गाउँपालिकाको पहिचान सहितको लोगो डिजाइन गर्ने इश्वरी बिक सम्मानित

0
599

असोज ३०,२०७७ गुल्मी : गुल्मीदरबार गाउँपालिकाको लोगो डिजाइन गर्ने इश्वरी बिकलाई गाउँपालिकाले नगद सहित प्रशंसा पत्रले सम्मान गरेको छ ।
गुल्मीदरवारको पहिचान सहितको लोगो डिजाइन गर्ने रेसुंगा नगरपालिका वडा नं ८ का इश्वरी बिकलाई गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा , उपाध्यक्ष मिना भण्डारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले संयुक्त रुपमा योगदानको उच्च कदर गर्दै नगद र प्रशंसापत्रले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

SHARE