असोज २४,२०७७ गुल्मी : निर्माण व्यवसायीहरुसँग चन्दा असुलेको आरोपमा गुल्मीका विप्लव निकट कार्यक्रतालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको मालिका गाउँपालिका २ दर्लिङका २० बर्षिया युवा विष्णु विक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको समुहले शुक्रबार राति छत्रदेव गाउँपालिका ६ गहिरापानीबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, गुल्मीलाई बुझाएको थियो ।
विप्लव माओवादीको नाममा विभिन्न निर्माण व्यवसायीहरुसँगबाट चन्दा असुलेको आरोप तथा विशेष सुुराकीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए । अहिले उनलाई प्रहरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको पन्तले बताए ।
चन्दा असुल गरेको खण्डमा चन्दा ऐन २०३० अन्र्तगत २ बर्षसम्म कैद , २ हजार सम्म जरिवाना वा दुबै हुन सक्ने कानूनी ब्यबस्था रहेको छ ।