कपिलबस्तुको नेपाल बालसंगठनको अध्यक्षमा ज्ञवाली

0
591

असोज २७,२०७७ कपिलवस्तु  : नेपाल बाल संगठन कपिलवस्तुको जिल्ला कार्यसमितिको अध्यक्ष पदमा यूवा नेता एवम ब्यावसायी गोपाल ज्ञवाली नियुक्त भएका छन् ।

यूवा संघ नेपालका कपिलवस्तु इन्चार्ज समेत रहेका ज्ञवालीलाई महिला तथा वालवालिका मन्त्रालयले नियुक्त गरेको वाकी सदस्यको नियुक्ती भने अध्यक्षको सिफारिसमा हुने कार्यविधी रहेको छ ।

यसअघि लामो समय सम्म राजु अर्याल अध्यक्ष थिए । केहिदिन पहिले सरकारले केन्द्रिय समिति सहित सबै जिल्लाका कार्यसमिति भंग गरेपछि नियुक्तीको वाटो खुलेको थियो ।

SHARE