लागूऔषध र चोरी मुद्दाका फरार अभियुक्त कारागार चलान

0
397

सुशीला रेग्मी
असोज २२,२०७७ पाल्पा : पाल्पामा लागूऔषध र चोरी मुद्दाका फरार अभियुक्तलाई कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालयले अदालतबाट दोषी भई फरार रहेका अभियुक्तलाई पक्राउ गरी कारागार चलान गरेको छ ।

लागूऔषध र चोरी मुद्दामा दोषी ठहर भएका तीन जनालाई पक्राउ गरी कारागार चलान गरिएको छ । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका ६ का २५ वर्षीय सीता बुचा मगर, सोही स्थानका ४२ वर्षीय खुमबहादुर विक र तानसेन १० बस्ने २७ वर्षीय गणेश राना रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बुचा र विक लागूऔषध मुद्दा र राना चोरी मुद्दामा दोषी ठहर भएका थिए । प्रतिवादीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत पाल्पा पठाईएकोमा अदालतको आदेश अनुसार कारागार चलान गरिएको हो

SHARE