Friday, June 5, 2026

मनसुन बाहिरिँदै

0
फाइल फोटो

असोज ३०,२०७९काठमाडौं :यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले मनसुन बहिर्गमन सम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नं १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो।

‘गत जेठ २२ गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजदेखि नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेश प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ’, जारी बुलेटिनमा भनिएको छ।

नेपालको बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

सरदरमा अक्टोबर २ तारिखका दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाले आवश्यकताअनुसार विशेष मौसम बुलेटिन अद्यावधिक गर्ने पनि जनाएको छ।

जनताको विश्वास टुट्न दिने छैन : नेतृ झाँक्री

0
फाइल फोटो

गुल्मी, ३० असाेज :नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव एवम् गुल्मी क्षेत्र नम्बर -२ मा गठबन्धनकाे साझा उम्मेदवार रामकुमारी झाँक्रीले आफुले जनताको विश्वास टुट्न नदिने बताएकी छिन् ।

 

शनिबार मालिका गाउँपालिकाकाे संयुक्त गठबन्धनकाे चुनावी बैठकलाई सम्बाेधन गर्दै नेतृ झाँक्रीले निर्वाचनपछिका पाँच बर्ष जनमतकाे सम्मान गरेर काम गर्ने बताइन् । `हामीसँग जनताका थुप्रै आशा र विकासका एजेण्डा छन्, निर्वाचनपछि सबै पूरा गर्छाै ।

 

´ नेतृ झाँक्रीले भनिन्, `त्यसका लागि मंसिर -४ सम्म सक्रियताका साथ गठबन्धनकाे पक्षमा प्रचार गर्नु आवश्यक छ ।´ अर्काे प्रसङ्गमा नेतृ झाँक्रीले यस क्षेत्रमा गाेकर्ण विष्टले २५ बर्षसम्म शासन गरेपनि विकासकाे अवस्था भने धेरै पछाडि रहेकाेले अब विकास परिवर्तन गर्नकाे लागि नेतृत्व परिवर्तन आवश्यक रहेकाे बताइन् ।

 

मालिका लगायतका क्षेत्रमा हावा लाग्दा बत्ती जाने, टेलिकमकाे टावरले काम नगर्ने, एक पटक पानी आए सडक बिग्रने लगायतका समस्या रहेकाेले त्यस्ता समस्या न्यूनिकरणकाे लागि आफ्नो जित आवश्यक रहेकाे बताइन् । साथै विष्टले पटक-पटक नेतृत्व गर्दा र आफुले एकपटक मात्रै नेतृत्व गर्दाका याेजना तुलना गर्न आफू तयार रहेकाे बताइन् ।

 

विगतमा मैले कहाँ भाेट राखे भन्ने भन्दापनि अब कहाँ राख्ने बिषय मुख्य रहेकाेले मंसिर -४ काे निर्वाचनमा कलम चिन्हमा मतदान गर्न आग्रह गरिन् ।

 

कार्यक्रममा नेपाली काँग्रेस, माअाेवादी केन्द्र, एकीकृत समाजवादी लगायतका राजनीति दलका विभिन्न तहका नेताहरू, दलका विभिन्न भातृ संगठनका प्रमुख एवम् प्रतिनिधि लगायतकाे उपस्थिति रहेकाे थियाे ।

युवाहरुको साथमा सधै बराल

0

असोज ३०,२०२९ गुल्मीः गुल्मी क्षेत्र नम्वर एकको प्रदेशसभा १ का उम्मेदवार सुदर्शन बरालले युवाहरुको साथमा आफू सधै रहेको बताएका छन् ।

चन्द्रकोट गाउँपालिका वडा नम्वर ४ रेमीका मतदाता तथा युवाहरुसंगको भेटघाट कार्यक्रममा उनले युवाहरुलाई खेलकुद र स्वरोजगार बनाउनका लागि आफू सधै साथमा रहेको बताएका हुन् ।

विगतमा आफू प्रदेशको सामाजिक बिकासमन्त्री हुँदा पनि यो क्षेत्रको खेलमैदान, सडक , खानेपानी र मठमन्दिर लगायतका क्षेत्रहरुमा बजेटको ब्यबस्था गरेको भन्दै अझै अधुरा र बाँकी रहेका क्षेत्रहरुमा पनि काम गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

युवाहरुलाई कृषि,पशुपालन ,पर्यटनका माध्यमबाट स्वरोजगार बनाउन सकिने भन्दै युवाहरुलाई स्वदेशमा टिकाई राख्नका लागि आफूले योजना बनाएको उनको भनाई छ ।

सो क्षेत्रमा प्रतिनिधि सभामा गठबन्धनको तर्फबाट चन्द्र भण्डारी र एमालेबाट प्रदीप ज्ञवाली ,  प्रदेश सभा १ मा गठबन्धनबाट सुदर्शन बराल र एमालेका चिन्तामणी पाण्डेबीच प्रतिष्पर्धा हुँदैछ ।

जसलाई पोल्न खोज्यो उसैका कारण ज्यान गयो

0

असोज २९,२०७९पाल्पा : अरिंगाल पोल्ने क्रममा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ।

तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

शुक्रबार बेलुकी ५ बजे गाउँ नजिकै रहेको तारे जंगलस्थित सालको रुखमा रहेको अरिंगालको गोलो पोल्न गएका थिए।

गोलो पोल्ने क्रममा उनी रुखबाट करिब १०० मिटर तल लडेर गम्भीर घाइते भएका थिए।

उपचारका लागि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थापाले बताए।

बाढी पीडितलाई मन्त्रीको राहत

0

असोज २९,२०७९ : दाङ देउखुरीका वाढी पीडितलाई सहरी विकास मन्त्री मेटमणि चौधरीले राहत उपलव्ध गराउनु भएको छ ।

देउखुरीका चारवटै स्थानीय तह मार्फत एकद्धार प्रणालीबाट वितरण हुने गरि राहत पालिकालाई हस्तान्तरण गरिएको हो । बाढी र डुवानले देउखुरी क्षेत्रमा पारेको प्रभाव अवलोकन गर्न स्थलगत अवलोकनमा रहनु भएका मन्त्री चौधरीले तत्कालको लागि खाद्यान्नको आवश्यकता देखेपछि पहिलो चरणमा खाद्यान्न राहत स्वरुव वितरण गरिएको हो ।

 

पहिलो चरणमा मन्त्री चौधरीले व्यक्तिगत रुपमा राहत स्वरुप देउखुरीका चारवटै पालिकालाई ५० क्विनटल चामल स्थानीइ तहका प्रमुख मार्फत हस्तान्तरण गर्नुभएको छ ।

राहत वितरण गर्दै मन्त्री चौधरीले देउखुरीमा २०१८ सालपछिको पहिलो बाढी आएको र डुवानले चारवटै पालिकामा उत्तिकै प्रभाव पारेको बताउनुभयो । बाढी पिडीतको लागि सरकारको अनुभुति गर्नेगरी राहत एवं सहयोग उपलव्ध गराउने मन्त्री चौधरीले प्रतिबद्धता जनाउनुयो ।

उहाँले भन्नुभयो,‘ म स्थलगत रुपमा जाँदा देउखुरीमा बाढीको प्रभाव अवलोकन गरेपछि तत्काल राहतको लागि खाद्यान्न पठाइएको छ, थप राहत र भौतिक पूर्वाधारमा समेत राहत उपलव्ध हुन्छ ।’
यस्तै मन्त्री चौधरीले देउखुरीका चारवटै पालिका प्रमुखलाई बाढी र डुवानको वास्तवीक क्षेती अविलम्ब एकिन गरेर अन्य आवश्यक सहयोग माग गर्न समेत आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘यो विपद्कोे समयमा जहाँ जे आवश्यक पर्दछ त्यही सहयोग गर्ने हो,तपाइहरुले गर्न नसकेको हकमा प्रदेश र संघीय सरकार छ,हामीलाई एकिन विवरण छिटो पठाउनुस ।’ मन्त्री चौधरीले बाढी र डुवानमा परेर विस्थापित भएकाहरुलाई स्थापीत गराउने कार्यमा सहयोग गर्न विभिन्न राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्था लाई समेत आग्रह गर्नुभयो ।

कांग्रेस माओवादी कुनै पार्टी नभनी गठबन्धन : चन्द्र भण्डारी

0

असोज २९,२०७९गुल्मीःगुल्मी क्षेत्र नम्वर एक प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवारचन्द्र भण्डारीले कांगेसमाओवादी कोही नभई चारै दल गठबन्धन भएको बताएका छन् ।

चन्द्रकोट गाउँपालिकाको वडा नम्वर ४ रेमीमा भएको मतदाता भेटघाट कार्यक्रममलाई सम्वोधन गर्दै भण्डारीले केपी ओली प्रवृत्तिका बिरुद्ध कांग्रेस,माओवादी केन्द्र ,समाजवादी र जनमोर्चा पार्टी एक भएकाले यो त्यो पार्टी नभनी चारै दल गठबन्धन भएको बताएका हुन् ।

उनले गठबन्धन राष्ट्रिय आवश्यकताको आधारमा भएकाले संबिधानको रक्षा र राजनीतिक स्थायीत्वका लागि भएको बताएका छन् ।

कार्यक्रममा प्रदेश सभा १ का उम्मेद्वार सुदर्शन बरालले गठबन्धनले मात्र देशलाई निकास र बिकास दिन सक्षम भएको भन्दै गठबन्धन भएको बताएका छन् ।

केपी ओलीले संबिधानलाई कुल्चने काम गरेकाले संबिधानको रक्षा गर्नका लागि गठबन्धन भएको भन्दै गठबन्धनको पक्षमा मतदान गर्न उनले आग्रह गरेका छन् ।

गुल्मी क्षेत्र नम्वर एकको प्रतिनिधि सभामा गठबन्धनको तर्फबाट चन्द्र भण्डारी र एमालेको तर्फबाट प्रदीप ज्ञवाली चुनावी मैदानमा रहेका छन् भने प्रदेश सभा एकमा गठबन्धनबाट सुदर्शन बराल र एमालेबाट चिन्तामणी पाण्डे चुनावी मैदानमा रहेका छन् ।

 

 

संविधान रक्षाका लागि गठबन्धन : नेता जिसि

0

गुल्मी, २९ असाेज ।
नेकपा माअाेवादी केन्द्रका गुल्मी जिल्ला संयाेजक एवम् गुल्मी क्षेत्र नम्बर -२ `ख´ का उम्मेदवार बुद्धि जिसीले संविधान रक्षाका लागि पाँच दलीय गठबन्धन बनेकाे बताएका छन् ।

 

मालिका गाउँपालिकाकाे अर्खबाङ्गमा गठबन्धनकाे चुनावी बैठकलाई सम्बाेधन गर्दै नेता जिसीले एमाले अध्यक्ष अाेलीले च्यातेकाे संविधानकाे रक्षा गठबन्धनले गरेकाे बताए । त्यसका साथै उनले यसै क्षेत्रबाट पाँच बर्ष पहिले नै निर्वाचित दिनेश पन्थी आफ्नो कार्यकाल समेत पूरा नगरी जनमतको अपमान गरेकाेले आफुले त्यसाे नगर्ने बताए ।                                                                                                                                                       `

 

पाँच बर्ष पहिले निर्वाचित सासंद व्यक्तिगत स्वार्थमा लागेर सासंद पद समेत त्याग्नुभयाे ।´ नेता जिसीले भने, `जसले गर्दा हाम्रो क्षेत्रका थुप्रै याेजना अलपत्र परेे, अब त्यसाे हुन दिनुहुदैँन ।´

आगामी पाँच बर्षमा देशमा जस्ताेसुकै राजनीति परिवर्तन भएपनि अहिलेकाे गठबन्धनप्रति आफू सधै इमानदार रहने बताए । फरक प्रसङ्गमा नेता जिसीले रामकुमारी झाँक्री मन्त्री हुँदा नै थुप्रै विकासका याेजना जिल्ला भित्राएकाेले त्यसकाे परिणाम केही समयमै आउने बताए ।

 

कार्यक्रम गठबन्धनमा आवद्ध विभिन्न दलहरूका विभिन्न तहका नृता तथा कार्यक्रता, जनसमुदाय लगायतकाे उपस्थिति रहेकाे थियाे ।

खर काट्दा लडेर महिलाको मृत्यु

0

असोज २९,२०७९बैतडी ःभीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका(२ जेब्लाखानकी ४५ वर्षीया लीलादेवी बोहरा रहेकी छन्।

 

स्थानीय ‘सलेनी लोटे भीर’ मा शुक्रबार खर काटिरहेका वेला लड्दा घटनास्थलमै उनको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख रहेका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।

आज विश्व हात धुने दिवस

0

असोज २९,२०७९काठमाडौं :अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस। ‘हातको स्वच्छताका लागि विश्वव्यापी ऐक्यबद्धता’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वसभर मनाइँदैछ।

नेपालमा भने सरकारको अग्रसरतामा ‘हात धुने बानी व्यवहार स्वस्थ र सभ्य जीवनको आधार’ नाराका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००८ अक्टोबर १५ तारिखदेखि विश्व हात धुने दिवस मनाउन सुरु गरिएको हो।

 

हात धुने दिवसकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छिन्।

‘हातको स्वच्छता स्वास्थ्यको दृष्टिलेअत्यन्तै महत्त्वपूर्ण छ। हात सफा नभएका कारणले नै अनेक संक्रमण भई विश्वभर कैयौँ मानिसले जीवन गुमाउनु परेको तथ्याङ्क पाइन्छ’, उनको शुभकामना सन्देशमा उल्लेख छ’, ‘तीनै तहका सरकार, विभिन्न सामाजिक संघसंस्थाका साथै निजी क्षेत्रले सञ्चालन गर्दै आएका हातको सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ।’

जनताका समस्या सुन्न नेता चन्द्र भण्डारी र सुदर्शन बराल गाउँगाउँमा

0

असोज २९,२०७९ गुल्मीः आगामी मङसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनका लागि गुल्मी क्षेत्र नम्वर एकका गठबन्धनका उम्मेदरवाहरु मतदाता भेटन् यति बेला घरदैलोमा ब्यस्त छन् ।

गुल्मी क्षेत्र नम्वर एक प्रतिनिधि सभाका उम्मेदवार एंव नेपाली काँग्रेसका नेता डाक्टर चन्द्र भण्डारी र प्रदेश सभा १ का उम्मेदवार सुदर्शन बराल चन्दकोट गाउँपालिका वडा नम्वर ८ का मतदाताहरुलाई भेटनका लागि गाउँमा ब्यस्त छन ।
उनीहरुले मतदाताहरुको समस्या बुझनका लागि घरदैलोमा पुगेको बताएका छन् ।

मतदाताहरुले गाउँमा गुणस्तरीय शिक्षा, स्वास्थ्य र सडकको उचित प्रवन्ध गर्नका लागि माग गरेका छन् ।

आवश्कताको आधारमा गठबन्धन

प्रतिनिधि सभाका उम्मेदवार भण्डारीले अहिलेको गठबन्धन आवश्श्यकताको आधारमा भएको बताएका छन् ।

तत्कालिन नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको समस्यालाई बुझन नसक्ने भएको र पटक पटक संबिधानलाई कुल्चने काम गरेकाले संबिधानको रक्षा गर्नका लागि गठबन्धन आवश्यक भएको उनले दाबी गरे ।

गुल्मी जिल्लालाई बिकासको तवरले नमूना जिल्ला बनाउन र अधुरा कार्यहरुलाई पूरा गर्नका लागि गठबन्धनलाई जिताएर काम गर्ने अवसर प्रदान गर्नका लागि उनल आग्रह गरे ।


राजनीतिक स्थिरता कायम गर्न गठबन्धन

यस्तै प्रदेशसभा १ का उम्मेदवार सुदर्शन बरालले देशमा राजनीति स्थिरता कायम गर्नका लागि गठबन्धन भएको बताए ।

उनले पाँच वर्षका लागि स्थायीत्व सरकार बनाउनका लागि राजनीतिक स्थायीत्व पनि आवश्यक पर्ने भएकाले गठबन्धनलाई मतदान गर्न आग्रह गरे ।

गुल्मी निर्वाचन क्षेत्र नम्वर एकको प्रतिनिधि सभाका लागि गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी र नेकपा एमालेका प्रदीपकुमार ज्ञवालीबीच प्रतिस्पर्धा हुँदै छ ।