जिप दुर्घटनामा मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी

0
90

माघ ८,०७९ : आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा जिप दुर्घटनामा परी मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी रहेको खुलेको छ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। रविन खड्काका अनुसार मृत्यु भएकाहरूमा दैलेख डुङ्गेश्वर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरिक्षक (छैटौँ) दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक .(छैटौँ) बबिन शाही र दैलेख गुराँस गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौँ) राजेन्द्र बि।सी र फार्मेसी सञ्चालक वीरेन्द्रनगर ७ का २७ वर्षीय सागर शाही छन्।

पाँचजना सवार बागमती प्रदेश ०१०(२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स जिप गएराति साढे २ बजे वीरेन्द्रनगर–११ झुप्रोखोलास्थित रत्न राजमार्गमा दुर्घटनामा परेको हो।

SHARE