केपी ओलीजस्ता मुर्ख नेताका कारण देशमा समस्या : सुदर्शन बराल

0
181

कात्र्तिक २,२०७९ गुल्मी :गुल्मी क्षेत्र नम्वर एकको प्रदेश सभा एकका उम्मेदवार तथा लुम्विनी प्रदेशका पूर्व सामाजिक बिकास मन्त्री सुदर्शन बरालले मुर्ख नेता भएका कारण देशमा संकट उत्पन्न भएको बताएका छन् ।

 

कालीगण्डकी गाउँपालिकको वडा नम्वर ७ छापचौरमा भएको एक कार्यक्रममा बोल्दै केपी ओलीप्रति लक्षित गर्दै कोभिडको समयमा जनताको स्वास्थ्यप्रति गम्भीर नभई भ्रष्ट्राचारमा लिप्त भएको बताएका छन् ।

स्वास्थ्य सामग्री खरिदमा समेत चलखेल गरेको आरोप लगाउँदै उनले यसैबाट पनि स्वास्थ्य प्रति गम्भीर नभएको पुष्टि भएको उनको दाबी छ ।
पशुपतिमा सुनको जलहरी लगाउने कार्यमा समेत आर्थिक चलखेल भएको उनो भनाई छ

यस क्षेत्रबाट गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र एमालेको तर्फबाट नेकपा एमालेका प्रदीपकुमार ज्ञवालीबीच प्रतिस्पर्धा हुँदै छ । प्रदेश सभामा गठन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सुदर्शन बराल र एमालेको तर्फबाट चिन्तामणी पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ ।

SHARE