरतपुरमा अस्पतालमा मृत्‍यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।

बंदेलले आक्रमण गर्दा उनको पेटमा गहिरो चोट लागेको थियो।

SHARE