क्रान्ति र शान्तिमा बितेको जीवन अब आर्थिक क्रान्तिमा लगाउने छुःप्रचण्ड

0
147
फाइल फोटो

असोज १०,२०७९ चितवन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लेआफ्नो जीवनकालमा लामो समय क्रान्ति, शान्ति र संविधानमा व्यतित गरेको भन्दै अबको जीवन देशलाई आर्थिक क्रान्तिमा लगाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

चितवनको लम्जुङचोकमा सरस्वती युवा क्लबले आयोजना गरेको बृहत इन्द्रेणी सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अबको आवश्यकता आर्थिक विकास र समृद्धि भएको भन्दै देशमा आर्थिक क्रान्ति गर्नुपर्ने बताए ।

झण्ढै ४० वर्षपछि पुर्खाैली थलोमा पुगेको भन्दै अध्यक्ष प्रचण्डले भने ‘म ४० वर्षपछि यहाँहरुको काखमा आएको छु, तपाईहरुको सुख दुःखमा साथ दिनेछु शिवनगरको १४ नम्बर वडाबाट बसाईसराई गरी भरतपुर त्यहाँबाट बसाई सराइ गरी काठमाडौ, त्यहाँबाट रोल्पा रुकुमहुँदै शान्ति प्रक्रियामा आएँ’उनले भने ‘तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मैले शान्ति सम्झौतामा हस्ताक्षर गरी सकेपछि संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र र यसबाट नयाँ समावेशी संविधान बनाइसकेपछि  स्थानीय निर्वाचन पनि सम्पन्न भई प्रदेश र संघको निर्वाचनहुने तयारीका क्रममा ४० वर्षपछि तपाईहरुकै काखमा फर्केको छु ।’

यो अवधिमा यसक्षेत्रमा धेरै विकासका योजनाहरु आएकोमा खुशी व्यक्त गर्नुहुँदै अझै अरबौंका मात्रै नभएर खरबौंको विकास योजनाहरु ल्याएर त्यसले विकासको गति लिओस् भन्ने सपना रहेको उल्लेख गरे ।

SHARE