रामपुरमा कोरोनाको प्रतिरक्षा शक्ति औषधी वितरण

0
527

सुशीला रेग्मी

असोज २०,२०७७ पाल्पा : पाल्पाको रामपुर नगरपालिकामा कोरोनाको प्रतिरक्षा शक्ति औषधी वितरण गरिएको छ ।

मंगलवार रामपुर नगरपालिका ५ स्थित राधा दामोदर मन्दिरको प्राङ्गणमा मटेरी राधा दामोदर टोल (करिडोर देखि उत्तर, भुलादी खोलबाट पूर्व लस्करे सम्म) को आयोजनामा औषधी वितरण गरिएको हो ।
टोल विकास समितिका संयोजक युवराज रेग्मीको अध्यक्षतामा मारवाडी सेवा समिति नेपालको सहयोगमा निशुल्क प्रतिरक्षा शक्ति औषधी वितरण गरिएको हो । प्रमुख अतिथि रामपुर नगरपालिकाका कार्यपालिका तथा वडा सदस्य सावित्रा गौतमले कोरोना भाइरसको माहामारी फैलिएका कारण सजगता अपनाउनु पर्ने बताउँदै कोरोनाबाट बच्नका लागि घरभित्रै बस्ने अति आवश्यक काम परेमा स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गरेर मात्र निस्कन अनुरोध गरिन ।

कार्यक्रमको संचालन दीपेन्द्रप्रसाद भट्टराईले गरेका थिए । टोलका करिव एक सय घरपरिवारलाई कोरोनाको प्रतिरक्षा शक्ति औषधी वितरण गरिएको हो । औषधी सेवनका सम्बन्धमा समाजसेवी तुल्सीराम पोखरेलले जानकारी गराएका थिए ।

SHARE