
असोज ३०,२०७९ रुपन्देही ;बुटवलको तिनाउ खोलाले बगाएर एक जना बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिकाको ११ मजुवामा खोला तर्ने क्रममा स्थानीय ३५ वर्षीय डिल्लीराज अर्याल बेपत्ता भएका हुन्।


पुलभन्दा तलपट्टी रहेको ड्याम नजिकैबाट लुम्बिनी प्रादेशिक अस्पतालतर्फ आउँदै गर्दा उनलाई खोलाको भेलले बगाएको स्थानीय युवराज रानाले जानकारी दिए।
अर्यालले सधैँ सोही स्थानबाट खोला वारिपारि गर्ने गर्नुहुन्थ्यो। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार बुटवल ११ कै प्रहरीले बेपत्ता अर्यालको खोजी सुरु भएको छ।

अर्यालका बुढाबुढीले लुम्बिनी प्रादेशिक अस्पताल अगाडि फुटपाथमा व्यवसाय सञ्चालन गर्दैआएका थिए ।