नेकपाको मुसिकोट नगर कमिटी सचिबालय बैठक वामीटक्सारमा सम्पन्न

0
471
फाइल फोटो

रामकृस्ण कंडेल
असोज २९,२०७७ गुल्मी : नेपाल कम्युनिस्ट पार्टी नेकपा मुसिकोट नगर कमिटी अन्तर्गतको सचिबालय बैठक वामीटक्सारमा सम्पन्न भएको छ। नेकपाको सचिबालयमा रहेका अधिकांस नेताहरूको बैठकमा सहभागिता रहेको बताईएको छ।

बैठकले मुसिकोट नगरभित्र बिकास निर्माण,पार्टी संगठन बिस्तार लगायतका महत्वपुर्ण बिषयमा छलफल पश्चात निर्णय हरू समेत गरिएको नगर कमिटी अध्यक्ष खुमबहादुर थापाले जानकारी दिए।
नगर भित्रका सबै वडाका वडा इन्चार्ज र वडा कमिटी अध्यक्ष हरूले वडाको सम्पुर्ण अबस्थाको बारेमा रिपोर्ट भएको थियो।

बैठकमा प्रमुख अतिथीको रूपमा लुम्बिनी प्रदेश कमिटी सदस्य बोमबहादुर खड्का,नगरप्रमुख सोमनाथ सापकोटा,नगर उपप्रमुख कमला शर्मा,जिल्ला कमिटी सदस्य हरू क्रमश सिता भुसाल,अर्जुन आचार्य,गोबिन्द बि क,सुरेन्द्र नेपाली,युबराज खरेल लगायतका नेता हरूको बिशेष उपस्थिती रहेको थियो।

बैठकले पार्टी नेका कार्यकर्ता हरूले त्यागको बानी बिकास गर्दै ऐतिहॉसिक महत्व लाई बुझेर अगाडि बढ्ने निर्णय गरिएको बताईएको छ।
नगर कमिटी अध्यक्ष खुमबहादुर थापाको अध्यक्षता तथा सचिब अग्निधर लोहनीको सन्चालनमा बैठक सम्पन्न भएको थियो।

SHARE