सहकारीको मालिक नै सेयर सदस्य हो : सांसद राना

0
127

सुशीला रेग्मी
रामपुर (पाल्पा), २८ पुस : लुम्बिनी प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री बिरबहादुर रानाले सहकारीले वचत गर्ने र ऋण दिने मात्र होइन, सेयर सदस्य नै आफै मालिक रहेको बताउनुभयो । सुरक्षा वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको १० औ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनको विहिवार उद्घाटन गर्नुहुदै प्रदेश सभा सदस्य रानाले सहकारीले ग्रामीण भेगमा राम्रो प्रभाव पारेको बताउनुभएको छ ।

 

प्रत्येक नागरिकको घर आगनमा सहकारी पुगेको छ, सहकारीको माध्यमबाट नागरिकको आर्थिक स्तर उकास्न सकिने बताउनुभयो । उहाले सहकारी ईमान्दारीताको पहिचान रहेको बताउनुभएको छ । सेयर सदस्यलाई उद्यमी बनाएर आत्मनिर्भर बनाउनमा जोड दिनुपर्ने र सहकारीको मर्म र भावना अनुसार काम गर्न प्रदेश सभा सदस्य रानाले सुझाव दिनुभएको छ ।

 

कार्यक्रममा रामपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख कपिलबहादुर खाँणले सहकारी स्थापना देखि हालसम्म धेरै प्रगति गरेको बताउनुहुदै सहकारी संचालन, नियमन गर्ने अधिकार सरकारले स्थानीय तहलाई दिएको र नगरपालिकाले पनि ऐन नियम बनाएर पारित गरेको बताउनुभएको छ । नागरिक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष झमनराज मगरले संस्थामा सेयर सदस्य संख्या बढाएर बहुउद्देश्यीय सहकारीको रूपमा लैजानुपर्ने बताउनुभएको छ ।

 

रामपुर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, वडा नं ६ का वडाध्यक्ष दिवाकर देवकोटा, संस्थाका सल्लाहकार लेखनाथ रेग्मी, नगर गौशाला व्यवस्थापन समिति अध्यक्ष हुमनाथ न्यौपाने लगायतले बोल्दै कार्यक्रम सफलताको कामना गर्नुभएको छ ।

 

कार्यक्रमको अवसरमा विभिन्न विधामा सेयर सदस्यलाई सम्मान गरिएको छ । संस्थामा आबद्ध सेयर सदस्य गत वैशाख २९ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित रामपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष रामबहादुर राना, वडा सदस्यहरु मोहम्मद ताजिम शेख, मोहन सिं राना, कमला रुचाल, रामपुर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, वडा सदस्य नरेन्द्रकुमार जर्घालाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट बालवचतकर्ता रविन राना, कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक ल्याउने विशाल आले, ज्येष्ठ सदस्य दुर्गादेवि शाहि, असल नियमित वचतकर्ता निलकण्ठ भण्डारी र रेखाकुमारी कुमाललाई सम्मान गरिएको छ ।

 

मरणोपरान्त अभिनन्दन स्वर्गीय जितबहादुर मल्ललाई गरिएको छ । संस्थाका कार्यवाहक अध्यक्ष मन्जु भट्टको अध्यक्षतामा भएको कार्यक्रममा संचालक समिति सदस्य विष्णुप्रसाद गौतमको स्वागत र संचालन संस्थाका सचिव रामबहादुर रानाले गर्नुभएको हो ।

SHARE