
दिवाकर पोख्रेल
देउखुरी, माघ ५ गते : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको प्रथम अधिवेशनको विहीबार बसेको चौथो बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनु भएको हो । नेपालको संविधान २०७२ को धारा १६८ (४) बमोजिम उहाँले विश्वासको मत लिनु भएको छ ।
प्रदेशसभामा कायम रहेका कुल ८७ प्रदेशसभा सदस्य मा उपस्थित सांसदमध्येको बहमुत प्राप्त गरेकाले उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । मुख्यमन्त्री गिरीलाई ५७ जना सांसदले पक्षमा मतदान गरे । विश्वासको मतका लागि मुख्यमन्त्रीले सदनमा पेश गरेको प्रस्तावको विपक्षमा भने मत २८ मत प्राप्त भएको छ । मुख्यमन्त्रीको गिरीले पाएको विश्वासको मत प्रदेश सभाको कुल सदस्य संख्याको बहुमत भएकाले उहाँले राखेको प्रस्ताव बहुमतले पारित भएको छ ।

मुख्यमन्त्री गिरीलाई एमालेका २८, माओवादी केन्द्रका ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३ र नेकपा एकिकृत समाजवादीका १ र २ स्वतन्त्र सांसदसहित ५७ जना साँसदले पक्षमा मतदान गर्नुभएको हो । नेकपा माओवादीका संसदस्य दलका नेता जोखबहादुर महरा संसदमा उपस्थित हुन सक्नुभएन । उहाँको आमाको निधन भएका कारण उहाँ सदनमा उपस्थित हुन नसकेको नेकपा माओवादी केन्द्र जाएको छ ।
सरकार गठनमा विपक्षीमा रहेका एकिकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यले पनि मुख्यमन्त्री गिरीलाई मतदान गर्नुभएको छ । मुख्यमन्त्रीको विश्वासको विपक्षमा नेपाली काँग्रेसका २७ र राष्ट्रिय जनमोर्चाको एक गरी २८ मत परेको हो । प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेशमा राजधानी कार्यान्वयन र यस क्षेत्रको विकासको लागि आफु सधै तत्पर रहेकाले विश्वासको मत दिन आग्रह गर्नुभयो । । उहाँले भन्नुभयो, ‘सबै पार्टीबाट विश्वासको मतको आश गरेको छु, संघीय सरकारले पनि अधिक मात्रामा मत पाएको छ,मधेश प्रदेश लगायतमा पनि त्यो खालको सहकार्य भएको छ, हाम्रोमा पनि आवश्यक छ ।’
संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदिय दलका नेता डिल्ली वहादुर चौधरीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिए पनि भविष्यमा सरकारले गर्ने कामको आधारमा समर्थन विरोध रहने बताउनुभयो । उहाँले संघीयता कार्यान्वयन र प्रदेृश सरकारको औचित्य सिद्ध गर्नेगरी काम गर्ने मुख्यमन्त्री तथा लुम्बिनी प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।
संसदमा बोल्ने धेरै प्रदेश साँसदले राजधानीको पूर्ण कार्यान्वयन र जनजीवीका सवालमा सरकारको ध्यानकर्ण गराएका थिए । नागरिक उन्मुक्ती पार्टीका प्रदेशसभा सदस्यले रेशम चौधरीको रिहाईको माग गर्नुभएको थियो ।विश्वासको मत पाएप्छि मुख्यमन्त्री गिरीले प्रदेशसभामा रहेका सबै दलको साथ लिएर सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वासको मत दिने प्रदेशसभा सदस्यलाई धन्यवाद व्यक्त गर्नुभयो ।






