फरार प्रतिवादी पक्राउ

0
304

सुशीला रेग्मी

असोज २५,२०७७ पाल्पा : पाल्पामा अदालतबाट फैसला कार्यान्वयन भई कैद र जरिवाना समेत तोकिएका फरार रहेका प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाको बिशेष अभियानमा पक्राउ परी दाखिला हुन आएकाले आईतवार रैनादेवी छहरा गाउँपालिका वडा नं ८ बस्ने वर्ष २२ का जीवन रायमाझी पक्राउ परेका हुन् ।

प्रहरीले चोरी मुद्धामा फरार रहेका रायमाझीलाई पक्राउ गरी जिल्ला अदालत पाल्पा पठाईएकोमा अदालतको आदेशले प्रतिवादीलाई आवश्यक कारबाहीको लागि कारागार चलान गरिएको छ ।

SHARE