रामपुरमा घर घरमा सामाजिक सुरक्षा भक्ता वितरण

0
892

सुशीला रेग्मी

रामपुर (पाल्पा), ५ कात्तिक :कोरोनाको सङ्क्रमणको जोखिम परिवेशलाई मध्यनजर गर्दै पाल्पाको रामपुर नगरपालिकामा घर घरमा पुगेर सामाजिक सुरक्षा भक्ता वितरण गरिएको छ ।

वडा नं ५ र ६ को कार्यालयले वडा कार्यालय तथा घर घरमा पुगेर ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भक्ता वितरण कार्य गरिरहेको छ । वडाले गरिमा विकास बैंक संग समन्वय गरी रकम निकासा गरेर प्रथम चौमासिकको भक्ता घर घरमा पुगेर वितरण कार्य गरेको हो ।
कोरोनाको महामारी बढ्दै गएको अवस्थामा स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै ज्येष्ठ नागरिकको घर घरमा वडाका जनप्रतिनिधि परिचालन गरी भक्ता वितरण कार्य भइरहेको रामपुर नगरपालिका वडा नं ५ का अध्यक्ष हिमाल मल्ल बताउछन् ।

“कोरोनाको जोखिम बढीरहेका बेला ज्येष्ठ नागरिकलाई बैंकमा गएर घण्टौँ सम्म लाइन लागेर बस्नुपर्ने भएको हुदा उनीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै बैंकको समन्वयमा वडा वडामा जनप्रतिनिधि परिचालन गरेर भक्ता वितरण कार्य गरिहेका छौँ” वडा अध्यक्ष मल्लले भने ।

वडा नं ५ ले टोल विभाजन गरेर घरमै पुगेर भक्ता वितण गर्ने गरेको छ । वडाको मटेरी, कान्जिहाउस टोलमा सावित्रा गौतम, बाङ्गेपसल टोलमा माया नेपाली, दध्रानटोल, बेझाड बजार, चन्द्रज्योती टोलमा काशिनाथ रेग्मी, बेझाड खेत, सुन्दरटोल, बहखोला टोलमा विष्णुप्रसाद बस्याल, कोइलीटारी, गौडाहान टोलमा वडा अध्यक्ष हिमाल मल्ल, सानीअमराई, भम्बक टोलमा कार्यालय सहायक सबिता रानाले ज्येष्ठ नागरिकको घरमै पुगेर भक्ता वितरण गरेकी छन् ।
दशैको बेला घरमै जनप्रतिनिधि आएर भक्ता दिएपछि बैंकमा गएर लाइन लगाउनुपर्ने झण्झटबाट मुक्त भएको मथुरादेवी गैह«ेले बताइन ।

कोरोनाको बढ्दो जोखिमका समय घरमै ज्येष्ठ नागरिकलाई भक्ता पाउँदा ठुलो राहत मिलेको छ । यसैगरी रामपुर नगरपालिका वडा नं ६ ले पनि बैंक संग समन्वय गरी वडाबाट भक्ता वितरण गरिरहेको छ । कसैले भक्ता लिनबाट वन्चित भएको भए वडा कार्यालयमा सम्पर्क राख्नुहुन वडा अध्यक्ष हुमनाथ न्यौपानेले अनुरोध गरे ।

SHARE