जसलाई पोल्न खोज्यो उसैका कारण ज्यान गयो

0
335

असोज २९,२०७९पाल्पा : अरिंगाल पोल्ने क्रममा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ।

तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

शुक्रबार बेलुकी ५ बजे गाउँ नजिकै रहेको तारे जंगलस्थित सालको रुखमा रहेको अरिंगालको गोलो पोल्न गएका थिए।

गोलो पोल्ने क्रममा उनी रुखबाट करिब १०० मिटर तल लडेर गम्भीर घाइते भएका थिए।

उपचारका लागि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थापाले बताए।

SHARE