आज सार्वजनिक बिदा

0
116

माघ ५,२०७९ : मधेश प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ।

 

बलिदानी दिवस र मधेश आन्दोलन स्मृति दिवसको रूपमा प्रदेश सरकारले बिदा दिएको हो।

 

मधेश आन्दोलनका क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा १६ वर्षीय रमेश महतोको ज्यान गएको थियो।

 

त्यसै दिनको स्मरणमा मधेशमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने गरिएको छ।

SHARE