जनताका समस्या सुन्न नेता चन्द्र भण्डारी र सुदर्शन बराल गाउँगाउँमा

0
136

असोज २९,२०७९ गुल्मीः आगामी मङसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनका लागि गुल्मी क्षेत्र नम्वर एकका गठबन्धनका उम्मेदरवाहरु मतदाता भेटन् यति बेला घरदैलोमा ब्यस्त छन् ।

गुल्मी क्षेत्र नम्वर एक प्रतिनिधि सभाका उम्मेदवार एंव नेपाली काँग्रेसका नेता डाक्टर चन्द्र भण्डारी र प्रदेश सभा १ का उम्मेदवार सुदर्शन बराल चन्दकोट गाउँपालिका वडा नम्वर ८ का मतदाताहरुलाई भेटनका लागि गाउँमा ब्यस्त छन ।
उनीहरुले मतदाताहरुको समस्या बुझनका लागि घरदैलोमा पुगेको बताएका छन् ।

मतदाताहरुले गाउँमा गुणस्तरीय शिक्षा, स्वास्थ्य र सडकको उचित प्रवन्ध गर्नका लागि माग गरेका छन् ।

आवश्कताको आधारमा गठबन्धन

प्रतिनिधि सभाका उम्मेदवार भण्डारीले अहिलेको गठबन्धन आवश्श्यकताको आधारमा भएको बताएका छन् ।

तत्कालिन नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको समस्यालाई बुझन नसक्ने भएको र पटक पटक संबिधानलाई कुल्चने काम गरेकाले संबिधानको रक्षा गर्नका लागि गठबन्धन आवश्यक भएको उनले दाबी गरे ।

गुल्मी जिल्लालाई बिकासको तवरले नमूना जिल्ला बनाउन र अधुरा कार्यहरुलाई पूरा गर्नका लागि गठबन्धनलाई जिताएर काम गर्ने अवसर प्रदान गर्नका लागि उनल आग्रह गरे ।


राजनीतिक स्थिरता कायम गर्न गठबन्धन

यस्तै प्रदेशसभा १ का उम्मेदवार सुदर्शन बरालले देशमा राजनीति स्थिरता कायम गर्नका लागि गठबन्धन भएको बताए ।

उनले पाँच वर्षका लागि स्थायीत्व सरकार बनाउनका लागि राजनीतिक स्थायीत्व पनि आवश्यक पर्ने भएकाले गठबन्धनलाई मतदान गर्न आग्रह गरे ।

गुल्मी निर्वाचन क्षेत्र नम्वर एकको प्रतिनिधि सभाका लागि गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी र नेकपा एमालेका प्रदीपकुमार ज्ञवालीबीच प्रतिस्पर्धा हुँदै छ ।

SHARE