Wednesday, June 3, 2026

लुम्बिनी सहित चार प्रदेशमा हुनेछ आज वर्षा

0
फाइल फोटो

माघ ९,०७९काठमाडौं : जल तथा मौसम विज्ञान विभागले सोमबार साँझदेखि देशको सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने जनाएको छ। यसका कारण लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा वर्षा तथा हिमपात हुने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।

बिहान र दिउँसो मौसम सामान्यतया सफा रहे पनि साँझबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा शुरु हुने श्रेष्ठले जानकारी दिए।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हिमपात हुनेछ । पश्चिमी न्युनचापिय प्रणाली विस्तारै पूर्वतर्फ सर्ने भए पनि बागमती, मधेश र प्रदेश १ मा पानी पर्ने सम्भवना कम रहेको विभागले जनाएको छ।

सोमबार बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम४ दशमलब ३ डिग्री सेल्सियस मापन भएको छ ।

रामपुर नगरपालिकाको सार्वजनिक सुनुवाई

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), ९ माघ :रामपुर नगरपालिका पाल्पाको सार्वजनिक सुनुवाई तथा प्रगती समिक्षा कार्यक्रम भएको छ ।

सीताकुण्ड मिडिया प्रालीको सहजिकरणमा नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा कार्यक्रम भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय लेखनाथ न्यौपानेले यस आर्थिक वर्षको साउन देखि हालसम्म भएका प्रगति विवरण सार्वजनिक सुनुवाईमा जानकारी गराउनुभएको छ ।

प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले संघीय सरकारमार्फत अनुमानित ४९ करोड ८१ लाख रकम रहेकोमा हालसम्म २२ करोड ४६ लाख ७३ हजार ६३२ रुपैयाँ प्राप्त भएको, प्रदेश सरकारमार्फत अनुमानित चार करोड ६४ लाख ४६ हजार रहेकोमा एक करोड १६ लाख ११ हजार पाँच सय रुपैयाँ, राजश्व बाँडफाँटबाट अनुमानित १२ करोड दुई लाख ४९ हजार रहेकोमा दुई करोड ५१ लाख ३२ हजार २९२ रुपैयाँ र आन्तरिक स्रोतबाट अनुमानित १६ करोड ९१ लख रहेकोमा एक करोड ५१ लख ३२ हजार २९२ रुपैयाँ गरी जम्मा आयतर्फ ८६ करोड ३८ लाख ९५ हजार रकम रहेकोमा २७ करोड ४७ लाख ९५ हजार रहेको जानकारी दिनुभएको छ ।

यस आर्थिक वर्षमा नगरभित्र ५५४ वटा योजना रहेको बताउनुहुदै अहिलेसम्म दशवटै वडामा गरी जम्मा ६२ वटा योजना सम्झौता भएको र बाँकी योजना सम्झौता गर्ने क्रममा रहेको प्रमुख प्रशासकिय न्यौपानेले बताउनुभयो ।

नगरपालिकाको सेवा प्रवाह सम्बन्धि नागरिकको गुनासो तयार पारिएको प्रतीवेदन सीताकुण्ड मिडिया प्रालीका संचालक ईमान सिं रानाले प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका सल्लाहकार देवराज ढकाल, नेपाली कांग्रेस रामपुर नगर सचिव चिरञ्जीवी सिग्देल, नेकपा एमाले नगर कमिटी अध्यक्ष विष्णुप्रसाद रेग्मी, नेपाल कम्युनिस्ट पार्टि समाजवादी रामपुर नगर अध्यक्ष फणेश्वर गौतमले रामपुर नगरपालिकाले दिने सेवा प्रवाहलाई छिटो छरितो दिनुपर्ने र नगरको विकासमा सबैको चासो र चिन्ता रहेको हुदा एक भएर काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा राजेन्द्र ढकाल, शंकरप्रसाद अर्याल, सुशील पंगेनी, शंकरप्रसाद श्रेष्ठ, गंगा अधिकारी, सीता सिग्देल, भविनारायण मरासिनी, गोविन्दप्रसाद भट्टराई, अर्जुनप्रसाद श्रेष्ठ लगायतले नगरपालिकाका सेवा सम्बन्धी विभिन्न सुझाव दिनुभएको छ । सहभागीले उठाएका जिज्ञासालाई सम्बन्धित शाखाका प्रमुखले जानकारी गराउनुभएको छ ।

कार्यक्रममा सहभागी नागरिकले नगरपालिका भित्रको फोहोर व्यवस्थापनको अवस्था, अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन्, शित भण्डारको व्यवस्थापन, घर सम्पन्न प्रमाण पत्रको काम, शिक्षण क्षेत्रका सुधार, रामपुर भित्र संचालित मेडिकलको सेवा प्रवाह, बेझाड बजार क्षेत्रको नाली व्यवस्थापन तथा मर्मत, उपभोक्ता समितिमार्फत संचालन हुने विभिन्न योजना संचालनका समस्या र चुनौती, नगरपालिका भित्र हुने गरेका गतिबिधिलाई नगरको वेवसाइटबाट नागरिकलाई सुचना लिने वातावरण गराउनुपर्ने लगायतका सुझावहरु राखेका छन् । नगर उपप्रमुख बालकुमारी थापाको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सीताकुण्ड मिडिया प्रालीका अध्यक्ष दुर्गेश मल्लले गर्नुभएको हो ।

 

 

जिप दुर्घटनामा मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी

0

माघ ८,०७९ : आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा जिप दुर्घटनामा परी मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी रहेको खुलेको छ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। रविन खड्काका अनुसार मृत्यु भएकाहरूमा दैलेख डुङ्गेश्वर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरिक्षक (छैटौँ) दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक .(छैटौँ) बबिन शाही र दैलेख गुराँस गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौँ) राजेन्द्र बि।सी र फार्मेसी सञ्चालक वीरेन्द्रनगर ७ का २७ वर्षीय सागर शाही छन्।

पाँचजना सवार बागमती प्रदेश ०१०(२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स जिप गएराति साढे २ बजे वीरेन्द्रनगर–११ झुप्रोखोलास्थित रत्न राजमार्गमा दुर्घटनामा परेको हो।

रुरुक्षेत्र गाउँपालिकाका १५५ जनालाई निस्सा वितरण , जग्गा नापजाँचको कार्य छिट्टै सुरु हुने

0

माघ ८ ,२०७९ गल्मी : राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले रुरुक्षेत्र गाउँपालिकाका १५५ जनालाई निस्सा वितरण गरेको छ ।

आयोगले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अब्यबस्थित बसोबासी गरेका १५५ जनालाई तीनपुस्ते विवरण भिडाई निस्सा वितरण गरिएको जिल्ला समिति गुल्मीका अध्यक्ष राममल्ल ठकुरीले जानकारी दिए ।

अव उहाँहरुको नापी नक्साको कार्य अबिलम्व सुरु गर्ने गरी आफूहरुले तयारी गरेको ठकुरीले बताए ।
१८५ जना मध्ये २९ जनाको तीन पुस्ते विवरण नभिडेकाले उनीहरुको तीन पुस्ते विवरण भिडाउनका लागि आयोगले स्थानीय तहसंग समन्वय गरी रहेको समेत ठकुरीले बताए ।

रुरुक्षेत्रमा १० जना भूमिहिन दलित, १६ जना भूमिहिन सुकुम्वासी र १४७ जना अब्यवस्थित बसोबासीहरुको विवरण संकलन भएको आयोगले जनाएको छ ।

 

निस्सा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले भूमिहिनलाई जग्गाको मालिक बनाउनका लागि गाउँपालिकाले गर्नुपर्ने कुनै कार्यलाई बाँकी नराख्ने भन्दै आयोगसंगै सहकार्य गरेर जान आफू हरपल तयार रहेको बताए ।

जतिसक्दो छिटो लालपुर्जा वितरण गर्न आयोगलाई आग्रह गर्दै ज्ञवालीले स्थानीय तह आयोगको साथमा रहेको बताए ।
जिल्लाका १२ स्थानीय तहमा २८५ जना भूमिहिन दलित,२३६ जना भूमिहिन सुकुम्वासी रएक हजार ६२६ जना गरी कूल दुई हजार १४७ जनाको तथ्यांक रहेको ठकुरीले बताए ।

यस्तै जिल्लामा विगतका आयोगले ७७२ जनालाई वितरण गरेका लालपुर्जाका काम अधुरा रहेको जिल्ला समिति गुल्मीले जनाएको छ । ७७२ जनाको हातमा लालपुर्जा भएपनि उहाँहरुको नापी नक्सा नभएको , तिरो नचलेको र सो लालपुर्जामा भएको जग्गाको कुनै सहकारी ,बैंकमा धितोको रुपमा पनि नचल्ने भएकाले अधुरा अपुरा कार्यहरु पूरा गर्नका लागि आफूहरु लागेको अध्यक्ष ठकुरीले बताए ।

अधुरा अपुरा कार्यहरुको दुई पटकसम्म ३५ दिने सूचना जारी गर्दा २३५ जनाले निवेदन दिएको भन्दै उहाँहरुको ७ दिने दाबी बिरोधको सूचनामा १२ जनाको दाबी परेको जिल्ला समिति गुल्मीले जनाएको छ ।

तेस्रो पटकको ३५ दिने सूचना पुस ३० गतेदेखी खुलेकाले अधुरा अपुरा कार्यहरुको निवेदन जिल्ला समिति गुल्मीमा दिन सक्ने आयोगले जनाएको छ ।

 

सहमतिमा एमालेबाटै राष्ट्रपतिः गुरुङ

0

दिवाकर पोख्रेल
देउखुरी, माघ ८ गते । पूर्व सूचना तथा सञ्चार मन्त्री पार्वत गूरुङले सहमतिकै आधारमा नेकपा एमालेबाट राष्ट्रपति बन्ने बताउनु भएको छ ।

प्रेस चौतारी नेपालले आइतबार दाङको लमहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व सञ्चार मन्त्री गूरुङले एमाले बाहिरबाट राष्ट्रपति बन्ने भन्ने भ्रम त्याग्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रिपतिको गरिमा बढ्दा सबैलाई राष्ट्रपतिको आङक्षा बढ्नु स्वभाविकै होला तर सक्ता गठबन्धन भित्रको पूर्व सहमति अनुसार एमाले बाहेक अन्य पार्टीले राष्ट्रपति दाबी गर्न सुहाउँदैन त्यो त एउटा भ्रम मात्रै हो ।’

 

नेकपा एमालेका पोलिटव्युरो सदस्य समेत रहनु भएका गूरुङले काँग्रेस, माओवादीको गठबन्धन तोडर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुलाई आफुहरुले प्रम्ुख सफलताको रुपमा लिएको बताउनुभयो । उहाँले ‘त्यो गठबन्धनबाट देशले निकास पाउदैन भनेका थियौ, नेपाली काँग्रेसका कारण उक्त गठबन्धन पनि तोडियो, देशले निकास पायो नयाँ सरकार बनेसंगै परिवर्तनको शुरुवात विस्तारै देखिदैछ ।’ भन्नुभयो ।

नेकपा माओबादी केन्द्र गुल्मीको समिक्षा बैठक सम्पन्न

0

माघ ७,२०७९ गुल्मीः नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति गुल्मीको बैठक सम्पन्न भएको छ ।

सदरमुकाम तम्घासस्थित पार्टी कार्यालयमा सम्पन्न बैठकमा चुनावी समिक्षाका साथै आगामी कार्यायोजनाका बिषयमा छलफल भएको थियो । कार्यक्रममा गीता थापा, भुपाल पोखरेल, तेजेन्द्र सलामी र युवराज खरेलले आ–आफ्नो निर्वाचन क्षेत्रको चुनावी समिक्षासहित रिपोर्टिङ गरेका थिए ।

बैठकमा बोल्दै प्रमुख अतिथि पार्टी केन्द्रीय सचिव चक्रपाणी खनाल ‘बलदेव’ ले जनता र पार्टी कार्यक्रताको भावनाअनुरुप एमालेसँग मिलेर सरकार निर्माण गरेको बताए । विशेष अतिथि माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले निर्वाचनमा हार÷जित स्वभाविक भएको भन्दै अब नागरिकका काममा समय खर्चनुपर्ने बताए ।

पार्टीको जिल्ला समन्वय समितिको वेभसाइट निर्माण गर्ने, पार्टीका अधिकाशं कामलाई डिजिटल प्रविधिमा लैजाने लगायतका निर्णय गरिएको सचिव अशोक थापाले जानकारी दिए । त्यस्तै आगामी चैत –५ गते हुने स्वतन्त्र विद्यार्र्र्थी युनियनको निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीले अधिकतम क्याम्पसमा जित हाँसिल गर्नेगरी तयारी गर्ने पनि निर्णय गरिएको छ ।


बैठकमा पार्टीका विभिन्न पदमा कार्यरत नेता, विभिन्न जनवर्गीय संगठनका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । बैठक माओवादी केन्द्र गुल्मीका इन्चार्ज विरबहादुर कार्कीको अध्यक्षता एवम् सचिव अशोक थापाको संचालनमा सम्पन्न भएको थियो ।

 

कार्यक्रममा माघ १ गते पोखरामा यति एयरको बिमान दर्घटनामा मृत्यु भएका प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष एंव नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलको सम्झनामा तस्विरमा फूलमाला लगाई पौडेलको योगदान पार्टी र संगठनमा खेलेको भूमिका महत्वपूर्ण रहेको वक्ताहरुले बताएका छन्

जनताको रोजगारी खोस्ने र डोजर पोस्ने निर्णय तत्काल खारेज गर्न एमाले इश्माको माग

0

माघ ५,२०७९ गुल्मीः नेकपा एमाले इस्मा गाउँकमिटीले १४ बुँदासहितको ध्यानाकर्षण पत्र इस्मा गाउँपालिकालाई बुझाएको छ ।

इस्मा गाउँपालिकाका जनप्रतिनिधिहरुले सम्पादन गरेका कामहरुप्रति असहमति जनाउँदै ध्यानाकर्षण पत्र बुझाएको हो । गाउँकमिटी अध्यक्ष राजेन्द्र बिक्रम कुवंरले गाउँपालिका अध्यक्ष भगतसिंह खड्कालाई ध्यानाकर्षण पत्र बुझाएका थिए । कुवंरले नयाँ नेतृत्व निर्वाचित भएदेखि नेकपा एमालेले धैर्यसाथ र नजिकबाट इस्मा गाउँपालिकाको कार्यसम्पादन नियालिरहेको बताउँदै गाउँपालिकाले एकपछि अर्को जनविरोधी, किसानमारा, पूर्वाग्रही, मनोमानी एवं भ्रष्ट्राचारलाई बढावा दिने गतिविधिहरु गर्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

ध्यानाकर्षण पत्रमा गाउँपालिकामा कार्यरत ५० जना नियमित सडक मर्मतसम्भार कर्ता ९लेन्थ वर्कर० हरु हटाई इस्माली श्रमजीवी जनताको रोजगारी खोस्ने र डोजर पोस्ने गरी गाउँपालिकाले गरेको श्रमिकमारा निर्णय तत्काल खारेज गर्न माग गरेको थियो । बिहीबार पालिका र एमाले गाउँकमिटीबिचको छलफलपछि लेन्थवर्कर केहि दिनभित्र काममा फर्किने र नियमन प्रभावकारी बनाउने प्रतिवद्धता गाउँपालिका अध्यक्ष भगतसिंह खडकाले जनाएका छन् । गाउँपालिकामा कार्यरत लेन्थवर्करहरुको पारिश्रमीकमा महालेखाले बेरुजु देखाएपछि हटाउने नभई काम गर्ने तरिका मात्रै फरक गरिएको बताए ।

पालिकाले पछिल्लो समय लेन्थवर्करको बिषयमा गरेको निर्णयपछि एक सातादेखि मजदुर आन्दोलित थिए । उनीहरुले दैनिक गाउँपालिकामा धर्ना दिइरहेका थिए । चार बर्षदेखि काम गर्दै आएकी इस्मा गाउँपालिका ५ की ३४ बर्षीया कमला विकले आफुहरुले गरिखान पनि नपाएको गुनासो गरिन् । ०७४ सालमा श्रीमान बितेपछि दुई सन्तान विकले बाटोको काम गरेर पालेकी थिइन् ।

गाउँपालिकाले आफुहरुको काम रोकेपछि गास पनि बन्द हुने चिन्ता लागेको बताइन् । सोहि वडाकै लेन्थवर्कर हेमलाल अर्यालले चार बर्ष काम गर्दा बेरुजु नआएपनि नयाँ सरकारले बेरुजुको बहाना बनाएर गरिव माथि राजनीति गर्न नहुने बताए । त्यस्तै एमाले इस्मा गाउँकमिटीले कृषकहरुलाई प्रदान गरिंदै आएको उत्पादनमा आधारित अनुदान कार्यक्रम कटौती, इस्मा गाउँपालिकाभित्र उत्पादित कृषि तथा पशुजन्य वस्तुउपर लगाइएको कर खारेज, कटौती गरिएको सुत्केरी पोषण भत्ता र ‘ग’ वर्गका अपाङ्गता भएका नागरिकहरुलाई प्रदान गरिंदै आएको भत्ता अविलम्ब प्रदान, नागरिकहरुको स्वास्थ्य जाँचको लागि विगतमा सञ्चालनमा रहेको तर हाल बन्द गरिएको ल्याब सेवा अविलम्ब सञ्चालन र गाउँपालिकामा आएको महत्त्वपूर्ण संस्था जीवराज आश्रित बहुप्राविधिक शिक्षालयको जग्गा समस्या तत्काल समाधान गरी पूवाधार निर्माणमा सहजीकरण गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै स–सानो बजेट अभावका कारणले अवरुद्ध लिफ्टिङ्ग खानेपानी योजनाहरु सुचारु गर्नुपर्ने तथा निमार्णाधीन योजनाहरु सम्पन्न गरी ‘एक घर एक धारा’ कार्यक्रमलाई अविलम्ब सबै घरधुरीमा पुर्याउनुपर्ने, अवाञ्छित लाभको प्रभावमा परी पूर्वाग्रहपूर्ण कर्मचारी भर्ती बन्द गरेर निष्पक्ष र क्षमताको आधारमा कर्मचारी भर्ना हुने वातावरण सुनिश्चित गर्नुपर्ने, वडागत बजेट सिलिङ्ग वृद्धि गर्दै जानुपर्नेमा अघिल्लो गाउँकार्यपालिकाले प्रदान गर्दै आएको वडागत बजेटसमेत घटाइएकोमा उक्त बजेट तत्काल वृद्धि गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीलाई कानुन बमोजिम काम गर्न नदिई गरिएको मनोमानीपूर्ण कार्य बन्द गर्नुपर्ने,। सेवाग्राहीलाई गाउँपालिका र मातहत कार्यालयबाट प्रदान गरिने सेवासुविधामा गरिएको विभेद र पूर्वाग्रहपूर्ण व्यवहार गर्न बन्द गर्नुपर्ने, बाढीपहिरो र विपद्का कारण आवासविहीन हुन पुगेका घरधुरीहरुलाई तत्काल सुरक्षित आवासको बजेट व्यवस्था र क्षतिग्रस्त संरचनाहरुको पुनःनिर्माण गर्नुपर्ने, नयाँ जनप्रतिनिधिहरु निर्वाचित भएपश्चात् खरिद गरिएका कार्यालय सामग्री, फर्निचर र फर्निसिङ्ग आइटम, पाइप, जस्तापाता आदिमा व्यापक भ्रष्ट्राचार भएको भन्ने जनगुनासो आएकाले सार्वजनिक गर्नपर्ने र स्थानीय तहको नयाँ निर्वाचन पश्चात् आर्थिक सहयोग, औषधि उपचार र विपद् पीडित राहात प्राप्त गर्ने व्यक्ति तथा संघसंस्थाहरुको नामावली सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

जवाफमा पालिका प्रमुख खड्काले प्राविधिक शिक्षालयको जग्गाको लागि सहजीकरण गर्ने, सुत्केरी भत्ता नकाटिएको, खानेपानीको लागि साना लिफ्टभन्दा ग्राभेटीलाई प्राथमिकता दिइएको, ग बर्गको अपांग भक्ताको हकमा दुरुपयोग बढेकाले केहि समयमा सरोकारवालासंग समन्वय गरेर पुन वितरण गर्ने बताएका छन् ।

कार्यक्रममा इस्मा गाउँपालिकाका पुर्व अध्यक्ष तथा एमाले नेता लक्ष्मण बिष्ट, पुर्व वडाध्यक्ष तोयनाथ सापकोटा, एमाले नेता नारायण पैयानी, दल बहादुर विक, चुरा बिष्ट लगायतले पालिकालाई सुझाव दिएका थिए ।

मुख्यमन्त्री गिरीलाई विश्वासको मत

0

दिवाकर पोख्रेल
देउखुरी, माघ ५ गते : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको प्रथम अधिवेशनको विहीबार बसेको चौथो बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनु भएको हो । नेपालको संविधान २०७२ को धारा १६८ (४) बमोजिम उहाँले विश्वासको मत लिनु भएको छ ।

 

प्रदेशसभामा कायम रहेका कुल ८७ प्रदेशसभा सदस्य मा उपस्थित सांसदमध्येको बहमुत प्राप्त गरेकाले उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । मुख्यमन्त्री गिरीलाई ५७ जना सांसदले पक्षमा मतदान गरे । विश्वासको मतका लागि मुख्यमन्त्रीले सदनमा पेश गरेको प्रस्तावको विपक्षमा भने मत २८ मत प्राप्त भएको छ । मुख्यमन्त्रीको गिरीले पाएको विश्वासको मत प्रदेश सभाको कुल सदस्य संख्याको बहुमत भएकाले उहाँले राखेको प्रस्ताव बहुमतले पारित भएको छ ।

 

मुख्यमन्त्री गिरीलाई एमालेका २८, माओवादी केन्द्रका ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३ र नेकपा एकिकृत समाजवादीका १ र २ स्वतन्त्र सांसदसहित ५७ जना साँसदले पक्षमा मतदान गर्नुभएको हो । नेकपा माओवादीका संसदस्य दलका नेता जोखबहादुर महरा संसदमा उपस्थित हुन सक्नुभएन । उहाँको आमाको निधन भएका कारण उहाँ सदनमा उपस्थित हुन नसकेको नेकपा माओवादी केन्द्र जाएको छ ।

 

सरकार गठनमा विपक्षीमा रहेका एकिकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यले पनि मुख्यमन्त्री गिरीलाई मतदान गर्नुभएको छ । मुख्यमन्त्रीको विश्वासको विपक्षमा नेपाली काँग्रेसका २७ र राष्ट्रिय जनमोर्चाको एक गरी २८ मत परेको हो । प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेशमा राजधानी कार्यान्वयन र यस क्षेत्रको विकासको लागि आफु सधै तत्पर रहेकाले विश्वासको मत दिन आग्रह गर्नुभयो । । उहाँले भन्नुभयो, ‘सबै पार्टीबाट विश्वासको मतको आश गरेको छु, संघीय सरकारले पनि अधिक मात्रामा मत पाएको छ,मधेश प्रदेश लगायतमा पनि त्यो खालको सहकार्य भएको छ, हाम्रोमा पनि आवश्यक छ ।’

 

संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदिय दलका नेता डिल्ली वहादुर चौधरीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिए पनि भविष्यमा सरकारले गर्ने कामको आधारमा समर्थन विरोध रहने बताउनुभयो । उहाँले संघीयता कार्यान्वयन र प्रदेृश सरकारको औचित्य सिद्ध गर्नेगरी काम गर्ने मुख्यमन्त्री तथा लुम्बिनी प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

संसदमा बोल्ने धेरै प्रदेश साँसदले राजधानीको पूर्ण कार्यान्वयन र जनजीवीका सवालमा सरकारको ध्यानकर्ण गराएका थिए । नागरिक उन्मुक्ती पार्टीका प्रदेशसभा सदस्यले रेशम चौधरीको रिहाईको माग गर्नुभएको थियो ।विश्वासको मत पाएप्छि मुख्यमन्त्री गिरीले प्रदेशसभामा रहेका सबै दलको साथ लिएर सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वासको मत दिने प्रदेशसभा सदस्यलाई धन्यवाद व्यक्त गर्नुभयो ।

 

कालीगण्डकीमा र्‍याफ्टिङ

0

माघ ५,२०७९ : कालीगण्डकी नदीको म्याग्दी क्षेत्रमा पहिलो पटक जलयात्रा व्यवसाय ९र्‍याफ्टिङ० सुरु भएको छ ।

सदरमुकाम बेनीको कालीपुलस्थित होटल गण्डकीका सञ्चालक गमबहादुर पुनले बेनी नगरपालिका–९ गलेश्वरदेखि बेनीको दोबिल्लासम्मको कालीगण्डकी नदीमा ३ किलोमिटर खण्डमा र्‍याफ्टिङ सुरु गरेका हुन्।

स्थानीय तथा मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकलाई लक्ष्य गरी गलेश्वर–बेनी छोटो दूरीमा पहिलो छलाङको र्‍याफ्टिङ सुरु गरेको स्पाल्स नेपाल एड्भेन्चरका सञ्चालक तथा गाइड होम पुनले बताए।

स्थानीय युवायुवती र मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकलाई लक्षित गरी गलेश्वर–बेनीसम्म र्‍याफ्टिङ गराउन सकिने सम्भावना देखिएपछि र्‍याफ्टिङरकायकिङ व्यवसायी र गाइडसँगको सहकार्यमा बेनीबाट व्यवसाय सुरु गरिएको उनले जानकारी दिए। उनले भने ‘गलेश्वर–बेनीसम्म कालीगण्डकीमा पानीको बहाव सलल बगेको छ, कम छाल भएकाले जलयात्रामा रुचि राख्ने सबैले सहज यात्रा गर्न सकिन्छ।’

जलयात्रा साहसिक हुने भएकाले अन्य यात्रामा जस्तो सहज बासको अपेक्षित हुँदैन । तर बेनी र गलेश्वरमा सबै स्तरका होटल सुविधा भएकाले बास, खाजाको समस्या नहुने र यात्रुको सुरक्षा हुने व्यवसायीले बताए।

सन् १९९१ देखि बेनीदेखि स्याङ्जाको मिर्मीसम्म ६० किलोमिटर कालीगण्डकी नदीमा र्‍याफ्टिङ तथा कायाकिङ सुरु भएको हो । तर बेनी–मालढुंगासम्मको खण्डमा अलि बढी छालहरू बढी भएकोले व्यवसायीले मालढुंगा–मिर्मीसम्म मात्र र्‍याफ्टिङ गराउँदै आएका थिए । थाहाबाट

गुल्मीमा ६२ उम्मेदवारको चुनावी खर्च करिब तीन करोड

0

हुमाकान्त पोखरेल
माघ ५,२०७९ गुल्मीः
गत मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी सबै उम्मेदवारले खर्च विवरण बुझाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय गुल्मीले दिएको जानकारी अनुसार प्रतिनिधि सभाका २३ र प्रदेश सभाका ३९ गरी ६२ उम्मेदवारले कुल दुई करोड ७६ लाख १६ हजार ७४ रुपैँया ७६ पैसा खर्च गरेको विवरण पेश गरेका हुन् ।

निर्वाचितमध्ये गुल्मी क्षेत्र नम्बर १ का सासंद चन्द्रकान्त भण्डारीले २९ लाख एक हजार पाँच सय र क्षेत्र नम्बर २ का सासंद गोकर्ण विष्टले २३ लाख ३१ हजार खर्च गरेको विवरण पेश गरेका छन् । भण्डारी काँग्रेस र विष्ट एमालेबाट निर्वाचित भएका हुन् । त्यस्तै काँग्रेसबाट निर्वाचित क्षेत्र नम्बर १ ‘ख’ का सासंद धनेन्द्र कार्कीले १६ लाख ५० हजार, एमालेबाट निर्वाचित क्षेत्र नम्बर १ ‘क’ का सासंद चिन्तामणी पाण्डेले ११ लाख ५० हजार ४४०, क्षेत्र नम्बर २ ‘क’ का सासंद डिल्लिराज भुसालले १४ लाख ५० हजार ४१३ र ‘ख’ का सासंद दिनेश पन्थीले छ लाख खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेश गरेका छन् । निर्वाचित प्रदेश सासंदमध्ये सबैभन्दा कम पन्थी र सबैभन्दा बढी कार्कीले खर्च गरेका छन् ।

प्रमुख प्रतिद्धन्द्धीमध्ये क्षेत्र नम्बर १ मा एमालेका प्रदिप ज्ञवालीले २२ लाख ३५ हजार र क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका रामकुमारी झाँक्रीले २६ लाख खर्च गरेको विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालयका कम्युटर अपरेटर अर्जुन पन्थीले जानकारी दिए । प्रदेश सभा निर्वाचनतर्फ प्रमुख प्रतिप्रस्र्धीमध्ये क्षेत्र नम्बर १ ‘क’ मा उम्मेदवार रहेका माओवादी केन्द्रका सुदर्शन बरालले १४ लाख १५ हजार पाँच सय, क्षेत्र नम्बर १ ‘ख’ का एमाले उम्मेदवार फर्सुराम पाण्डेले १४ लाख ३४ हजार ९१९, क्षेत्र नम्बर २ ‘क’ मा नेपाली काँग्रेसका भुवन प्रसाद श्रेष्ठले १४ लाख ५१ हजार र क्षेत्र नम्बर २ ‘ख’ मा माओवादी केन्द्रका बुद्धि जिसीले १३ लाख ९० हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेश गरेका छन् । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ का उम्मेदवार पदम रसायलीले कत्ति पनि रकम खर्च नगरेको विवरण पेश गरेका छन् ।

निर्वाचन आयोगले गुल्मी १ को लागि ३१ लाख र गुल्मी २ को लागि २९ लाखसम्म निर्वाचन खर्च गर्न पाउने गरी नियमावली बनाएको थियो । निर्वाचनको मत परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने निर्वाचन आयोगले नियमअनुसार सबै उम्मेदवारले खर्च विवरण पेश गरेका छन् । जसले गर्दा यसपटक कुनै पनि उम्मेदवार खर्च विवरण नबुझाएकै कारण आयोगको कारवाहीमा भने परेका छैनन् ।

भएभन्दा कम विवरण पेश

साना दलहरुले निर्वाचनमा कम खर्च गरेपनि एमाले र तत्कालिन सत्ता गठबन्धनको पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले धेरै रकम खर्च गरे । तर आयोगको नियमअनुसार कागजपत्रमा भने कम खर्च भएको देखाएका छन् । ‘नेताहरुले उल्लेख गरेभन्दा बढी रकम खर्च भएको छ, तर बाध्यताले सिमित रकम मात्रै खर्च गरेको विवरण पेश गरेका छन् ।’

इन्सेक गुल्मीका प्रतिनिधि टोपलाल अर्यालले भने, ‘निर्वाचन धेरै महङ्गो भएको छ, कानुन र व्यवहार मिल्दै मिल्दैन ।’ निर्वाचनको स्थिति यही गतिमा कायम रहे अबको चुनाव झनपछि झन महङ्गो हुँदै जाने अर्यालले बताए ।