रामपुरमा स्वास्थ्य सचेतना कार्यक्रम

0
326

सुशीला रेग्मी

असोज २२,२०७७ पाल्पा : पाल्पाको रामपुरमा स्वास्थ्य सचेतना कार्यक्रम भएको छ । अर्गानिक वल्र्ड गु्रप प्राइभेट कम्पनी लिमिटेडको आयोजनामा कार्यक्रम भएको हो ।

कम्पनीका राष्ट्रिय प्रशिक्षक तथा योग गुरु डिप्लव लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य रहेकी थिइन् । अर्गानिक वल्र्ड ग्रुप कम्पनीका रिजनल अफिसर मणि न्यौपानेको स्वागतबाट सुरु भएको कार्यक्रम संचालन ओमप्रकाश रेग्मीले गरे ।

कार्यक्रममा कम्पनीका राष्ट्रिय प्रशिक्षक तथा योग गुरु डिप्लव लामिछानेले घरायसी जडिबुटीको नियमित सेवन गर्न सकियो भने विभित्र रोगबाट बच्न सकिने बताउदै उनले खानपान र जीवनशैलीका सन्दर्भमा सहभागीलाई जानकारी गराए ।

कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले घरायसी जडिबुटी प्रशस्त मात्रामा रहेपनी त्यसको ध्यान र उपयोग नगर्दा खेर गइरहेको बताइन । उनले अर्गानिक प्रबिधिबाट उत्पादित सामानको प्रयोग गर्न सकेमा स्वास्थ्यलाई फाइदा हुने बताइन ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं ३ का अध्यक्ष दिनेशकुमार खनाल, सहभागी विनोद श्रेष्ठले लगायतले बोल्दै अर्गानिक रुपमा उत्पादित वस्तुको महत्व नबुझ्दा अनेकौँ रोगहरु भित्रिएको बताउँदै नियमित अर्गानिक वस्तुको उपभोग गरेर स्वस्थ बन्न सकिने बताए ।

साथै कार्यक्रमकै अवसरमा एक हप्ता सम्म चलेको पिपिटि तालिमको समेत समापन गरिएको छ । सहभागीलाई प्रमाणपत्र प्रमुख अतिथि उपप्रमुख आचार्यले वितरण गरिन् । कार्यक्रममा जनप्रतिनिधि, उद्योग वाणिज्य संघ, पत्रकार, सर्वसाधारणको सहभागीता रहेको थियो ।

SHARE