सहमतिमा एमालेबाटै राष्ट्रपतिः गुरुङ

0
128

दिवाकर पोख्रेल
देउखुरी, माघ ८ गते । पूर्व सूचना तथा सञ्चार मन्त्री पार्वत गूरुङले सहमतिकै आधारमा नेकपा एमालेबाट राष्ट्रपति बन्ने बताउनु भएको छ ।

प्रेस चौतारी नेपालले आइतबार दाङको लमहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व सञ्चार मन्त्री गूरुङले एमाले बाहिरबाट राष्ट्रपति बन्ने भन्ने भ्रम त्याग्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रिपतिको गरिमा बढ्दा सबैलाई राष्ट्रपतिको आङक्षा बढ्नु स्वभाविकै होला तर सक्ता गठबन्धन भित्रको पूर्व सहमति अनुसार एमाले बाहेक अन्य पार्टीले राष्ट्रपति दाबी गर्न सुहाउँदैन त्यो त एउटा भ्रम मात्रै हो ।’

 

नेकपा एमालेका पोलिटव्युरो सदस्य समेत रहनु भएका गूरुङले काँग्रेस, माओवादीको गठबन्धन तोडर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुलाई आफुहरुले प्रम्ुख सफलताको रुपमा लिएको बताउनुभयो । उहाँले ‘त्यो गठबन्धनबाट देशले निकास पाउदैन भनेका थियौ, नेपाली काँग्रेसका कारण उक्त गठबन्धन पनि तोडियो, देशले निकास पायो नयाँ सरकार बनेसंगै परिवर्तनको शुरुवात विस्तारै देखिदैछ ।’ भन्नुभयो ।

SHARE