प्रहरी प्रमुखसहित ८ जनामा कोरोना

0
25

असोज २७,२०७७ कपिलबस्तु : कपिलवस्तु जिल्ला प्रहरी कार्यालय प्रमुखलाई कोरोना सङ्क्रमण भएको छ। असोज २४ गते लिइएको स्वाबमा प्रहरी उपरीक्षक नवराज अधिकारी सहित २ प्रहरीमा कोरोना देखिएको पुष्टि भएको हो।

कपिलवस्तुमा डिएसपी धर्मराज भण्डारीलाई पनि कोरोना सङ्क्रमण निको भई काममा फर्किएका छन्। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिकामा ३, शिवराज नगरपालिकामा ३ र कपिलवस्तु नगरपालिकामा २ गरी ८ जनामा कोरोना पुष्टि भएको छ।

SHARE