आइसीयु बेड नपाउँदा संक्रमितको मृत्यु

0
500

असोज २९,२०७७ रुपन्देही : बुटवलमा आइसीयु बेड नपाउँदा बुटवलमा संक्रमितको मृत्यु भएको छ।

बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा बेड नपाएपछि दाङको बेलझुन्डी अस्पताल लैजाँदै गर्दा थप एक संक्रमितको बाटोमै मृत्यु भएको हो।

अर्घाखाँचीको भुमिकास्थान–९ का ७३ वर्षिय पुरुषको दाङ लैजाने क्रममा आज बिहान पौने आठ बजे बाटोमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिएका छन्‌।

SHARE