गुल्मीमा रगतको अभाव टार्न रक्तदान

0
123

गीता बस्याल
असोज २०७९ गुल्मीः गुल्मीमा रगतको अभावलाई टार्नका लागि बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

जिल्लामा बिरामीहरुलाई रगतको अभावमा अधिक समस्या हुने र कतिपयको रगतको अभावमा ज्यानै समेत जाने गरेको भन्दै रगतको अभाव टार्नका लागि नेपाल स्वयमसेवी रक्तदाता समाज गुल्मीले रक्तदान कार्यक्रम आयोजना गरेको समाजका उपाध्यक्ष केपी भण्डारीले जानकारी दिए ।

जिल्लामै सरल र सहज रुपमा निशुल्क रगतको अभाव टार्नका लागि आफूहरुले विगत देखीनै सहयोगी भूमिका निर्वाह गर्दै आएको भन्दै रगतको अभावमा जिल्लामा कसैको ज्यान जान नपरोस भन्ने आफूहरुको उद्येश्य रहेको उनको दाबी छ ।

संकलन भएको रगत केही मात्रा तम्घासमा रहने आवश्यक परेको रगतलाई रुपन्देही पठाउने गरेको भण्डारीले जानकारी दिए ।

रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए । जम्मा भएको ५० युनिट रगतलाई आवश्यक परेको जिल्लामै राखिने र अन्य रगत रुपन्देही पठाउने गरी आफूहरुले तयारी गरेको भण्डारीले बताए ।

आफूहरुको अभियानमा साथ दिने सम्पूर्णलाई समाजले धन्यवाद ब्यक्त गरेको छ ।

SHARE