ठगी गर्ने तीनजना पक्राउ

0
441

असोज ३०,२०७७ दाङ :  इमोमार्फत चिठ्ठा पर्‍यो भनेर ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको दुर्गा भगवती गाउँपालिका–६ का १८ वर्षीय सुमन झा, देवहानी गोनाही–६ का ५० वर्षीय सोनालाल ठाकुर र पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवाका १८ वर्षीय राजनारायण चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरुले दाङको लमही नगरपालिका–५ की दुईजना महिलालाई इमोमार्फत चिठ्ठा पर्यो भनेर ठगी गरेका थिए। असोज २२ मा पीडित महिलाहरुले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि खोजतलाका क्रममा उनीहरुलाई पक्राउ गरेको जनाएको छ।

SHARE