कांग्रेस माओवादी कुनै पार्टी नभनी गठबन्धन : चन्द्र भण्डारी

0
135

असोज २९,२०७९गुल्मीःगुल्मी क्षेत्र नम्वर एक प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवारचन्द्र भण्डारीले कांगेसमाओवादी कोही नभई चारै दल गठबन्धन भएको बताएका छन् ।

चन्द्रकोट गाउँपालिकाको वडा नम्वर ४ रेमीमा भएको मतदाता भेटघाट कार्यक्रममलाई सम्वोधन गर्दै भण्डारीले केपी ओली प्रवृत्तिका बिरुद्ध कांग्रेस,माओवादी केन्द्र ,समाजवादी र जनमोर्चा पार्टी एक भएकाले यो त्यो पार्टी नभनी चारै दल गठबन्धन भएको बताएका हुन् ।

उनले गठबन्धन राष्ट्रिय आवश्यकताको आधारमा भएकाले संबिधानको रक्षा र राजनीतिक स्थायीत्वका लागि भएको बताएका छन् ।

कार्यक्रममा प्रदेश सभा १ का उम्मेद्वार सुदर्शन बरालले गठबन्धनले मात्र देशलाई निकास र बिकास दिन सक्षम भएको भन्दै गठबन्धन भएको बताएका छन् ।

केपी ओलीले संबिधानलाई कुल्चने काम गरेकाले संबिधानको रक्षा गर्नका लागि गठबन्धन भएको भन्दै गठबन्धनको पक्षमा मतदान गर्न उनले आग्रह गरेका छन् ।

गुल्मी क्षेत्र नम्वर एकको प्रतिनिधि सभामा गठबन्धनको तर्फबाट चन्द्र भण्डारी र एमालेको तर्फबाट प्रदीप ज्ञवाली चुनावी मैदानमा रहेका छन् भने प्रदेश सभा एकमा गठबन्धनबाट सुदर्शन बराल र एमालेबाट चिन्तामणी पाण्डे चुनावी मैदानमा रहेका छन् ।

 

 

SHARE