पाल्पाको निस्दी गाउँपालिकाको सेवा बन्द

0
271

सुशीला रेग्मी

असोज २४,२०७७ पाल्पा : पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिका कार्यालयको सेवा बन्द गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएलगत्तै असोज २३ गते राती १२ वजेदेखि कात्र्तिक १ गते राती १२ वजे सम्मका लागि गाउँपालिका सिल गरिएको छ ।

गाउँपालिकाले ५० जनाको स्वाव संकलन गरी पाल्पा अस्पतालमा संचालन गरिएको कोभिड १९ प्रयोगशालामा पठाइएको थियो । जसमध्ये १० जनाको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना सङक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसैगरी रामपुर नगरपालिका भित्र पनि एकै पटक ठुलो संख्यामा कोरोना सङ्क्रमण देखिएपछि एक हप्ता सम्मका लागि नगरपालिका सिल गरिने भएको छ ।

रामपुर अस्पतालमा कार्यरत २८ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शनिवार राती १२ वजे देखि आगामी असोज ३० गते राती १२ वजे सम्मका लागि नगरपालिकामा आवतजावत, व्यापार, व्यवसाय, उद्योग कलकारखाना, सवारी साधन संचालन बन्द गरिने भएको छ ।

बैंक, बित्तिय संस्था लगायतका सबै संस्थाका काम बन्द गर्ने निर्णण भएको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिका कार्यालयको अति आवश्यक कामकाज बाहेक सबै कार्यालय संघ संस्थाका सेवा कोरोनाको बढ्दो जोखिम परिस्थितीलाई मध्यनजर गर्दै एक हप्ता सम्मका लागि बन्द गरिएको छ ।

 

रामपुर अस्पतामा आकस्मिक सेवा

स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि रामपुर अस्पतालले आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेको छ । शुक्रवार अस्पतालमा कार्यरत २८ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि अर्को सुचना जारी नगर्दा सम्मका लागि अति आवश्यक बाहेक सबै सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर विजय परियारले बताए ।

उनका अनुसार स्वास्थ्यकर्मीको कन्ट्रयाक टे«सिङ्गमा परेकाको स्वाव परीक्षण गर्ने तयारी भएको छ ।

“अस्पतालको प्रवेशद्धारामा सहयोगी राखेर अति आवश्यक सेवा दिनुपर्ने बिरामी आएमा मात्र अवस्था हेरेर सेवा दिनेछौँ, र बाँकी स्वास्थ्यकर्मी सहित अन्य कर्मचारी गरी २२ जनाको स्वाव संकलन गरी नमुना पठाउने तयारी गरेका छौँ” उनले भने ।

शनिवार देखि अस्पतालको प्रवेशद्धार बन्द गरिएको छ । कोरोना सङ्क्रमण देखिएका स्वास्थ्यकर्मी अस्पतालको क्वारेन्टिन तथा होम क्वारेन्टिनमा बसेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । पाल्पा जिल्लामा पछिल्लो समय समुदायस्तरमा कोरोना सङ्क्रमणको दर बढ्दो अवस्थामा रहेको छ ।

 

SHARE