असोज २६, २०७७ रुपन्देही : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना संक्रमितको मृत्यु भएको छ।
आज बिहान ११ बजे अस्पताल आएकी अर्घाखाँचीको सन्धिखर्क नगरपालिका(४ की ८० वर्षीया महिलाको आजै दिउँसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले पुष्टि गरे।
तीन दिनदेखि ज्वरो आइ श्वासप्रश्वासमा समस्या भएपछि ति महिलालाई आज बिहान अस्पताल ल्याइएको थियो । द्रुत परीक्षण विधिमार्फत पीसीआर परीक्षण गर्दा उनको रिर्पोट पोजिटिभ आएको थियो।