गोठमा आगलागीबाट साढे चार लाख बराबरको क्षति

0
501
सांकेतिक तस्बिर

सुशीला रेग्मी

रामपुर (पाल्पा), १३ कात्तिक : पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं १ सिलुवा अल्किचौरमा एक गोठमा आगलागी हुदा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

स्थानीय धातानन्द पंगेनीको गोठमा भएको आगलागीको घटनाबारे जब्गादी प्रहरी चौकीले निरीक्षण पश्चात करिव रु साढे चार लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

गएराती करिव २ वजे अचानक आगलागी हुदा गोठमा रहेको एक पाडो र एक पाडी मरेको छ । गोठको चुल्होमा वस्तुभाउलाई कुडो पकाउने गरेको हुदा त्यहीबाट आगो सल्केर घटना भएको हुन सक्ने अनुमान गरेको स्थानीय कृष्ण पंगेनीले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE