
असोज ३०,२०२९ गुल्मीः गुल्मी क्षेत्र नम्वर एकको प्रदेशसभा १ का उम्मेदवार सुदर्शन बरालले युवाहरुको साथमा आफू सधै रहेको बताएका छन् ।
चन्द्रकोट गाउँपालिका वडा नम्वर ४ रेमीका मतदाता तथा युवाहरुसंगको भेटघाट कार्यक्रममा उनले युवाहरुलाई खेलकुद र स्वरोजगार बनाउनका लागि आफू सधै साथमा रहेको बताएका हुन् ।
विगतमा आफू प्रदेशको सामाजिक बिकासमन्त्री हुँदा पनि यो क्षेत्रको खेलमैदान, सडक , खानेपानी र मठमन्दिर लगायतका क्षेत्रहरुमा बजेटको ब्यबस्था गरेको भन्दै अझै अधुरा र बाँकी रहेका क्षेत्रहरुमा पनि काम गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

युवाहरुलाई कृषि,पशुपालन ,पर्यटनका माध्यमबाट स्वरोजगार बनाउन सकिने भन्दै युवाहरुलाई स्वदेशमा टिकाई राख्नका लागि आफूले योजना बनाएको उनको भनाई छ ।
सो क्षेत्रमा प्रतिनिधि सभामा गठबन्धनको तर्फबाट चन्द्र भण्डारी र एमालेबाट प्रदीप ज्ञवाली , प्रदेश सभा १ मा गठबन्धनबाट सुदर्शन बराल र एमालेका चिन्तामणी पाण्डेबीच प्रतिष्पर्धा हुँदैछ ।






