पाल्पामा एक सातामै तीन संक्रमितको मृत्यु

0
380

कात्तिक ७,२०७७ पाल्पा : पाल्पामा एक सातामा तीन कोरोना संक्रमितको मृत्यु भएको छ। बुधबार अपरान्ह जिल्लाको बगनासकाली गाउँपालिका ७ खानीगाउँका एक पुरूष मृत्यु भएको छ।

७८ वर्षीय उनको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकास पन्थीले बताए। दम र मधुमेहका रोगीसमेत रहेका उनलाई कोरोना संक्रमण भएपछि आइसोलेनमा राखेर उपचार गरिएको थियो।

यसअघि तानसेन नगरपालिका २ का ८५ वर्षीय पुरूष र तानसेन नगरपालिका ७ का ३३ वर्षीय अर्का पुरूषको मृत्यु भएको थियो। ३३ वर्षीय ती पुरूषको गत शुक्रबार यूनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।

सूचना अधिकारी पन्थीका अनुसार उनी मिर्गौला पीडित थिए। उनले नियमित डायलासिस गराउँदै आएका थिए। कोरोना संक्रमित ८५ वर्षीय पुरूषको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा केही दिन अघि मृत्यु भएको छ।

SHARE