संक्रमणबाट वडा सदस्यको मृत्यु

0
419

असोज २२, २०७७ रुपन्देही : भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ का वडा सदस्य सुवोध तुलाचनको मृत्यु भएको हो। मेडिकल कलेजमा उपचाररत ४७ वर्षीय तुलाचनको बुधबार राति करिब १० ः५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

SHARE