
असोज ३१,२०७९ गुल्मी : केही दिन अगाडि देखी गुल्मी निर्वाचन क्षेत्र नम्वर १ मा गठबन्धनका नेताहरु मतदाता भेटन ब्यस्त छन् ।
उनीहरु अहिले चन्द्रकोट गाउँपालिकाका वडाहरुमा मतदाता भेट्दा यस क्षेत्रमा बिकासको मुल फुटाउने नेताहरु चन्द्र भण्डारी र सुदर्शन बराल भएको बताएका छन् ।
मतदाताहरुले पहिलेको पाँच बर्षे कार्यकालमा संघीय सरकारबाट केही पनि योजना पर्न नसकेको भन्दै दुःख ब्यक्त गरेका छन् ।

यस क्षेत्रको सुदर्शन बराल प्रदेशको सामाजिक बिकासमन्त्री हुँदा प्रदेशबाट धेरै योजनाहरु आएको भन्दै अव प्रदेश र संघीय सरकारको समन्वयमा धेरै योजनाहरु ल्याउन उनीहरुले आग्रह गरेका छन् ।
प्रदेशबाट चोरकाटे शान्तीपुर सडक कालोपत्रे गर्न प्रयाप्त बजेट , यसक्षेत्रका पूल निर्माण , खानेपानी , स्वास्थ्यचौकी ,सिंचाई , खेलमैदान, आमा समूहका भवनहरु लगायतका क्षेत्रमा बजेटको ब्यबस्था भएको नेकपा माओबादी केन्द्र चन्द्रकोट गाउँपालिकाका अध्यक्ष टंक क्षेत्रीले बताए ।
निर्वाचन जितेपश्चात यस क्षेत्रको बिकासमा चन्द्र भण्डारी र सुदर्शन बरालले बिकासको मुल फुटाउन सक्ने भन्दै सोही मर्म अनुसार काम गर्न उनीहरुले आग्रह गरेका छन् ।
यता प्रदेश सभा १ का उम्मेदवार सुदर्शन बरालले पहिले प्रदेशले सके जतिका योजनाहरुमा गाउँमा ल्याए पनि केन्द्र सकारबाट आउन नसकेको बताए । उनले आगामी निर्वाचन पश्चात चन्द्र भण्डारी र आफूले समन्वय गरेर केन्द्र सरकारको बजेट पनि यस क्षेत्रमा ल्याउने बताए ।
यता प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १का उम्मेद्वार चन्द्र भण्डारीले चन्द्रकोटमा प्रदेश सरकारले गरेका कामको प्रशंसा ब्यक्त गरे ।
प्रदेशबाट सुदर्शन बरालले धेरै योजनाहरु ल्याउन सफल भएको भन्दै अव आफू र सुदर्शन दुबैको पहलले केन्द्रबाट धेरै योजना ल्याई बिकासको मूल फुटाउने र गुल्मीलाई नमूना जिल्ला बनाउने दाबी गरे ।

यस क्षेत्रमा प्रतिनिधि सभामा गठबन्धनका चन्द्र भण्डारी र एमालेबाट प्रदीपकुमार ज्ञवालीबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।
प्रदेश सभा १ मा गठबन्धनबाट सुदर्शन बराल र एमालेका चिन्तामणी पाण्डे चुनावी मैदानमा रहेका छन् ।






