Thursday, June 4, 2026

गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज

0

कात्तिक ४,२०७९ काठमाडौं : रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरेको छ।

नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका गुरुङको उम्मेदवारी आज सर्वोच्च अदालतको फैसला अनुसार खारेज भएको हो।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका राजु गुरुङ कालो सूचीमा परेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएपछि गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्चले उनको रिटमा सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त मुद्दाको न्यायाधीशद्वय ईश्वरी प्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उम्मेदवारी खारेजीको निर्णयलाई सदर गरिदिएको हो।

वर्षात्को त्रासमा धान भित्राउन हतारिदै कृषक

0

देउखुरी, असोज ४ गते । दाङको लमही नगरपालिका वडा नं ६ देउपुर निवासी विष्णु पौडेलले गतसाल धानवालीबाट घाटा बेहोर्नु प¥यो । काटेर खेतमा सुकाएको धान वर्षाका कारण खेतमै उम्रने गुहिने समस्या भयो ।

गतसाल जस्तै नहोस भनेर वर्षाको त्रासमा उहाँले यसपाली हरियोमै धान काट्नुभयो धान काटेर राम्रोसंग सुक्न नपाउँदै उठाएर जम्मा गरिसक्नुभयो । उहाँले यसरी हतारमा धान कहिल्यै स्यार्नुभएको थिएन । यसपाली हतारमा धान स्यार्नु परेको उहाँको भनाइ छ ।

यस्तै सोही ठाउँका रामवहादुर चौधरीले पनि राम्रोसंग धान पाक्न नपाउँदै काट्न सुरु गर्नुभएको छ । धान दाउनको थ्रेसर मिलेसम्म काट्दा वित्तिकै दाना निकालेर भित्राउने योजना उहाँ हुनुहुन्छ । गढवा गाउँपालिका वडा नं ६ बाँकीका पुरन चाधरीले विहानैदेखि काटेको धान जम्मा गर्दै हुनुहुन्छ धान भित्राएपछि मात्रै तिहारको सरजाम जुटाउने योजनामा उहाँ हुनुहुन्छ । यि तीनजना प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ ।

अहिले दाङ देउखुरी मात्रै नभएर अधिकाश स्थानमा किसानलाई धन भित्राउन भ्याई नभ्याई छ । सकेसम्म पानीबाट धान सुरक्षित गर्नू पाए हुन्थेयो भन्ने योजनामा किसान छन् । गतसाल धान स्यार्ने समयमा परेको वर्षाले धानमा ठूलो क्षेती पुगेपछि वर्षाको त्रासले काँचै वाली भित्राउन किसानहरु कस्सिएका हुन ।

लमही ६ देउपुरका विष्णु पौडेलले भन्नुभयो,“गतसाल धान भिज्यो,धानमा ठूलो नोक्सानी बेहोर्नु प¥यो,अहिले समयमै भित्राउँ भनेर हतारो गरेका छौ ।” दशैको मुखैमा परेको पानीले किसानलाई झन त्रास दिएको छ । अविरल पानीपछिको बाढी र डुवानले जोगिएकोृ धान समयमै स्यार्ने योजनामा रहेका किसानलाई काँचो वाली भित्राउदा हुने क्षेती भन्दा वर्षात्को चिन्ता देखिन्छ । पानी परिहाल्यो भने धान कामै नलाग्ने हुन्छ, हप्तादिन पछि काट्नुपर्ने धानलाई अघि काटेका छौ, गढवाका पुरन चौधरीले भन्नुभयो ।

कृषि विज्ञले भने धान काँचोमा काट्न हतारो नगर्न सुझाव दिने गरेका छन् । कृषि ज्ञानकेन्द्र दाङका प्रमुख घनश्याम चौधरीले दाङदेउखुरीमा धेरै प्रकारको धान लगाउने भएकाले पछि पाक्ने खालको धान वाहेक अन्य धान पाकिसकेको बताउनहुन्छ । उहाँ भन्नुहुन्छ, “काँचोमा धान काट्न हतारो गर्नु त हुँदैन, वर्षा ढिलो गरि भएकाले धानको वाला पाकेको डाँठ हरियो देखिएको हुनसक्छ ।” उहाँले काट्दा वित्तिकै धानको दाना निकाल्नु परे पछिपनि राम्रोसंग धान सुकाउन किसानलाई सुझाव दिनुहुन्छ ।

छिटो छरितो रुपमा धान भित्राउनको लागि किसानहरु धान दाउनको लागि मेसिनको प्रयोग गर्न थालेका छन् । विहानैदेखि किसानहरु थ्रेसरको पछि लागेर चालकलाई आफ्नो धान दाउन आग्रह गर्ने गरेका छन् । धान जम्मा गरेर त्रिपालले ढाकेपछिको किसानहरु थ्रेसर(धान दाउने मेसीन) खोज्ने तीर लाग्छन । गाउँमा सिमिति मात्रामा थ्रेसर हुने र धेरैको धान एकैपटक दाउनुपर्ने भएकोले थ्रेसर धनिलाई पनि भ्याई नभ्याई छ ।

लमही नगरपालिका वडा नं ६ लङगडीका थ्रेसर धनि प्रितम चौधरीले तीनचार गाउँबाट थ्रेसरको माग भएपनि सबै ठाउँमा पुग्न नसकेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“ अघिपछि काम नपाएर मेसिन ढाकेरै राख्नुपर्छ, यो कामको समयमा विहानैवाट किसानहरु घरमै आएर पालो लगाउनुहुन्छ,थ्रेसर सिमित हुँदा समस्या भएको छ ।“

जडीबुटी खन्ने क्रममा दुईको मृत्यु

0

कात्तिक ३ ,२०७९ : वनमा जडीबुटी खन्नेक्रममा दुुई जनाको मृत्युु भएको छ । सिमकोट गाउँपालिका –१ को चुँवा खोला क्षेत्रमा जडीबुटी सङ्कलन गर्नेक्रममा उहाँहरुको मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जडीबुटी सङ्कलन गर्ने क्रममा दुुई जनाको मृत्युु भएको बताउनुुभयो । मृत्युु हुनेमध्ये फुन्जोक लामाको वनमा लडेर मृत्युु भएको हो । अर्का सिमकोट गाउँपालिका –८ का खोल्सी गाउँका सख्खर शाही चिसोले कठ्याङ्ग्रिएर मृत्युु भएको बताउनुुभयो ।

सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकायाले दुुबै जनाको मृत्युु वर्षाका कारण भएको बताउनुुभयो । जडीबुटी खनिरहेको जमिन पानीले गलेर माथिबाट ढुुङ्गा खस्दा लामालाई लागेर उहाँको मृत्युु भएको हो । वर्षासँगै चिसो बढेको कारण शाहीको कठ्याङ्ग्रिएर मृत्युु भएको उहाँले बताउनुुभयो ।

मृतक दुवैको प्रहरीले घटनास्थलमै मुचुल्का तयार गरेको जनाएको छ । मृतकको लाश बोकेर घरसम्म ल्याउने कार्य स्थानीयले गर्नुभएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा जडीबुटी सङ्कलन गर्ने सङ्कलकलाई गाउँपालिकाले चिसो बढेपछि पाल सहयोग गर्ने जनाएको छ । हाल सो वनमा एक हजारभन्दा बढी मानिस जडीबुटी सङ्कलन गरिरहेको स्थानीयको भनाइ छ ।

केपी ओलीजस्ता मुर्ख नेताका कारण देशमा समस्या : सुदर्शन बराल

0

कात्र्तिक २,२०७९ गुल्मी :गुल्मी क्षेत्र नम्वर एकको प्रदेश सभा एकका उम्मेदवार तथा लुम्विनी प्रदेशका पूर्व सामाजिक बिकास मन्त्री सुदर्शन बरालले मुर्ख नेता भएका कारण देशमा संकट उत्पन्न भएको बताएका छन् ।

 

कालीगण्डकी गाउँपालिकको वडा नम्वर ७ छापचौरमा भएको एक कार्यक्रममा बोल्दै केपी ओलीप्रति लक्षित गर्दै कोभिडको समयमा जनताको स्वास्थ्यप्रति गम्भीर नभई भ्रष्ट्राचारमा लिप्त भएको बताएका छन् ।

स्वास्थ्य सामग्री खरिदमा समेत चलखेल गरेको आरोप लगाउँदै उनले यसैबाट पनि स्वास्थ्य प्रति गम्भीर नभएको पुष्टि भएको उनको दाबी छ ।
पशुपतिमा सुनको जलहरी लगाउने कार्यमा समेत आर्थिक चलखेल भएको उनो भनाई छ

यस क्षेत्रबाट गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र एमालेको तर्फबाट नेकपा एमालेका प्रदीपकुमार ज्ञवालीबीच प्रतिस्पर्धा हुँदै छ । प्रदेश सभामा गठन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सुदर्शन बराल र एमालेको तर्फबाट चिन्तामणी पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ ।

रामपुर नगरपालिकामा छैन नागरिक वडापत्र

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), २ कात्तिक :सेवा प्रदायक निकायले प्रदान गर्ने सेवाका सम्बन्धमा सेवाग्राहीलाई दिने सूचना नागरिक वडापत्र हो । पारदर्शिता प्रवद्र्धन र सुशासन कायम राख्नका लागि नागरिक वडापत्र महत्वपूर्ण औजार मानिन्छ । तर पाल्पाको रामपुर नगरपालिका कार्यालयमा भने नागरिक वडापत्र देखिदैन ।

सेवा प्रदायक निकायले आफ्नो कार्यालयबाट प्रदान गर्ने सेवाको बारेमा जानकारी गराउने विवरण वा सूचना पार्टीका रुपमा लिइने नागरिक वडापत्र हरेक कार्यालयमा राख्नुपर्ने भएपनि यहाँको नगरपालिका कार्यालयमा कतै राखिएको पाइदैन ।
नागरिकले कार्यालयमा गएर के के सेवा लिने भन्ने जानकारीका लागि कार्यालय बाहिर राखिने जानकारीमुलक सूचना भएपनि रामपुर नगरपालिकाको कार्यालय परिषरमा कतैपनि नदेखिएको स्थानीयवासी भोजराज भट्टराई बताउनुहुन्छ ।

“वडापत्र नहुदा नगरपालिका कार्यालयमा सेवा लिन आउने नगारिक सूचना पाउनबाट वञ्चित हुन परेको छ” उहाँले भन्नुभयो–“जाने बुझेका नागरिकले त कर्मचारीसंग सोधपुछ गरेर सूचना लिन्छन् अर्थात् वेवसाइटमार्फत सुचना हेर्लान् तर सामान्य नागरिक अन्धोजस्तै हुनु परेको छ, वडापत्र अनिवार्य रुपमा राखिनुपर्ने भएपनि यहाँको नगरपालिकाले यसको व्यवस्था गरेको छैन” ।

नागरिक वडापत्र सम्बन्धी सुशासन (व्यवस्थापन र सञ्चालन ऐन २०६४) ऐनमा भएको व्यवस्था अनुसार नेपालमा प्रत्येक सेवा प्रदायक कार्यालयले कार्यालय परिसरमा सबैले देख्न सकिने ठाउँमा नागरिक वडापत्र राख्नुपर्दछ । नागरिक वडापत्र जोकोहीले स्पष्ट देखिने गरी कार्यालयमा राखिनुपर्ने भएपनि रामपुर नगरपालिकाले सो व्यवस्थाको पालना नगरेको सीताराम माविका शिक्षक मनिराज अधिकारीले बताउनुभयो ।

सूचना पाउने नागरिकको नैसर्गीक अधिकार हो । नागरिकले सुचना छिटो पाउनुपर्दछ र कार्यालयमा प्रष्टसंग देखिने गरी राख्नुपर्छ । नगरपालिकाले सबै नागरिकले देखिने गरी राखेको खण्डमा नागरिक सूचना पाउनबाट वञ्चित हुनु नपर्ने बताउनुहुन्छ, कालिका माविका शिक्षक ज्ञानबहादुर दर्जी ।

कार्यालयले सेवा दिने विषयलाई स्पष्टसंग सेवाग्राहीलाई अग्रिम जानकारी गराउने सूचना पार्टीलाई पार्टी नागरिक वडापत्र भनिन्छ । यो सेवाग्राहीको प्रतिबद्धता पत्र पनि हो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले डिजिटल बनाउने प्रक्रियामा रहेको र अब छिट्टै नै डिस्प्ले सहितको नागरिक वडापत्र बन्ने बताउनुभयो ।
“म पनि यस कार्यालयमा हालसालै मात्रै सरुवा भएर आएको हो, पूरानो भवनमा (हाल रामपुर ५ को वडा कार्यालय रहेको) नागरिक वडापत्र थियो भन्ने जानकारी पाएको छु, प्रक्रियामा रहेकाले हामी जतिसक्दो चाडोँ राख्ने तयारीमा छौँ” उहाँले भन्नुभयो ।
नयाँ प्रशासकिय भवन सञ्चालन भएको सात महिना भइसक्दा पनि नागरिक वडापत्र नराखिनु नगरपालिकाको ढिलासुस्ती भएको नागरिकले बताएका छन् । नागरिक वडापत्र भनेको सेवा प्रदायक सार्वजनिक निकायहरुले आफूले प्रवाह गर्ने सेवा र सेवा प्राप्ति प्रक्रियाको सम्बन्धमा नागरिकप्रति गरेको लिखित प्रतिबद्धता हो ।

सम्वन्धित कार्यालयले दिने सेवा र त्यसको प्रकृति, सेवाग्राहीले सेवा प्राप्त गर्न पुरा गर्नुपर्ने कार्यविधि, सेवा प्रदान गर्न लाग्ने समयावधि, सेवा प्रदान गर्ने पदाधिकारी र निजको कार्यकक्षको विवरण, सेवा प्राप्त गर्न कुनै दस्तुर तथा अन्य रकम समेत लाग्ने भए सोको विवरण, सेवा प्राप्त गर्न सेवाग्राहीले पेस गर्नुपर्ने कागजात, सेवाग्राहीले सेवा सम्बन्धमा गरेका गुनासो सुन्ने अधिकारीको पद र नाम, सेवा प्रदायक निकायको तालुक कार्यालय र टेलिफोन नं., सेवा प्रवाहको प्राथमिकता, क्षतिपूर्ति प्राप्त हुने र नहुने सेवाहरु जस्ता जानकारीमुलक सूचना नागरिक वडापत्रमा पाइन्छ ।

प्रशासनलाई जनउत्तरदायी तथा नागरिकमैत्री बनाउने, कानूनको शासनलाई प्रत्याभूति गर्ने, सार्वजनिक निकायहरुमा पारदर्शिताको प्रवद्र्धन गर्ने, सरकारी काम कारवाहीमा अनियमितता, ढिलासुस्ती र भ्रष्टाचार हटाउने, सेवा वितरण प्रणालीमा सुधारको लागि पृष्ठपोषण प्राप्त गर्ने, दण्ड पुरस्कार प्रणालीको विकास गर्ने तथा समग्रमा भन्दा मुलुकमा सुशासन कायम गर्ने उद्देश्यले नागरिक वडापत्र राख्ने परम्पराको विकास भएको पाइन्छ ।

 

संबिधानको रक्षा र राजनीतिक स्थिरताका लागि गठबन्धन :चन्द्र भण्डारी

0

कार्तिक २,२०७९ गुल्मी : निर्वाचन क्षेत्र नम्वर एक प्रतिनिधि सभाका उम्मेदवार चन्द्र भण्डारीले संबिधानको रक्षा र राजनीतिक स्थिरताका लागि गठबन्धन भएको बताउनुभएको छ ।

कालीगण्डकी गाउँपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले संबिधानको रक्षा गर्न राजनीतिक स्थिरताका लागि गठबन्धन भएको दाबी गर्नुभएको छ ।
नेकपा एमालेका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक संबिधान माथि प्रहार गर्ने काम गरेकाले गठबन्धन आवश्यक भएको बताउनुभयो ।

गठबन्धनले मात्रै देशलाई निकास र बिकास दिन सक्ने भन्दै गठबन्धन बाहेका अन्य बिकल्प केही नरहेको बताउनुभयो । गठबन्धनले जनताको मर्म बुझन सक्ने , संबिधानको रक्षा र बिकास पनि गर्ने भएकाले गठबन्धनका नेताहरुलाई भोट दिएर जिताउन आग्रह गर्नुभयो ।

यस्तै निर्वाचन क्षेत्र नम्वर एक प्रदेश सभा १ का उम्मेदवार सुदर्शन बरालले केपीओली प्रवृत्तिका कारण गठबन्धन भएको बताउनुएको छ ।

उहाँले केपी ओली प्रवृत्ति अंहकारी स्वच्छचारी भएकाले गठबन्धन गर्नु बाहेकको बिकल्प नभएको बताउनुभएको हो । ओलीले देशमा भ्रष्ट्राचारीलाई संस्थागत गर्ने , गुटतन्त्र मौलाउदै लैजाने गरेकाले देशलाई निकास दिनका लागि गठबन्धन गरेको बताउनुभयो ।

यस क्षेत्रमा गठबन्धनबाट नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र एमालेका प्रदीपकुमार ज्ञवालीबीच प्रतिनिधि सभाका लागि प्रतिस्पर्धा हुँदै छ ।

प्रदेश सभा एकका लागि गठबन्धनबाट माओबादी केन्द्रका सुर्दशन बराल र एमालेका चिन्तामणी पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ ।

जनताको सेवक बनेर काम गर्छु : झाक्री

0

हुमाकान्त पोखरेल, गुल्मी
०१ कात्तिक :नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव एवम् गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार रामकुमारी झाँक्रीले जनताको सेवक बनेर काम गर्ने बताएकी छिन् ।                                                                                                                                                                                                                     मंगलबार धुर्कोट गाउँपालिकाको हाडहाडेमा गठबन्धनको तर्फबाट चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेकी झाँक्रीले आगामी पाँच बर्ष नागरिकको सेवकको रुपमा काम गर्न चाहेको बताइन् । त्यसका साथै जिल्लामा सडक, टेलिफोन, इन्टरनेट लगायतको सुविधा अत्यन्तै कमजोर रहेकोले त्यसमा उल्लेख्य सुधार गर्ने समेत प्रतिवद्धता व्यक्त गरिन् ।                                                                                                                                                                                                                ‘एकपटक पानी परे बाटो बिग्रन्छ, टेलिफोन अवरुद्ध हुन्छ, इन्टरनेटको अवस्था त झनै कमजोर छ ।’ पूर्वमन्त्री झाँक्रीले भनिन्, ‘अहिलेसम्म हामीले जिताएका प्रतिनिधिले काम नगर्दा यस्तो समस्या भएको हो, हामी निर्वाचित भएलगत्तै यस्ता समस्या समाधान गर्न पहल गर्छौ ।’ सोही क्षेत्रका निर्वतमान सासंद गोकर्ण विष्टप्रति इंकित गर्दै नेतृ झाक्रीले विष्टले आश्वासन धेरै दिने तर त्यसअनुसारका काम नगरेर जनभावनामाथि खेलवाड गरेको आरोप लगाइन् ।

गुल्मी–२ का उम्मेदवार पाण्डेद्धारा चुनावी प्रतिवद्धता सार्वजनिक

0

हुमाकान्त पोखरेल
असोज ३१,२०७९ गुल्मीः गुल्मी क्षेत्र नम्बर–२ मा हाम्रो नेपाल पार्टीका उम्मेदवार रामलाल पाण्डेले आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् ।

 

आइतबार पत्रकार महासंघको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै पाण्डेले संसददेखि क्षेत्रगत एजेण्डाहरु सार्वजनिक गरेका हुन् ।

 

‘बा–आमालाई टेकाउने, भ्रष्टहरुलाई सेकाउने’ भन्ने नाराका साथ चुनाव चिन्ह ‘लौरो’ पाएका पाण्डेले नागरिकको भावनालाई केन्द्रमा राखेर निर्णय लिने र कार्यान्वयन गर्ने, प्रत्यक्ष निर्वाचित सरकार प्रमुख प्रणालिको व्यवस्था गर्ने, कृषि प्रणालीलाई यान्त्रिकिकरण गरी उत्पादनको लागत घटाउनुको साथै उत्पादनमा आधारित अनुदान दिने, भ्रष्टाचार अन्त्य गर्न स्वतन्त्र र निष्पक्ष नागरिक आयोगको व्यवस्था गर्ने लगायतका एजेण्डा समावेश गरेका छन् ।

 

क्षेत्रगत एजेण्डातर्फ क्षेत्र नम्बर २ मा बिजुली तथा मोबाईल नेटवर्क समस्या समाधान गर्न पहल गर्ने, नियमितरूपमा बिजुलीबाट बन्चित भएका समुदायहरुका लागी सोलार बत्तीको व्यवस्थापन गर्ने, जेष्ठ नागरिकहरुलाई घरदैलोमै मासिक रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने लगायत रहेका छन् ।

गुल्मी १ मा बिकासको मुल फुटाउने चन्द्रदर्शनले मात्रै हो :स्थानीय

0

असोज ३१,२०७९ गुल्मी : केही दिन अगाडि देखी गुल्मी निर्वाचन क्षेत्र नम्वर १ मा गठबन्धनका नेताहरु मतदाता भेटन ब्यस्त छन् ।

उनीहरु अहिले चन्द्रकोट गाउँपालिकाका वडाहरुमा मतदाता भेट्दा यस क्षेत्रमा बिकासको मुल फुटाउने नेताहरु चन्द्र भण्डारी र सुदर्शन बराल भएको बताएका छन् ।
मतदाताहरुले पहिलेको पाँच बर्षे कार्यकालमा संघीय सरकारबाट केही पनि योजना पर्न नसकेको भन्दै दुःख ब्यक्त गरेका छन् ।

 

यस क्षेत्रको सुदर्शन बराल प्रदेशको सामाजिक बिकासमन्त्री हुँदा प्रदेशबाट धेरै योजनाहरु आएको भन्दै अव प्रदेश र संघीय सरकारको समन्वयमा धेरै योजनाहरु ल्याउन उनीहरुले आग्रह गरेका छन् ।

प्रदेशबाट चोरकाटे शान्तीपुर सडक कालोपत्रे गर्न प्रयाप्त बजेट , यसक्षेत्रका पूल निर्माण , खानेपानी , स्वास्थ्यचौकी ,सिंचाई , खेलमैदान, आमा समूहका भवनहरु लगायतका क्षेत्रमा बजेटको ब्यबस्था भएको नेकपा माओबादी केन्द्र चन्द्रकोट गाउँपालिकाका अध्यक्ष टंक क्षेत्रीले बताए ।

निर्वाचन जितेपश्चात यस क्षेत्रको बिकासमा चन्द्र भण्डारी र सुदर्शन बरालले बिकासको मुल फुटाउन सक्ने भन्दै सोही मर्म अनुसार काम गर्न उनीहरुले आग्रह गरेका छन् ।
यता प्रदेश सभा १ का उम्मेदवार सुदर्शन बरालले पहिले प्रदेशले सके जतिका योजनाहरुमा गाउँमा ल्याए पनि केन्द्र सकारबाट आउन नसकेको बताए । उनले आगामी निर्वाचन पश्चात चन्द्र भण्डारी र आफूले समन्वय गरेर केन्द्र सरकारको बजेट पनि यस क्षेत्रमा ल्याउने बताए ।

यता प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १का उम्मेद्वार चन्द्र भण्डारीले चन्द्रकोटमा प्रदेश सरकारले गरेका कामको प्रशंसा ब्यक्त गरे ।
प्रदेशबाट सुदर्शन बरालले धेरै योजनाहरु ल्याउन सफल भएको भन्दै अव आफू र सुदर्शन दुबैको पहलले केन्द्रबाट धेरै योजना ल्याई बिकासको मूल फुटाउने र गुल्मीलाई नमूना जिल्ला बनाउने दाबी गरे ।


यस क्षेत्रमा प्रतिनिधि सभामा गठबन्धनका चन्द्र भण्डारी र एमालेबाट प्रदीपकुमार ज्ञवालीबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।
प्रदेश सभा १ मा गठबन्धनबाट सुदर्शन बराल र एमालेका चिन्तामणी पाण्डे चुनावी मैदानमा रहेका छन् ।

 

खोलाले बगाएर एक जना बेपत्ता

0

असोज ३०,२०७९ रुपन्देही ;बुटवलको तिनाउ खोलाले बगाएर एक जना बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिकाको ११ मजुवामा खोला तर्ने क्रममा स्थानीय ३५ वर्षीय डिल्लीराज अर्याल बेपत्ता भएका हुन्।

पुलभन्दा तलपट्टी रहेको ड्याम नजिकैबाट लुम्बिनी प्रादेशिक अस्पतालतर्फ आउँदै गर्दा उनलाई खोलाको भेलले बगाएको स्थानीय युवराज रानाले जानकारी दिए।

अर्यालले सधैँ सोही स्थानबाट खोला वारिपारि गर्ने गर्नुहुन्थ्यो। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार बुटवल ११ कै प्रहरीले बेपत्ता अर्यालको खोजी सुरु भएको छ।

अर्यालका बुढाबुढीले लुम्बिनी प्रादेशिक अस्पताल अगाडि फुटपाथमा व्यवसाय सञ्चालन गर्दैआएका थिए ।