रुरुक्षेत्र गाउँपालिकाका १५५ जनालाई निस्सा वितरण , जग्गा नापजाँचको कार्य छिट्टै सुरु हुने

0
214

माघ ८ ,२०७९ गल्मी : राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले रुरुक्षेत्र गाउँपालिकाका १५५ जनालाई निस्सा वितरण गरेको छ ।

आयोगले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अब्यबस्थित बसोबासी गरेका १५५ जनालाई तीनपुस्ते विवरण भिडाई निस्सा वितरण गरिएको जिल्ला समिति गुल्मीका अध्यक्ष राममल्ल ठकुरीले जानकारी दिए ।

अव उहाँहरुको नापी नक्साको कार्य अबिलम्व सुरु गर्ने गरी आफूहरुले तयारी गरेको ठकुरीले बताए ।
१८५ जना मध्ये २९ जनाको तीन पुस्ते विवरण नभिडेकाले उनीहरुको तीन पुस्ते विवरण भिडाउनका लागि आयोगले स्थानीय तहसंग समन्वय गरी रहेको समेत ठकुरीले बताए ।

रुरुक्षेत्रमा १० जना भूमिहिन दलित, १६ जना भूमिहिन सुकुम्वासी र १४७ जना अब्यवस्थित बसोबासीहरुको विवरण संकलन भएको आयोगले जनाएको छ ।

 

निस्सा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले भूमिहिनलाई जग्गाको मालिक बनाउनका लागि गाउँपालिकाले गर्नुपर्ने कुनै कार्यलाई बाँकी नराख्ने भन्दै आयोगसंगै सहकार्य गरेर जान आफू हरपल तयार रहेको बताए ।

जतिसक्दो छिटो लालपुर्जा वितरण गर्न आयोगलाई आग्रह गर्दै ज्ञवालीले स्थानीय तह आयोगको साथमा रहेको बताए ।
जिल्लाका १२ स्थानीय तहमा २८५ जना भूमिहिन दलित,२३६ जना भूमिहिन सुकुम्वासी रएक हजार ६२६ जना गरी कूल दुई हजार १४७ जनाको तथ्यांक रहेको ठकुरीले बताए ।

यस्तै जिल्लामा विगतका आयोगले ७७२ जनालाई वितरण गरेका लालपुर्जाका काम अधुरा रहेको जिल्ला समिति गुल्मीले जनाएको छ । ७७२ जनाको हातमा लालपुर्जा भएपनि उहाँहरुको नापी नक्सा नभएको , तिरो नचलेको र सो लालपुर्जामा भएको जग्गाको कुनै सहकारी ,बैंकमा धितोको रुपमा पनि नचल्ने भएकाले अधुरा अपुरा कार्यहरु पूरा गर्नका लागि आफूहरु लागेको अध्यक्ष ठकुरीले बताए ।

अधुरा अपुरा कार्यहरुको दुई पटकसम्म ३५ दिने सूचना जारी गर्दा २३५ जनाले निवेदन दिएको भन्दै उहाँहरुको ७ दिने दाबी बिरोधको सूचनामा १२ जनाको दाबी परेको जिल्ला समिति गुल्मीले जनाएको छ ।

तेस्रो पटकको ३५ दिने सूचना पुस ३० गतेदेखी खुलेकाले अधुरा अपुरा कार्यहरुको निवेदन जिल्ला समिति गुल्मीमा दिन सक्ने आयोगले जनाएको छ ।

 

SHARE