Thursday, June 4, 2026

आज सार्वजनिक बिदा

0

माघ ५,२०७९ : मधेश प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ।

 

बलिदानी दिवस र मधेश आन्दोलन स्मृति दिवसको रूपमा प्रदेश सरकारले बिदा दिएको हो।

 

मधेश आन्दोलनका क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा १६ वर्षीय रमेश महतोको ज्यान गएको थियो।

 

त्यसै दिनको स्मरणमा मधेशमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने गरिएको छ।

लुम्बिनीको सभामुखमा उपसभामुखमा निर्विरोध निर्वाचित

0

माघ ३,२०७९ : लुम्बिनी प्रदेश सभाको सभामुख र उपसभामुख निर्विरोध निर्वार्चित भएका छन् । सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँड निर्विरोध निर्वाचित भएका हुनुभएको हो ।

 

कांग्रेका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिकी निर्मलादेवी थारुले उपसभामुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएपछि सत्तारुढ दलबाट मनोनयन दर्ता गरेकाहरु नै सभामुख र उपसभामुख निर्वाचित भएका हुन् । मंगलबार दिउँसो बसेको प्रदेश सभाको बैठकमा ज्येष्ठ सदस्य डिल्लिराज भुसालले सभामुख र उपसभामुखमा एक÷एक जनाको उम्मेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । सत्तारूढ गठबन्धनसँग असन्तुष्टि हुँदै उपसभामुखमा मनोनयन दर्ता गरेको नागरिक उन्मुक्ति पार्टी पछि हटेको हो । आफ्नो उम्मेदवार निर्मलादेवी चौधरीलाई ‘व्याक’ गरेर सत्तारुढ दलकोतर्फबाट उपसभामुखमा उम्मेदवारी दिएकी राप्रपाकि मेनुका केसी खाँडलाइ मतदान गर्ने भएको हो ।

 

नगरिक उन्मुक्ति पार्टीका संसदिय दलका नेता धर्म चौधरीले आफुहरुका मागलाई शम्बोधन गर्ने आश्वासन पाएपछि उपसभामुखको उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा केही मागहरू थिए, ती मागहरू सम्बोधन गर्न दलहरूको बीचमा समझदारी बन्यो’ सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तिको एकल मनोनयन दर्ता भएको थियो ।उपसभामुखमा भने तीन जनाको मनोनयन परेको थियो । नागरिक उन्मुक्तिले उपसभामुखबाट व्याक हुने निर्णय गरेपछि राप्रपाकि मेनुका केसी खाँड र नेपाली कांग्रेसका विश्वप्रेम पाठकको मनोनयन छ । तर, नेपाली कांग्रेसबाट उपसभामुखमा मनोनयन दिएका पाठकको फिर्ता भएपछि सभामुख र उप सभामुख निर्विरोध निर्वार्चित हुनुभएको हो ।

 

मुख्यमन्त्रीले ५ गते विश्वासको मत लिने

यसैविच लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघ ५ गते विश्वासको मत लिनुहुने भएको छ । माघ ५ गते प्रदेश सभाको चौथो बैठक बस्नेछ । उक्त बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । मुख्यमन्त्री गिरीलाई एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३ र २ स्वतन्त्र सांसदसहित ५८ जनाको समर्थन छ । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ ।

 

अहिले सत्तापक्षको स्पष्ट बहुमत छ । प्रदेशसभामा कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ सदस्य छन् । मुख्यमन्त्री गिरीले विश्वासको मत लिएपछि मात्रै लुम्बिनी प्रदेशमा सरकार विस्तार गर्ने योजना बनाउनु भएको छ । अहिले दुई विना विभागीय मन्त्री तीनजनाको मन्त्रीमण्डल छ ।

मन्त्रीहरुको भागबन्डा टुंगो लाग्यो ,कुन पार्टीबाट को को बन्दैछन् मन्त्री ?

0

माघ ३,२०७९काठमाडौं ः सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डा टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबन्डाको टुंगो लगाएको हो।

सत्ता गठबन्धन दलभित्र कसले कुन मन्त्रालय चलाउने भन्नेबारे सहमति जुटेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने बताए। लामिछानेका अनुसार नयाँ मन्त्रीहरूलाई भोलि दिउँसोसम्म शपथ ग्रहण गराइनेछ।

नेकपा एमालेले आठ वटा मन्त्रालय पाउने सहमति भएको छ। एमालेबाट विष्णु पौडलले उपप्रधानमन्त्री एवं अर्थ मन्त्रलायको जिम्मेवारी पाइसकेका छन्। बाँकी तीन मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छैनन्। आजको सहमतिअनुसार एमालेले थप चार मन्त्री पाउनेछ। यस पार्टीले अर्थ, स्वास्थ्य, रक्षा, परराष्ट्र, भूमि सुधार, उद्योगलगायतका महत्वपूर्ण मन्त्रालय पाउने बताइएको छ।

माओवादीले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाउने भएको छ। यसअघि नै माओवादीबाट नारायणकाजी श्रेष्ठ उप्रपधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनिसकेका छन्।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उपप्रधानमन्त्री एवं गृह मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्। यस पार्टीले आफ्नो दाबीअनुसार नै शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ।

को–को बन्दै छन् मन्त्री 

एमालेले प्रत्यक्षमा दुईपटक चुनाव जितेकालाई एमालेले मन्त्री बनाउने भएको छ। एमालेबाट पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, झापाका एलपी साँवा, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारीमध्येबाट मन्त्री बनाउने तयारी छ।

त्यस्तै, दुई राज्यमन्त्रीमा रौतहटका किरण साह र पर्साका राजकुमार गुप्तामध्ये एकजना पठाइने छ । एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनिसकेका छन्। त्यस्तै, दामोदर भण्डारी, राजेन्द्र राई र ज्वालाकुमारी साह मन्त्री बनिसकेका छन्। उनीहरूको विभाग तोक्न बाँकी छ।

माओवादीमा सुदन किराँती, रेखा शर्मा, अमनलाल मोदीलगायत चर्चामा छन् । माओवादीबाट उपप्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालिसकेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाललाई शिक्षा र डिपी अर्याललाई श्रममन्त्री बनाउने तयारी छ। तर, श्रममा विराजभक्त श्रेष्ठले पनि दाबी गर्दै आएका छन्। एक राज्यमन्त्रीमा भने डाक्टर तोसिमा कार्की या सोविता गौतममध्येबाट बनाउने सोचमा अध्यक्ष लामिछाने छन्।

राप्रपाबाट उपप्रधानमन्त्रीसहित ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय पाएको छ । स्रोतका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्रीसहित नेतृत्व गर्नेछन्। प्रत्यक्ष निर्वाचितहरूलाई प्राथमिकता दिने तयारी छ। सहरी विकास मन्त्रीमा ध्रुवबहादुर प्रधान र राज्यमन्त्रीमा दीपकबहादुर सिंह पठाउने तयारी छ। खेलकुद मन्त्रालयमा धवलशमशेर राणा, दीपक बोहरा र विक्रम पाण्डेमध्येबाट बनाउने जनाइएको छ।

यस अघि नै जनमत पार्टीबाट अब्दुल खान मन्त्री बनिसकेका छन्।

जसपा सरकारमा नजाने

मन्त्रालय बाँडफाँटमा असहमति जनाउँदै जनता समाजवादी पार्टी जसपा सरकारमा सामेल नहुने भएको छ। सोमबार बालुवाटारमा सम्पन्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा बाँडफाँट सम्मानजनक नभएको भन्दै अध्यक्ष उपेन्द्र यादव बैठक नसकिँदै बीचबाटै उठेर हिँडेका थिए।

नरैनापुरमा पुनःस्थापना हुन लागेको इलाका प्रशासनको भवनको निरीक्षण

0

माघ ३,२०७९ बाँके : सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने भएको छ ।

नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको बिशेष पहलमा पुनःस्थापना हुन लागेको इलाका प्रशासन कार्यालयको भवनको मन्त्री कृष्ण केसी नमूना, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री लगायत सुरक्षा अधिकारीहरुको संयुक्त टोलीले सोमबार निरिक्षण गरेको छ ।

 

लुम्बिनी प्रदेशका मन्त्री नमूनाले दुर्गममा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रधानमन्त्री र गृहमन्त्री सकारात्मक भएकोले भाडामा लिएको भवनको मर्मात सम्पन्न भए पछि कार्यालय स्थापना हुने बताउदै स्थानीयवासीलाई जिल्ला सदरमुकाम नेपालगञ्ज आउनुपर्ने बाध्यताको अन्त्य हुने जिकिर गर्नु भयो ।

 

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले भन्नुभयो, इलाका प्रशासन कार्यालय नरैनापुर ४ मा संचालनका लागि ५ कोठे भवन भाडामा लिने भए पछि प्रमुख जिल्ला अधिकारी, बाँकेका प्रहरी उपरिक्षक सन्तोष सिंह राठोर लगायतको टोलीलाई बोलाएर भवनको निरिक्षण गराएको बताउनु भयो । उहाँले भन्नुभयो,संघीयताको मर्म र भावनाअनुरूप एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीति भए पनि गाउँपालिकामा रहने गरी इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापना नहुँदा जनताले सास्ती व्यहोर्नुपरेको बताउदै इलाका प्रशासन स्थापना भए पछि जनतालाई ठूलो राहात हुने जिकिर गर्नु भयो ।

बाँकेका प्रमुख जिल्ला अकिकारी सूर्यबहादुर खत्रीले नरैनापुरमा प्रशासन कार्यालय राख्नका लागि उपयुक्त भवन गाँउपालिकाले व्यवस्था गरेकोले माघ महिना भित्रै संचालनमा आउने बताउनु भयो । भवनको रंग रोगन गर्न घर धनीलाई निर्देशन दिएको बताउदै भवनको काम सम्पन्न भए लगत्तै कर्मचारीहरु सम्बन्धित ठाउँबाट नै सेवा प्रवाह गरिने बताउनु भएको थियो ।

केही दिन अघि नरैनापुर गाँउपालिकाको कार्यपालिका बैठकले इलाका प्रशासन पुनःस्थापना माग गर्ने निर्णय गरेको थियो उक्त निर्णयलाई प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई अध्यक्ष शाहले बुझाउनु भएको थियो ।

इलाका प्रशासन कार्यालय नरैनापुर अहिले नेपालगञ्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट सञ्चालन हुँदै आएको छ । नागरिकता, प्रशासनिकलगायत सेवा लिन स्थानीयवासी करिब ४५ किलोमिटरभन्दा बढी दूरी पार गरेर नेपालगञ्ज आउने गर्छन् ।

मन्त्री नमूना, अध्यक्ष शाह, प्रमुख जिल्ला अधिकारी सूर्य खत्री, प्रहरी उपरिक्षक राठौर, सशस्त्र प्रहरी उपरिक्षक, अनुसन्धान विभिगका बाँके प्रमुख, नरैनापुर २ का वडा अध्यक्ष मसूद अहमद शाह लगायतको टोलीले इलाका प्रशासनको भवनको निरिक्षण गरेको थियो ।

कालीगण्डकीको सभ्यता जोगाउन केलादीमा अन्र्तक्रिया

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), १ माघ : कालीगण्डकीको संरक्षण गराँै, धर्म संस्कृती र सभ्यता जोगाआँै, तटीय क्षेत्रको पुर्वाधार विकास र पर्यटन, प्रवद्र्धनमा सक्रिय बनाँै भन्ने नारा सहित धार्मिक पर्यटकीय क्षेत्र राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा अन्तर्कृया कार्यक्रम भएको छ ।

कालीगण्डकी तटीय क्षेत्र धार्मिक साँस्कृतिक पर्यटन पुर्वाधार विकास तथा प्रवद्र्धन तदर्थ समिति स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुरको आयोजनामा कार्यक्रम भएको हो । स्याङ्जाका संयोजक कृष्ण बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रम पाल्पा संयोजक कृष्णप्रसाद श्रेष्ठको स्वागतबाट सुरु भएको हो ।

गण्डकी प्रदेशका पुर्व आर्थिक तथा योजना मन्त्री किरण गुरुङ रहनुभएको हो । डाइभर्सनको बिरुद्धमा लगातार बिरोधका कार्यक्रमहरु भइरहेका छन् तर डाइभर्सनको प्रक्रिया रोकिएको छैन, गएको आर्थिक वर्ष देखि नै यसको डिपिआरको चरण अगाडी बढेको जानकारी गराउनुहुदै पूर्व मन्त्री गुरुङले त्यसको लागि केन्द्रिय सरकारले वजेट विनियोजन समेत गरेको बताउनुभएको छ ।

कालीगण्डकी नदीलाई कुनै पनि हालतमा डाइभर्सन हुन नदिने पक्षमा आफू लागिरहेको बताउनुहुदै उहाँले प्रभावित क्षेत्रमा प्रत्येक घर नागरिकहरु यसको बिरुद्धमा जागरुक भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले कालीगण्डकी नदी डाईभर्सनको पक्षमा प्रभावित क्षेत्रमा कोही पनि नरहेको बताउनुहुदै कालीगण्डकी करिडोर र शालिग्राम करिडोरले यस नदीसंग जोडिएकाले कालीगण्डकीवेशीका क्षेत्रलाई समेटेर एउटा रिङ्रोड बनाइनुपर्ने बताउनुभएको छ ।

कालीगण्डकीलाई जोगाउन नदीमा जल यातायात संचालन गर्ने, राम्दीदेखि देवघाट क्षेत्रमा पर्ने प्रभावित क्षेत्रका ११ पालिकाको बृहत् छलफल गरेर योजनाबद्ध तरिकाले अगाडी बढ्नुपर्ने, लुम्बिनी प्रदेश सरकारबाट नदी डाईभर्सन हुन नदिन आफूले गर्न सक्ने काम गर्ने प्रदेश सभा सदस्य श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको छ ।

राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा अध्यक्ष लेखनाथ बस्ताकोटी, बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझा, घिरिङ गाउपालिकाका अध्यक्ष होमबहादुर थापा, लुम्बिनी प्रदेश सभाका निर्वतमान सदस्य युवराज खनाल, रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, बौदीकाली गाउँपालिका वडा नं २ का वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठ, तनहुँ संयोजक दयाराम श्रेष्ठ, विष्णुभक्त सिग्देल, समाजसेवी दुर्गादेवि राना, ज्ञानेश्वर बस्ताकोटी लगायतले कालीगण्डकीको अस्तित्व जोगाउनुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रमको संचालन कोमलचन्द्र तिवारीले गर्नुभएको हो । कार्यक्रमको अवसरमा पाल्पाको राम्दीमा नदी डाइभर्सन र नवलपुरको बुलिङ्टार गाउँपालिकाको खाल्डेमा करिव पाँच सय वाट क्षमताको विद्युत् निकाल्ने योजनाको बिरुद्ध प्रभावित क्षेत्रका स्थानीय तथा सरोकारवाला, राजनैतिक दल, सांसद, समाजसेवी, बुद्धिजीवीले त्यसको बिरोधमा ऐक्यबद्धता जनाउँदै सो योजना अगाडी बढ्न नदिनेमा जोड दिइएको छ ।

एकीकृत मगर उत्थान समाज रामपुर पाल्पाको छैठौ अधिवेशन

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), ३० पुस :एकीकृत मगर उत्थान समाज रामपुर पाल्पाको छैठौ अधिवेशन, सम्मान तथा मगरहरुको महान् चाड माघेसङ्क्रान्ती विशेष कार्यक्रम भएको छ । समाजका अध्यक्ष रामबहादुर हिस्किको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुदै लुम्बिनी प्रदेश सभा सदस्य विरबहादुर राना रहनु भएको हो।

मगर समुदायको राष्ट्र निर्माणमा ठुलो योगदान रहेको बताउनुहुदै प्रदेश सभा सदस्य रानाले मगरि संस्कार संस्कृतिबारे नयाँ ढंगबाट भावि सन्तति संग परामर्श गरि सिकाउनुपर्ने बताउनुभएको छ । समाज विकास र मुलुकको समृद्धिको लागि अनुभवी व्यक्तिले नेतृत्व गर्नुपर्ने र छरिएर रहेका समुदायलाई एकीकृत गरि आफ्नो भाषा, संस्कृतिमा जोड दिनुपर्ने उहाँले बताउनुभएको छ ।

उपाध्यक्ष दुर्गादेवी रानाले स्वागत गर्नु भएको कार्यक्रमको संचालन संस्थाका सचिव रामबहादुर रानाले गर्नुभएको हो । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले आधुनिक नेपाल बन्नु भन्दा अघि पाल्पा मगर राज्य रहेको स्मरण गराउदै मगरहरुको गौरवमय इतिहास रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय मगर संघ पाल्पाका सभापति झमनराज मगरले ५०% भन्दा बढि रहेको मगर समुदाय पछाडि परिरहेको हुदा सबै एकीकृत भएर लाग्नुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा रामपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख कपिलबहादुर खाण, नेपाली कांग्रेस पाल्पाका उपसभापति तथा नेपाल मगर संघ केन्द्रिय सदस्य ज्ञानबहादुर गाहा, नेपाल मगर संघका केन्द्रिय सदस्य क्याप्टेन धनबहादुर मास्कि राना, नेपाली कांग्रेस रामपुर नगर कार्य समिति सचिव चिरञ्जीवी सिग्देल, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णुप्रसाद रेग्मी, नेकपा माओवादि केन्द्रका रामपुर नगर कमिटी अध्यक्ष यमबहादुर सुनार, रामपुर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, रामपुर ७ का वडाध्यक्ष दोवराज तिवारी, रामपुर ९ का वडाध्यक्ष दिलबहादुर राना, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य श्यामकान्त खनाल, सम्मानित जनप्रतिनिधिको तर्फबाट रामपुर ५ का वडा सदस्य नरेन्द्रकुमार जर्घा, नेपाल मगर संघ रामपुरका अध्यक्ष थर्कबहादुर राना, संस्थाका सल्लाहकार सदस्यहरु लुकबहादुर बिरकट्टा, मन्जु राना लगायतले आफ्ना भनाइ राख्नुभएको छ । कार्यक्रमको अवसरमा मगरि संस्कृति झल्कने कौरा नृत्य तथा विभित्र सांस्कृतिक कार्यक्रम देखाएको छ ।

मगर समुदायबाट स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको छ । रामपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष रामबहादुर राना, वडा नं ९ का वडाध्यक्ष दिलबहादुर राना,वडा नं १० का वडाध्यक्ष तोयानाथ सारु, रामपुर ३ का वडा सदस्य गोपबहादुर राना, तुलबहादुर राना, रामपुर ८ का वडा सदस्य रामबहादुर राना,रामपुर २ का वडा सदस्य टकमाया राना, रामपुर ७ का वडा सदस्य मिनबहादुर सिंजालि,रामपुर ९ का वडा सदस्य तिलबहादुर गाहा, रामपुर ४ का वडा सदस्यहरु सिमादेवि राना, मोहन सिं राना, रामपुर ५ का वडा सदस्य नरेन्द्र कुमार जर्घा, लाई सम्मान गरिएको हो ।

२०६४ मा संस्था स्थापना भइ निरन्तर रूपमा अगाडि बढेको छ । सहभागीलाई संस्थाका क्याप्टेन देवबहादुर थापा मश्राङ्गिले धन्यवाद दिनुभएको कार्यक्रममा मगरि परिकार बटुक खाजाका रूपमा खुवाइएको छ ।

नयाँगाउँबाट दुई करोड बढीको सुन्तला निर्यात

0

पुस ३०,२०७९ गुल्मीः जिल्लाको धुर्कोट गाउँपालिका वडा नं १ नयाँगाउँबाट दुई करोड बढीको सुन्तला निर्यात भएको छ ।
जिल्लामा सुन्तला उत्पादन हुने प्रमुख गाउँमध्ये प्रख्यात स्थान नयाँगाउँबाट दुई करोड बढीको सुन्तला निर्यात हुने धुर्कोट गाउँपालिका कृषि शाखाकी नायव प्राबिधिक सहायक भावना महतले जानकारी दिईन् ।

महतका अनुसार नयाँगाउँमा मात्रै पाँचसय हेक्टर भन्दा बढी क्षेत्रफलमा सुन्तला खेती भएको भन्दै यहाँका स्थानीयहरुले सुन्तला खेती तर्फ मोह बढ्दै गएको बताइन् ।

सोही स्थानका ६३ वर्षीय मीनप्रसाद पोखरेलले आफनो बगैचामा भएका करिब तीन सय बोटका सुन्तला एक लाख ७० हजारमा ठेक्कै दिएको बताए । उनले सुन्तताले उचित मूल्य नपाएको भन्दै उचित बजारीकरणको ब्यबस्था भएमा आफू जस्ता किसानलाई राहत पुग्ने बताए । यस क्षेत्रमा सुन्तलाका लागि आवश्यक पर्ने सिंचाइको प्रबन्ध नहुँदा पनि समस्या आउने गरेको बताए ।

यस्तै ३७ वर्षीय मीना घिमिरेले पनि २० क्विन्टल सुन्तला ५५ देखि ६० रुपियाँ प्रति किलो बिक्री गरेको बताउँदै किसानले मेहनत गरेजस्तो फलको मूल्य भने पाउँन नसकेको गुनासो गरिन् । उनले ठेकेदारको हातमा मूल्य भएको भन्दै आफूहरुले उनीहरुकै मूल्यमा बेच्न बाध्य भएको बताइन् । सोही स्थानकी गोमादेबी पोखरेलले पनि ३२ क्विन्टल सुन्तला सोही मूल्यमा बिक्री गरेको बताउँदै सिंचाइको उचित प्रबन्ध भएमा थप टेवा पुग्ने बताएकी छिन् ।


किसानहरुले उचित मूल्य नपाएको गुनासो भइरहेका बेला करिब ३५ घरका सुन्तला खरिद गर्ने स्थानीय ब्यापारी ताराबहादुर जिशीले भने ८० लाख बराबरको सुन्तला खरिद गरी बिक्री गरेको बताएका छन् । उनले किसानले बढी मूल्य पाए हुन्थ्यो भन्ने र आफूहरुले किसानलाई च्यापेरै लिन आए हून्थ्यो भन्ने सोच रहने स्पस्ट पारे ।

जिशीले कहिलेकाँही बगैचानै ठेक्का लिदाँ घाटा समेत हुने गरेको बताउँदै दुई वर्ष अघि कोभिडको समयमा चार लाख बढी घाटा लागेको गुनासो गरेका छन् । गत वर्ष अघिल्लो घाटालाई पुर्ति गरेको भन्दै यस वर्षको पूर्ण नतिजा भने आउँन बाँकी नै रहेको बताए । उनले खरिद गरेको सुन्तला बुटवल,पोखरा लगायतका शहरहरुमा पठाउने गरेको बताएका छन् ।


यता प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,सुन्तला तथा फलफूल जोन गुल्मीकी प्रमुख गंगा पोखरेलले किसानलाई सुन्तलाको ग्रेडिङ गरेर बेच्न र गुणस्तरीय दाना उत्पादनका लागि प्रेरित गरेको बताइन् ।
किसानहरुलाई बजारीकरणको समस्या भएमा आफूहरुले ठूला शहरहरुमा बिक्रीका लागि समन्वय गर्ने भन्दै किसानलाई बजारीकरणको चिन्ता नलिन आग्रह गरिन् ।


जिल्लामा कुल ९९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । जिल्लामा यस वर्ष कुल छ हजार ८३९ मेट्रिक टन सुन्तला उत्पादन भएको भण्डारीको दाबी छ । गत वर्ष भन्दा यस वर्ष जिल्लामा झण्डै १७ प्रतिशत सुन्तला उत्पादनमा बृद्धि भएको उनको भनाई छ ।


जिल्लामा २९ करोड ३७ लाख बराबरको सुन्तला उत्पादन भएको अनुमान रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

 

बसाइँसराइँको प्रमाणपत्र लिदाँ पाँच हजार असुलेको कालीगण्डकी गाउँपालिकाले अव दुई सय लिने

0
कालीगण्डकी गाउँपालिकाको तस्विर : तिलाचन पाण्डे

पुस २९,२०७९ गुल्मीः कालीगण्डकी गाउँपालिकामा बसाइँसराइँ गरी जाँदा लिने प्रमाणपत्र वापतको राजस्व अधिक भएको गुनासो भइरहेका बेला गाउँपालिकाले राजस्व घटाएको छ ।

पहिले पाँच हजार रुपियाँ असुल गर्दै आएको गाउँपालिकाको १२ औ अधिवेशनले बबसाइँसराइँको प्रमाणपत्र लिदाँ दुई सय रुपियाँ लिने निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले जानकारी दिइन् । यस्तै बसाइँसराइँको प्रतिलिपी प्रमाणपत्र लिदाँ पाँच सय रुपियाँ लिने निर्णय पनि गरिएको उनले बताइन् ।

आफू निर्वाचित भएपश्चात बसाइँसराइँको प्रमाणपत्र वापतको दस्तुरलाई घटाउनुपर्छ भन्ने पहिलो अडानलाई कार्यन्वयन गर्न सफल भएको दर्लामीको भनाई छ । स्थानीय नागरिकहरुको गुनासो पनि बढी भएको भन्ने आएकाले पालिका भित्रको नागरिकहरुको गुनासोलाई सम्बोधन गर्नु स्थानीय सरकारको दायीत्व भएकाले जनताको सुख दुःखमा आफू सधै साथमा रहने दर्लामीले बताइन् ।
यस्तै पालिकाभित्र खानेपानीलाई पहिलो प्राथमिकता दिनका लागि ब्यक्तिको जग्गामा भएको खानेपानीको मुहानलाई ब्यक्तिले मात्रै दाबी नगरी सामाजिक रुपमा सबैले प्रयोग गर्न पाउने निर्णय पनि गरेको उपाध्यक्ष दर्लामीले बताएकी छिन् ।


२०७६ सालमा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा बसाइँसराइँ गरेको प्रमाण पत्र लिदा ६ हजार लिनेगरेको थियो । सो समयमा वडा नं ६ हरेवाका प्रितम थापाले बसाइँसराइँको प्रमाणपत्र लिदा ६ हजार तिरेको रसिद सञ्चार माध्यम र सामाजिक संजालमा फाइरल भएको थियो । पछि चन्द्रकोट गाउँपालिकाले ३५ दिनभित्र भए निशुल्क र पछि दुई सय रुपियाँ विलम्व शुल्क वापत लिने गरेको रुपाकोटकी वडा सचिव लक्ष्मी अर्यालले जानकारी दिइन् ।

बसाइसराई गरी आउनेलाई स्वागत

बसाइँसराइँ गरी जानेका लागि गुल्मीका स्थानीय तहहरुले ५० रुपियाँदेखी ६ हजार रुपैयाँ असुल्ने गरेता पनि बसाइँसराइँ गरी आउनेलाई निशुल्क रुपमा स्वागत गर्ने गरेको बताएका छन् । स्थानीय तहबाट बसाई सराईको दरलाई कम गरी आउनेलाई स्वागत गरिएको गाउँपालिकाहरुले जनाएका छन् ।

बसाइँसराइँ गरी जानेको परम्परालाई रोक्नका लागि स्थानीय तहमानै गुणस्तरीय शिक्षा , स्वरोजगारको ब्यबस्था , खानेपानीको उचित ब्यबस्था संगै सडकलाई स्तरउन्नती गर्ने र स्वास्थयको राम्रो ब्यबस्था गर्न सके बसाइँसराइँको दरलाई रोक्न सकिने धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

 

सहकारीको मालिक नै सेयर सदस्य हो : सांसद राना

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), २८ पुस : लुम्बिनी प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री बिरबहादुर रानाले सहकारीले वचत गर्ने र ऋण दिने मात्र होइन, सेयर सदस्य नै आफै मालिक रहेको बताउनुभयो । सुरक्षा वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको १० औ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनको विहिवार उद्घाटन गर्नुहुदै प्रदेश सभा सदस्य रानाले सहकारीले ग्रामीण भेगमा राम्रो प्रभाव पारेको बताउनुभएको छ ।

 

प्रत्येक नागरिकको घर आगनमा सहकारी पुगेको छ, सहकारीको माध्यमबाट नागरिकको आर्थिक स्तर उकास्न सकिने बताउनुभयो । उहाले सहकारी ईमान्दारीताको पहिचान रहेको बताउनुभएको छ । सेयर सदस्यलाई उद्यमी बनाएर आत्मनिर्भर बनाउनमा जोड दिनुपर्ने र सहकारीको मर्म र भावना अनुसार काम गर्न प्रदेश सभा सदस्य रानाले सुझाव दिनुभएको छ ।

 

कार्यक्रममा रामपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख कपिलबहादुर खाँणले सहकारी स्थापना देखि हालसम्म धेरै प्रगति गरेको बताउनुहुदै सहकारी संचालन, नियमन गर्ने अधिकार सरकारले स्थानीय तहलाई दिएको र नगरपालिकाले पनि ऐन नियम बनाएर पारित गरेको बताउनुभएको छ । नागरिक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष झमनराज मगरले संस्थामा सेयर सदस्य संख्या बढाएर बहुउद्देश्यीय सहकारीको रूपमा लैजानुपर्ने बताउनुभएको छ ।

 

रामपुर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, वडा नं ६ का वडाध्यक्ष दिवाकर देवकोटा, संस्थाका सल्लाहकार लेखनाथ रेग्मी, नगर गौशाला व्यवस्थापन समिति अध्यक्ष हुमनाथ न्यौपाने लगायतले बोल्दै कार्यक्रम सफलताको कामना गर्नुभएको छ ।

 

कार्यक्रमको अवसरमा विभिन्न विधामा सेयर सदस्यलाई सम्मान गरिएको छ । संस्थामा आबद्ध सेयर सदस्य गत वैशाख २९ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित रामपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष रामबहादुर राना, वडा सदस्यहरु मोहम्मद ताजिम शेख, मोहन सिं राना, कमला रुचाल, रामपुर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, वडा सदस्य नरेन्द्रकुमार जर्घालाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट बालवचतकर्ता रविन राना, कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक ल्याउने विशाल आले, ज्येष्ठ सदस्य दुर्गादेवि शाहि, असल नियमित वचतकर्ता निलकण्ठ भण्डारी र रेखाकुमारी कुमाललाई सम्मान गरिएको छ ।

 

मरणोपरान्त अभिनन्दन स्वर्गीय जितबहादुर मल्ललाई गरिएको छ । संस्थाका कार्यवाहक अध्यक्ष मन्जु भट्टको अध्यक्षतामा भएको कार्यक्रममा संचालक समिति सदस्य विष्णुप्रसाद गौतमको स्वागत र संचालन संस्थाका सचिव रामबहादुर रानाले गर्नुभएको हो ।

बसले ठक्कर दिँदा ७७ वर्षीय वृद्धा पुतलीको मृत्यु

0

पुस २८,२०७९पाल्पा : पाल्पामा बसले ठक्कर दिँदा बिहीवार एकजनाको मृत्यु भएको छ।

 

मृत्यु हुनेमा तानसेन नगरपालिका(१२ लुहुङकी ७७ वर्षीया पुतली विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

 

गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ८३६१ नम्बरको बसले दिउँसो साढे एक बजे उनलाई ठक्कर दिएको हो। बसबाट झरेर घरतिर जाने क्रममा सोही बसले पुतलीलाई ठक्कर दिएको थियो।

 

बसले ठक्कर दिएर घाइते भएकी उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाउँदा चिकित्सकले मृत घोषणा गरेका थापाले बताए।