बुबालाई कुटपिट गर्ने छोरा प्रक्राउ

0
270

असोज २२,२०७७ गुल्मी : गुल्मीमा आफ्नै बुबालाई कुटपिट गरिहत्या गर्ने छोरा पक्राउ परेका छन् ।
जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ दोहोलीका २८ बर्षिया अनिल बस्नेत पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालयको समुहले इस्मा गाउँपालिका १ हर्पुकोटस्थित उनकी फुफु दिदी मुसी कुँवरको घरको उपल्लो तलाबाट पक्राउ गरेको हो ।
उनले गत आइतबार ६० बर्षिय बुबा दिल बहादुर बस्नेतलाई कुटपिट गरी घाइते बनाएका थिए । घाइते बुबाको उपचारको लागि बुटबल लैजादैँ गर्दा बाटोमै ज्यान गएको थियो ।
बुबाको हत्या गरेर फरार अनिलको खोजि कार्यको लागि प्रहरीले विभिन्न ठाउँहरुमा जाचँ बढाएको थियो । विशेष सुकारकीको आधारमा फुपु दिदीको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

 

SHARE