
कार्तिक १,२०७७ रुपन्देही : लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री चौधरीसहित उनकी श्रीमती द्रोपदा, सुरक्षागार्ड, चालक र सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्री चौधरीले आफूसहित श्रीमती र आफ्ना सहयोगीलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘मसँग नजिकमा रहनुभएका सम्पूर्णलाई जानकारीका लागि र सजगता अपनाउन आग्रह गर्दछु।’
उनले बिहीबारदेखि होम आइसोलेसनमा बसेको बताएका छन्। संक्रमित भएका पाँचजनामध्ये आफूलाई मात्र रुघा लागेको र अन्य चारजनामा कुनै लक्षण नदेखिएको मन्त्री चौधरीले जानकारी दिएका छन्।









