शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

0
631

हुमाकान्त पोखरेल
कात्तिक ७,२०७७ गुल्मी : विजया दशमी तथा शुभ दिपावलीको अवसरमा छल्दी युवा क्लवले शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम क्लवका अध्यक्ष सुभास पाण्डेको अध्यक्षता, धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको प्रमुख आतिथ्यता, नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य बोमलाल भन्डारीको विशेष आतिथ्यता, क्लवका सदस्य पिताम्बर भण्डारीको स्वागत मन्तव्य तथा सदस्य शोभाखर भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले कोरोना महामारीका समयदेखि नै क्लवले अग्रपङ्तिमा रहेर काम गरेको भन्दै धन्यवाद् दिए । त्यसका साथै उनले सामाजिक क्षेत्रमा क्रियाशिल क्लवहरुले आफ्नो दायित्व मात्रै पुरा गरेपनि समाज विकासमा धेरै टेवा पुग्ने बताए । कार्यक्रमका अध्यक्ष पाण्डेले यही कात्तिक १५ गते क्लवको साधारण सभा हुने कुरा जानकारी गराए ।
उच्च स्वास्थ्य सामग्रीको पालनासहित गरिएको कार्यक्रममा विभिन्न समाजसेवी, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

SHARE