कात्तिक ३,२०७७ पाल्पा : पाल्पाका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक दुवै तानसेन नगरपालिका भित्रका पुरुष हुन् ।
तानसेन २ का ८५ वर्षीय पुरुष र तानसेन ७ का ३३ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । ३३ वर्षिय पुरुषको युनिभर्सल मेडिकल कलेज भैरहवामा शुक्रबार निधन भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार ति पुरुषले नियमित डायलासिस गराउँदै आएका थिए । उनी निमोनियाको बिरामी समेत थिए ।
त्यस्तै, तानसेन २ का ८५ वर्षीय पुरुषको भने शनिबार तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयले सोमबार थप २ कोरोना संक्रमितको मृत्यु भएको जानकारी गराएसंगै पाल्पामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । यसअघि पाल्पामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।