कालीगण्डकीको सभ्यता जोगाउन केलादीमा अन्र्तक्रिया

0
182

सुशीला रेग्मी
रामपुर (पाल्पा), १ माघ : कालीगण्डकीको संरक्षण गराँै, धर्म संस्कृती र सभ्यता जोगाआँै, तटीय क्षेत्रको पुर्वाधार विकास र पर्यटन, प्रवद्र्धनमा सक्रिय बनाँै भन्ने नारा सहित धार्मिक पर्यटकीय क्षेत्र राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा अन्तर्कृया कार्यक्रम भएको छ ।

कालीगण्डकी तटीय क्षेत्र धार्मिक साँस्कृतिक पर्यटन पुर्वाधार विकास तथा प्रवद्र्धन तदर्थ समिति स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुरको आयोजनामा कार्यक्रम भएको हो । स्याङ्जाका संयोजक कृष्ण बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रम पाल्पा संयोजक कृष्णप्रसाद श्रेष्ठको स्वागतबाट सुरु भएको हो ।

गण्डकी प्रदेशका पुर्व आर्थिक तथा योजना मन्त्री किरण गुरुङ रहनुभएको हो । डाइभर्सनको बिरुद्धमा लगातार बिरोधका कार्यक्रमहरु भइरहेका छन् तर डाइभर्सनको प्रक्रिया रोकिएको छैन, गएको आर्थिक वर्ष देखि नै यसको डिपिआरको चरण अगाडी बढेको जानकारी गराउनुहुदै पूर्व मन्त्री गुरुङले त्यसको लागि केन्द्रिय सरकारले वजेट विनियोजन समेत गरेको बताउनुभएको छ ।

कालीगण्डकी नदीलाई कुनै पनि हालतमा डाइभर्सन हुन नदिने पक्षमा आफू लागिरहेको बताउनुहुदै उहाँले प्रभावित क्षेत्रमा प्रत्येक घर नागरिकहरु यसको बिरुद्धमा जागरुक भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले कालीगण्डकी नदी डाईभर्सनको पक्षमा प्रभावित क्षेत्रमा कोही पनि नरहेको बताउनुहुदै कालीगण्डकी करिडोर र शालिग्राम करिडोरले यस नदीसंग जोडिएकाले कालीगण्डकीवेशीका क्षेत्रलाई समेटेर एउटा रिङ्रोड बनाइनुपर्ने बताउनुभएको छ ।

कालीगण्डकीलाई जोगाउन नदीमा जल यातायात संचालन गर्ने, राम्दीदेखि देवघाट क्षेत्रमा पर्ने प्रभावित क्षेत्रका ११ पालिकाको बृहत् छलफल गरेर योजनाबद्ध तरिकाले अगाडी बढ्नुपर्ने, लुम्बिनी प्रदेश सरकारबाट नदी डाईभर्सन हुन नदिन आफूले गर्न सक्ने काम गर्ने प्रदेश सभा सदस्य श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको छ ।

राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा अध्यक्ष लेखनाथ बस्ताकोटी, बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझा, घिरिङ गाउपालिकाका अध्यक्ष होमबहादुर थापा, लुम्बिनी प्रदेश सभाका निर्वतमान सदस्य युवराज खनाल, रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, बौदीकाली गाउँपालिका वडा नं २ का वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठ, तनहुँ संयोजक दयाराम श्रेष्ठ, विष्णुभक्त सिग्देल, समाजसेवी दुर्गादेवि राना, ज्ञानेश्वर बस्ताकोटी लगायतले कालीगण्डकीको अस्तित्व जोगाउनुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रमको संचालन कोमलचन्द्र तिवारीले गर्नुभएको हो । कार्यक्रमको अवसरमा पाल्पाको राम्दीमा नदी डाइभर्सन र नवलपुरको बुलिङ्टार गाउँपालिकाको खाल्डेमा करिव पाँच सय वाट क्षमताको विद्युत् निकाल्ने योजनाको बिरुद्ध प्रभावित क्षेत्रका स्थानीय तथा सरोकारवाला, राजनैतिक दल, सांसद, समाजसेवी, बुद्धिजीवीले त्यसको बिरोधमा ऐक्यबद्धता जनाउँदै सो योजना अगाडी बढ्न नदिनेमा जोड दिइएको छ ।

SHARE